अर्जुन थापा
बर्खा आफ्ना अन्तिम दिनहरूमा काठमाडौँ खाल्डोलाई भिजाउने प्रयत्नमा थियो।
घडी हेरें, पौने छ बजिसकेछ। अहो! छ बजेदेखिको निम्तो छ। साथीको दाइको रिसेप्सन पार्टीमा। पार्टीहरूमा जान रमाइलो लाग्छ मलाई। अरू कुरामा भन्दा पनि यस्तै पार्टीमा प्रायः सबै साथीभाइ भेटिन्छन्। अरू बेला सबै आआफ्नै काममा व्यस्त भए तापनि यस्ता पार्टीमा सबैसँग भेट हुँदा रमाइलो हुन्छ।
साढे छ बजेतिर पुग्छु नक्साल ब्यान्केटमा। निम्तालुहरू आउने क्रम बाक्लिँदै थियो। म सोझै स्टेजमा बसेका साथीको दाइ अर्थात् दुलाहालाई आफूसँगै लगेको फूलको बुके दिएर बधाई दिन्छु। चिनेको त्यही एक जना साथीबाहेक अरू अझै आएका थिएनन्। म बारमा गएर एक ग्लास बियर हातमा लिएर त्यहाँको परिवेश नियाल्न थाल्छु।
‘हेर है, अब घर गएर खाना पकाइन्न, त्यसैले सक्दो खानु। पछि घर गएर भोक लाग्यो भन्न पाइन्न नि फेरि।’ भनेर एक अधबैँसे महिला आफ्ना नानीहरूलाई भन्दै थिइन्।
‘यो मेरो बूढोले क्यानडाबाट ल्याइदिएको डाइमन्ड सेट मेरो बर्थडे गिफ्ट। यो सेटसँग मिल्दो लुगा मिलाउन मलाई कम्ता गाह्रो भएन।’ अर्की नारी भन्दै थिइन् आफ्नी साथीलाई।
‘त्यसको त्यो सेतो साँप्रा र उठेको स्तनले कति प्वाँट देखिएकी छे मोरी। त्यससँग रात ... पाए त स्वर्गमा पुगिन्थ्यो होला।’ अलिअलि रक्सीले मात्तिन थालेका अधबैँसे बूढाहरू नाचिरहेकी केटीलाई हेर्दै भन्दै थिए।
म ती सब संवादहरू सुन्दै र त्यहाँका वातावरण हेर्दै बियर पिउँदै थिएँ। अझै केही चिनेका साथी आइपुगेका थिएनन्। तर मलाई बोर भएको थिएन। त्यहाँ म बसेको लगभग एक घन्टा हुन लागिसकेको थियो। सबै जना आफ्नै तालमा रमाइराखेका थिए। जतिजति रात पर्दै थियो मान्छेहरू खानपानले गर्दा झन्झन् खुल्दै गइराखेका थिए र म ती सबमा आफूलाई ढाल्दै थिएँ।
त्यसको त्यो सेतो साँप्रा र उठेको स्तनले कति प्वाँट देखिएकी छे मोरी। त्यससँग रात ... पाए त स्वर्गमा पुगिन्थ्यो होला।’ अलिअलि रक्सीले मात्तिन थालेका अधबैँसे बूढाहरू नाचिरहेकी केटीलाई हेर्दै भन्दै थिए।
अनायास मेरा आँखा मेरो नजिकै एक छेउमा उभिएकी स्वास्नीमान्छे (जो लगभग चालीस वर्षकी पाँच फुट चार ईन्चजति हाइट, गोरी, मिलेको लाम्चो चम्किलो अनुहार, मिलेका शरीर, ठिक्कको ब्रेस्ट, नशालु आँखा त्यसमा गाजलले थप सुन्दर बनाएको थियो) मा पुगेर अड्कियो। स्थिति जाम प¥यो। अलिअलि लाग्न थालेको बियरको नशा क्षणभरमै उत्रिहाल्यो पनि। उनको र मेरो आँखा जुधे तापनि हाँस्न सकिनँ म। केही पनि गर्न सकिनँ। मैले लाज अनुभव गरेको उनले प्रस्ट थाहा पाइसकेकी थिइन्। मेरा दुई कान रन्किराखेका थिए। स्थिति अझ ठेगानमा आइपुगेको थिएन। हामी दुई एकआपसमा हेराहेर मात्र गरिराख्यौँ।
‘के भाको होला म? केटा मान्छे पो त। जो लजाउनुपर्ने लजाएकी छैन भने म किन यस्तो भएको?’ मनमनै भनिरहे।
‘हाई, आइ एम रमी।’
‘तपाईंलाई अघिबाट देखिराखेको छु कि एक्लै उभिरहेको।’
‘डु यु केयर इफ आइ जोइन यु’ भनेर मसँगैको चेयर तानेर बस्छिन् उनी।
कस्तो रमी, कुन्नि के रमी, परिचयको क्रमशः आइरहेको क्रममा एउटा पहिरो भत्काएर बसिसकेकी थिइन्, उनलाई बुझ्नलाई अब छुट्टै समय चाहिन्छ, यहाँ यस वातावरणमा बिताइरहेको समयले पुग्दैन भन्ने बुझिसकेको थिएँ मैले। उनलाई बुझ्न अब एउटा छुट्टै स्थान चाहिन्छ। एउटा एकान्त चाहिन्छ।
‘म मुकेश। खुसी लाग्यो तपाईंसँग बोल्न पाउँदा।’ भनेर त्यहाँबाट भाग्न खोजेँ म।
‘खुसी लाग्यो पनि भन्ने अनि यति चाँडो जान खोज्ने कस्तो तपाईं त?’ फेरि थप्छिन् उनी।
उनी अझ केके भन्दै गइन् कुन्नि तर उनी आफैँ अल्मलिइरहेकी जस्ती देखिन्थिन्। स्थितिलाई पचाएर पनि सायद उनलाई पचाएँ जस्तो लागेन होला। बियर र वाइनको ग्लाससँग साटासाट भएको हाम्रो परिचय अब त्यही घन्टा दुई घन्टाको बीचमा घनिष्ठताका साथै उनले मलाई मुकेश नाउँले बोलाउन थालिसकेकी थिइन्।
मभन्दा पाकी उमेरको देखिन्छिन्। डिभोर्सपछि लोग्नेसँग छुट्टै बस्दै आएकी रहिछिन्। आफ्नै बिजनेस भएकाले आर्थिक हिसाबले सम्पन्न। हाललाई बानेश्वरमा आफ्नै घरमा एक्लै बस्दै आएकी। म उनीभन्दा उमेरले कान्छो, अनुभवले कान्छो, हाम्रो सन्तुलन अहिलेलाई खाली पेगको भराइ र रित्याइमा मात्र मिलेको थियो। त्यहाँ मैले के अनभुव गरेँ भने, उनी मप्रति आकर्षित भएजस्तो र यसो भनौँ मप्रति उनको फर्साइलो र सत्य भएजस्तो। मैले अझै आफ्नो विषयमा उनलाई केही बताएको थिइनँ। बताउन लायकको पनि के नै थियो र ममा। भर्खर एमबिएड डिग्री सकेको सत्ताइस वर्षको बेरोजगार केटो म। आफ्नो सत्य कुरा भनेर पनि फाइदा के र? सत्य र सोझो त म कोहीसँग पनि छैन र टु बि अनेस्ट म आफैँप्रति पनि सोझो र सत्य छैन। बाउले कमाएको पैसामा मोज गर्दै र ढाक्रेयुक्त जीवनमा रमाउनु मेरो दिनचर्या थियो।
बाहिर आकाशमा बादलहरू ठूला आवाजका साथ एकआपसमा लुछाचुँडी गर्दै ठूलो पानी पर्ने संकेत दिँदै थियो। सदाभन्दा बढी नै पिई सकेको थिएँ मैले आज। उनी अझै वाइन थप्दै थिइन् ग्लासमा। घडी हेरेँ सवा दश बजिसकेको थियो। पानी प¥यो भने त बाइकमा जान पनि गाह्रो हुन्छ।
‘अब जाऊँ। राती भइसक्यो। घरमा मुमा पीर गर्नुहुन्छ।’ भन्छु म।
‘केमा आउनु भएको तपाईं ?’ प्रश्न गर्छिन्।
‘घर नजिकै भएकाले हिँडेर आएको।’ झुटो बोलिदिन्छु।
‘म ड्रप गरिदिन्छु नि। यति राती किन एक्लै हिँडेर जानु। यति हेन्डसम मान्छेलाई केही गरिदेला नि फेरि।’ मुसुमुसु हाँस्दै भन्छिन्।
नभन्दै ठूलो पानी पर्न थालिसकेको थियो। हामी सँगै निस्कन्छौँ त्यहाँबाट। उनी आफै ड्राइभ गरेर नक्साल हुँदै गौशालातिर लाग्छौँ।
‘सरी, मैले त तपाईंलाई कहाँ ड्रप गर्ने भनेर नसोधी आफ्नै तालमा आएछु।’ गौशालामा पुगेपछि गाडि रोकेर उनी मलाई भन्छिन्।
‘ठिकै छ। जानुपर्ने त मलाई टंगाल हो। तपाईंको मिठो कुरामा मैले पनि तपाईंलाई भन्न बिर्सेछु।’ भनेपछि हामी दुई हाँस्छौँ।
डिभोर्सपछि लोग्नेसँग छुट्टै बस्दै आएकी रहिछिन्। आफ्नै बिजनेस भएकाले आर्थिक हिसाबले सम्पन्न। म उनीभन्दा उमेरले कान्छो, अनुभवले कान्छो, हाम्रो सन्तुलन अहिलेलाई खाली पेगको भराइ र रित्याइमा मात्र मिलेको थियो।
‘ठिकै छ नि त, यहाँबाट तपाईंको भन्दा मेरो घर नजिक भएकोले आजलाई मेरोमा स्वागत गर्छु तपाईंलाई।’ भनेर मतिर हेर्दै मुस्कुराउँछिन्।
उनले आफ्नो घरमा निम्त्याएपछि हामी घनिष्टताको एउटा पर्दा छिचोलेर निकै नजिक आयौँ। यसको आधारमा मैले रमीको विषयमा धेरै अड्कल काटिसकेको थिएँ। उनले भनेका कुराहरूले पनि चित्त नबुझेर अझ बढी सोच्थेँ, कारण यो मेरो नराम्रो बानी छ।
‘जस्ट गिभ मि टेन मिनट्स’ भनेर मलाई बैठकमा छोडेर रमी भित्र गइन्।
ठुलो बैठक कोठा। भित्तामा एक्स्पेन्सिभ आर्टका फ्रेमहरू सजिएका। एक गुच्छा जस्मिनका फूलहरूले त्यस रूमलाई सुगन्ध छरिदिएको थियो।
‘सरी ! कुर्नुप¥यो तपाईंलाई।’ भन्दै स्याम्पू लगाएर हरक उडेको बाक्लो कालो कपालभित्र हँसिलो अनुहारमा चम्किलो आँखा टल्काउँदै, हाँसिरहेकी थिइन् रमी। ब्ल्याक नाइट गाउनमा उनी झन् राम्री देखिएकी थिइन्।
‘अघि पार्टीको नशा सबै गइसक्यो। अब लास्ट एकएक प्याक पिउँ न हुँदैन ?’ भन्दै दराजमा सजिएको बोटलहरूबाट एउटा निकालेर मेरो अगाडिको गोलो टेबलमा राखिन्।
‘यो ब्लु लेबल स्कच ह्वीस्की आजै ल्याएकी थिएँ। कस्तो संयोगले तपाईंसँगै पिउन लेखेको रहेछ मलाई।’ भन्दै दुवैको ग्लासमा खन्याउँछिन्।
उत्सुकताले हो वा अर्कै केही कारणले हो उनी मेरै छेउमा आएर बस्छिन्। हावाको एउटा पातलो नदेखिइने धर्सोले मात्र हामी दुईलाई अलग राखेको थियो त्यसबेला।
‘रियल्ली मुकेश आई एम हंग्री अफ लभ आज जुन खुसी तिम्रो साथ पाएर भएको छु, त्यो आजसम्म भएको थिइनँ।’ उनले भनिरहँदा उनको शरीरबाट आएको मिठो स्मेलले मेरो नसानसा गलाउन खोजिरहेको थियो।
ब्ल्याक नाइट गाउन लगाएकी, पाँच फुट चार इन्चकी रमी। मेरो हात च्याप्प समातेर मलाई उनको बेडरूमतिर लिएर गइन् र म पनि उनकै पछिपछि लागेँ।
आकाशमा प्लेन उडेको आवाजले निद्रा खुल्छ मेरो। बिहानको आठ बजिसकेको थियो। मोबाइलमा आठ नौ मिसकल आएको रहेछ। पक्कै पनि घरबाटै होला। रमी कता थिइन् थाहा भएन। फटाफट भुइँमा छरिएको लुगा टिपेर लगाई बाहिर निस्केँ।
ब्ल्याक नाइट गाउन लगाएकी, पाँच फुट चार इन्चकी रमी। मेरो हात च्याप्प समातेर मलाई उनको बेडरूमतिर लिएर गइन् र म पनि उनकै पछिपछि लागेँ।
‘नमस्ते हजुर, ब्रेकफास्ट रेडी छ’ भन्दै लगभग सत्तरी वर्षमाथिको बूढामान्छे मेरो अगाडि उभिएका थिए।
‘खोई त रमी म्याडम ?’ प्रश्न गर्छु।
‘उहाँ त बिहानै मर्निङ वाक् जानुभएको छ।’ उत्तर आउँछ।
म डाइनिङ टेबलमा बसेर कफी पिउँदै गर्दा त्यही बूढो मानिस मलाई नै एकोहोरो हेरिरहन्छन्।
‘नानी म्याडमलाई कहाँ भेट भयो हिजो र ? हेर्दा त राम्रै घरको जस्तो देखिनुहुन्छ। उमेर पनि त्यति भएको छैन जस्तो लाग्यो।’ उनको प्रश्नबाट कताकता मनमा चस्स पस्यो मेरो।
‘तपाईंको प्रश्न गराई नै मैले बुझ्न सकिनँ बुबा। हिजो पार्टीमा भेट भएको हो हाम्रो। सारै रमाइलो लाग्यो मलाई तपाईंको म्याडम बुबा’ भनेर हाँसिदिएँ।
‘तपाईंको यो हाँसो सधैँ कायम रहिरहोस्’ भनेर भित्र पसे।
अब मलाई यो पक्का भइसकेको थियो कि बूढाले पक्कै केही कुरा लुकाइराखेका छन्।
‘प्लिज बुबा, मलाई नढाँटी के छ भन्नु ? म तपाईंको म्याडमलाई केही भन्दिनँ।’ फकाउन थाल्छु।
‘नानी तपाईं अब फसिसक्नु भएको छ। अब तपाईंलाई म्याडमले ब्ल्याकमेल गरेर उनको इसारामा नचाउने छिन्। अब तपाईं चाहेर पनि उनीबाट उम्कन सक्नुहुन्न।’
‘यहाँ तपाईं जस्ता धेरै आए र आज ती सब उनकै इसारामा नाचिराखेका छन्।’
‘तपाईंहरूको हिजो रातीको रमाइलोको सब उनले भिडियो बनाएर सुरक्षित राखिसकेकी छिन्। अब त्यसैको आधारमा तपाईंलाई बाध्य पार्ने छिन् उनले।’
‘के बाध्य पार्ने भनेको ?’ प्रश्न गर्छु।
‘मेल प्रोस्चिट्युट अर्थात् पुरूष देह व्यापार। अब उनले खोजेको धनाढ्य आइमाईहरूको यौन प्यास बुझाउने काममा लगाउने छिन् तपाईंलाई पनि। उनको बिजनेस भनेकै यही हो। पहिला तपाईंहरू जस्तालाई घरमा ल्याउँछिन् र उनलाई मन परेमा छनोट गर्छिन्। तपाईं पनि उनको रोजाईमा परिसक्नुभएको छ।’ उनी भनिरहन्छन्।
म त्यहाँबाट दौडेर बाहिर निस्कन्छु।
‘तपाईं अब जहाँ गए पनि जति दौडे पनि उनीबाट भाग्न सक्नुहुन्न। अब तपाईं उनको खेलौना बनिसक्नु भएको छ नानी।’ ठूल्ठूलो स्वरले कराइरहन्छन्।
म दुई हातले कान थुनेर दौडिरहन्छु बस् दौडिरहन्छु।
प्रकाशित: १९ भाद्र २०७७ ०५:०८ शुक्रबार