coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

गौरी तमूका ५ कविता

छोटा कविता

गौरी तमू

नानीहरू  

अन्धकार कक्षाकोठाबाट

ल्याएर नानीहरूलाई खुला आकाशमा  

देखाउँदैछु कमिलाको ताँती

कि बनून् उनीहरू पनि

यस्तै

मेहनती र अनुशासित ।  

 

सोचाइ

गलत सोच्दैछौ तिमी

तिम्रा कारण म बाँचिरहेछु

मेरा लागि त  

म छु र यो संसार छ ।

 

चुम्बन

थाहा छ

तिमी फर्किआउने छैनौं यो बाटो

र पनि  

गरिरहेछु दिनहुँ ओहोरदोहोर

कि तिम्रो पाइतालाको डोबलाई  

चुम्बन गरिरहोस्  

मेरो पाइतालाले ।

 

याद

मलाई लाग्दैन

तिमीले छाडेर गयौ  

तिमी त यहीँ मुटुमै छौं

जो वषौंदेखि काँडा बनेर

घोचिरहेछौंं ।

 

यात्रा

भेटिनैपर्छ भन्ने छैन

सँगै यात्रा गर्न

नभेटेरै किनाराहरू  

हजारौं माइल यात्रा गर्छन् ।  

प्रकाशित: १३ भाद्र २०७७ ०९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App