८ वैशाख २०८१ शनिबार
कला

‘मेरो बाबा’ सार्वजनिक

’मेरो बाबा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतसंगीतको माहोल खस्किदै गैरहेको बेला सामाजमा घटेका अतुलनीय घटनालाई समेटेर नितान्त जिबनमा आमाबुवाको आवश्यकता के कति हुन्छ भन्ने कुरालाई चित्रण गरेर दर्जनौ कलाकारहरुको स्वरमा रहेको गित सार्वजनिक भएको हाे । जुन गीतमा डि.आर सुजनको परिकल्पना तथा रचना गरेका छन् ।

म्युजिक भिडियो तथा गीतले धेरै चर्चा कमाउन सफल त् भयो नै डि.आर सुजनको चर्चा पनि हुन थाल्यो । गीत संगीतको व्यापक माहोलमा ‘फुली नाकैमा’ गीतको चर्चा सेलाउन नपाउदै डि.आर सुजन आफैले निर्देशन, संगीत,शब्द, तथा अभिनय समेत गरेको डि.आर सुजनको आफ्नै प्रस्तुतिमा रहेको म्युजिक भिडियो ‘दुखि बाहुन’ले पनि सार्वजनिक गरेसङै निकै चर्चा कमाएको थियो ।

नेपालका ख्यातिप्राप्त १६ जना कलाकारको स्वर रहेको आमाबुवाको मायाले ओतप्रोत गीत ‘मेरा बाबा’ सार्वजनिक गरिएको छ । गीतमा ख्यातिप्राप्त गायक गायिकाहरु पशुपति शर्मा,पुरुश्तोम न्यौपाने,खुमन अधिकारि,ईश्वर सिंह,तारानाथ आचार्य,शम्भु कुवर,मौशम गुरुङ,किसन नेपालि,डि.आर.सुजन,रञ्जन कार्की,टेक नारायण चापागाई,नारायण भट्टाराई लगायतको स्वर रहेको छ ।

डि.आर.सुजनको निर्देशन तथा शब्द संगीतमा तयार पारेको म्युजिक भिडियो निर्देशक डि.आर.सुजन परिकल्पना तथा निर्देशनमा तयार’मेरा बाबा’ गीतको भिडियोमा लेखान्त भुसाल,डि.आर.सुजन,दिवाकर भण्डारी,साया भण्डारी,सुरवीर पण्डित,रमा थपलिया,कृष्ण मगल श्रेष्ठ, मणि कुमार राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित: ३१ श्रावण २०७७ १२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App