७ वैशाख २०८१ शुक्रबार
कला

बन्दाबन्दी

लघुकथा

अरुणबहादुर खत्री ‘नदी’

 

कोभिङ–१९ को महामारीले आज विश्व थलिएको छ । आफ्नो पेशा पनि गर्न पाइएन । घरभित्र बसीरहनुपर्ने भयो । घरबाहिर निस्केर आफ्नो काम गर्न पाइएन । कोरोनाले गर्नुगरयो विजयले भन्छ । ‘आफूले सधैँभरि गर्दै आएको काम गरेर खान नपाएपछि अब कसरी बाँच्ने होला हजुर । अब भोकमरीले मरिने भयो’ उसको श्रीमती कान्ता भन्छिन् ।

‘अब हामीले सरकार र राहत बाड्न चाहनेहरूसँग हामीलाई पनि राहत चाहियो । हाम्रो घरमा आज बेलुकालाई नै खान केही छैन भनेर राहत माग्ने’ विजयले भन्यो ।

विजयले सरकारसँग र राहत बाड्न चाहनेहरूसँग राहत माग्न थालेपछि उसको घरको परिवारलाई एक वर्षसम्म खान पुग्ने चामल, दाल, नुन, चिनी, तेल र गेडागुडी आयो ।

‘अब एक वर्षसम्म कामै नगरेर हाम्रो घरको परिवारलाई खान पुग्ने भयो नि’ खुशी हुंदै विजयले भन्छ ।

अब बेलाबेलामा बन्दाबन्दी होस् । बन्दाबन्दी भयो भने कामै नगरी खान पाइने रहेछ भनेर विजयकी श्रीमती कान्ताले भगवानसंग दुई हात जोडी प्रार्थना गर्छिन् ।

प्रकाशित: ३१ श्रावण २०७७ ०७:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App