७ वैशाख २०८१ शुक्रबार
कला

राजदूत श्रीमतीको नेपाल सम्झना 'सीतापाइला'

नेपालका लागि पूर्वईजरायली राजदूत यारोन मेयरकी श्रीमती निइच्यु मेयरद्वारा लिखित पुस्कत"सीतापाईला" प्रकाशित भएको छ। पुस्तिकामार्फत उनले काठमाडौंस्थित सीतापाइलामा रहँदा आफ्नो बच्चाले गरेको अनुभवलाई समेटेकी छन्।  नेपाल-ईजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगे छ। सो अवसरमा इजरायल स्थीत नेपाली दूतावासले निइच्यु र उनका छोरालाई सम्मान समेत गरेको छ।  

कार्यक्रममा राजदूत डा. अन्जान शाक्यज्यूले उनीहरुलाई सम्मान गरेकी थिइन्। राजदूत डा. शाक्यले पुस्तिका प्रकाशनका लागि लेखिकालाई धन्यवाद दिइन्। साथै, नेपालको कुनै ठाउँ विशेषको नाममा लेखिएको यस कृतिले नेपाल-ईजरायल सम्बन्धमा एउटा इट्टा अवश्य थप्ने विश्वास व्यक्त गरिन्।  

लेखिका नाइच्युले भूकम्प, हिमपहिरो, सवारी दुर्घटना लगायतका केही दुखःद परिस्थितिका बाबजुद समग्रमा आफ्नो नेपाल बसाइलाई सकारात्मक रुपमा स्मरण गरिन्।  नेपालमा रहँदाको अनुभवलाई बच्चाको आँखाबाट हेरी लेखिएको पुस्तिकाका कुराहरुलाई पूर्वराजदूत हेनान गोडारले अभिनयसहित प्रस्तुत गरेका थिए।  

 

 

प्रकाशित: २६ श्रावण २०७७ ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App