६ चैत्र २०८० मंगलबार
कला

‘हेर यो मुटुमा चिरा पर्‍या छ’ काे म्युजिक भिडियाे सार्वजनिक

‘हेर यो मुटुमा चिरा पर्या छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायक बादल थापाको आवाज रहेको गीतकाे म्युजिक भिडियोमा सञ्चारकर्मी तथा कलाकार चिरञ्जवी सापकोटा, रोशनी कार्की र प्रेम पुरीको अभिनय रहेकाे छ। 

गायक थापाकै शब्द तथा संगीतमा तयार भएको यो गीत निक्कै मार्मिक बनेको निर्माण पक्षले दाबी गरेको छ। आहा टिभी युट्युब च्यानलबाट आइतबार दिउँसो सार्वजनिक भएको गीतले केही समयभित्रै राम्रो प्रतिक्रिया प्राप्त गर्न सफल भएको छ।  गीतको निर्देशन सृजन बरालले गरेका हुन्।

यो गीत यसअघि नै सार्वजनिक भएको भए पनि गीतको अफिसियल भिडियो भने तयार भएको थिएन।  गीतको अफिसियल भिडियो आइतबार मात्र सार्वजनिक भएको हो।

प्रकाशित: २६ श्रावण २०७७ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App