८ वैशाख २०८१ शनिबार
कला

रूप, रंग र सुवास हुन्छ बैंसालु फूलको

गजल

रूप, रंग  र सुवास हुन्छ बैंसालु फूलको,

संसार जित्ने साहस हुन्छ बैंसालु फूलको ।

 

बरालिएको मनलाई आफूतिर तान्न सक्ने,

सौन्दर्यको आकाश हुन्छ बैंसालु फूलको ।

 

अँध्यारोको विरुद्धमा लागिपर्ने घामजस्तो,

जाज्वल्यमान् प्रकाश हुन्छ बैंसालु फूलको ।

 

राम्राको चाहिँ छोटो आयु हुन्छ किन होला,  

क्षणिक हर्ष–उल्लास हुन्छ बैंसालु फूलको । 

प्रकाशित: २५ श्रावण २०७७ ११:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App