१० आश्विन २०७७ शनिबार
कला

जोखाइ

कविता

जगदिश जोशी 

 

गाँउकी फूलकुमारी र शहरकी फ्लोरेन्सलाई

उतिक्कै प्यारो लाग्छ आफ्नो अस्मिता

तर तिमी फुलकुमारीलाई दबाएर 

बनाउँछौ रमिता

कुन तुलामा जोख्यौ हँ तिमीले

मिल्काएर फाल्छौ उसलाई अनि पुज्छौ सीता

पुजेर हुन्न कोही भगका प्यारा पहिले सफागर तम्रा मन का भित्ता ।

तिम्रो तुलाको जोखाइले

फुलकुमरीलाई जोखिममा पुर्यायो

गाउँकी फुलकुमारीले फाटेको एकसरो लुगा टालेर लाउँदा 

दूरदराजका गाउँमा हुरयायो

अनि

अनि फ्लोरेन्सले सद्धे लुगा पनि  

फाडेरलउदा तिमीलाई

सौन्दर्यको बयान गर्न

रैंमपको भीडमा दगुर्यायो

के दुइटै स्त्री होइन्न र

समाजले एउटालाई झोला त र्कीलाई डोको भिरायो॥

जति टाढा फ्लोरेन्सका शब्द पुग्छन्, 

फुलकुमारीको डाँको पहाडपहाडमा

परपरका गाउँसम्म पुग्छ

जति खुसी म फ्लोरेन्सको उचाइ देख्दा हुन्छु

फुलकुमारीको अवस्था देख्दा

त्यति नै यो छाती दुःख्छ

फ्लोरेन्सको टेबलमै पानी पुग्दा

फुलकुमारीको घरको इनार पनि सुक्छ

तिमी तुलो ल्याएर समानताका कुरा गर्छौ होइन,

नढाँटी भन त तिम्रो तुलो कतातिर झुक्छ॥

हेर फ्लोरेन्स तिमीमाथि 

जिम्मेवारी थपिएको छ

फुलकुमारीलाई पनि बोक्ने

भरमग्दुर प्रयास हुने छ

तुलो देखाएर तिमीलाई रोक्ने

देखेर पनि नदेखेझै नगर्नु फुलकुमारीलाई

तिम्रो प्रयत्न खेर जाला है 

हत्केलाले सूर्यलाई छेक्ने

होउ न सब नारी समान जति छन्

यस धर्तीमा टेक्ने॥

 

 

प्रकाशित: २४ श्रावण २०७७ १५:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App