coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

युवाराज चौलागाईंको चर्चित गीत ‘तिम्रो माया पाउन...’ लिरिकल भिडियो सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा व्यस्त नाम हो, गायक युवराज चौलागाईं। देश तथा विदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रममा उनी हजारौं दर्शकमाझ पुगिरहेका हुन्छन्। चार सयभन्दा बढी गीतमा आवाज दिइसकेका चौलागाईंको ‘तिम्रो माया पाउनलाई’ बोलको गीत ‘करोड क्लब’मा पुगेर थप रुचाइएको छ।

युट्युबमा एक करोडभन्दा बढी दर्शकले हेरेको नेपाली गीतको भिडियो ‘करोड क्लब’को वर्गिकरणमा पर्छन्।चौलागाईंले रिलिकल भिडियो आफ्नै युट्युब च्यानलमार्फ रिलिज गरेका ह्न्। दर्शक श्रोताको माग बढेपछि आफूले भिडियो रिलिज गरेको उनले बताए।

गीतसंगीतको यो सफलताको उर्जाशिल पाटो रहेको भन्दै उनले माया गर्ने सबै दर्शक तथा श्रोताप्रति कृतज्ञता व्यक्त गरे। ‘दर्शकको सहयोग र हौसलाले सांगीतिक क्षेत्रमा अडिग हुन मद्दत गरेको छ। संगीतको लामो साधाना र समर्पणसँगै दर्शक तथा श्रोताको अपार मायाले यो उपलब्धि सम्भव भएको हो। यसले अर्को गीतको लागि थप ऊर्जा थपिदिएको छ। आगामी दिनमा पनि सहयोग तथा मायाको अपेक्षा गरेको छु,’ उनले भने।

प्रेम र बिछोडको कथा बुनिएको गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको अभिनय छ। गीतमा चन्द्रज्योती आलेमगरको  शब्द रहेको गीतमा  राजकुमार बगर ले संगीत भरेका छन्। संगीतलाई राजन ईशानले एरेन्ज गरेका छन् हुन्।

प्रकाशित: २४ श्रावण २०७७ ०७:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App