७ वैशाख २०८१ शुक्रबार
कला

पोइ सिरानी

यौन मनोवैज्ञानिक कथा

सुरेन्द्र अस्तफल

‘तँ मरेको दिन त म मासु  खान्छु ’ उसले भनी।

‘ तँ मरेको दिन त म मासुको कवाफ बनाएर खान्छु’ उसले भन्यो।

यिनीहरू सानै उमेरमा जोईपोइ बनेका हुन्। दुवैले स्कुलका गणितका सूत्र मन पराएनन्। भूगोल, इतिहास, विज्ञानजस्ता विषयको पढाइले जीवनलाई निरस बनाउँछ भनिरहे। गृहकार्य गर्नु उनीहरूको क्षमताभन्दा बाहिरको कुरो भयो। एउटै कक्षामा दोहो¥याउँदै कक्षा चढ्दै गर्दा कक्षा नौमै उनीहरू परिपक्व बने। त्यसपछि उनीहरूले प्रेमरूपी जीवनलाई मुख्य विषय बनाए।  

सुमिनालाई आफ्नो जीवन चलचित्रजस्तो लाग्छ। तीन घण्टामा जसरी एउटा घटनाको उठान, विकास र बैठान हुन्छ, त्यसरी नै सुमनसँगको दस बर्से दाम्पत्य जीवनमा उसले पूर्णविराम लगाउन बाध्य भई।  

तिम्रो नाम के हो नि?

सुमनको पहिलो सोधाइमा उसले भनेकी थिई, ‘अरूको नाम जेसुकै होस्, तिमीलाई किन चाहियो?’

तिम्रो रूप त जूनजस्तो छ नि?

सुमनको दोस्रो सोधाइमा उसले भनेकी थिई, ‘अरूको रूप जेजस्तो होस्, तिमीलाई केको चासो?

तिम्रो बोली त कति मायालु छ नि?

सुमनको तेस्रो सोधाइमा भने उसले सुमनतिर पुलुक्क हेरेकी थिई। उसले केही पनि बोलेकी थिइन। यसलाई सुमनले हरियो बत्तीको रूपमा लिएको थियो र फिस्स हाँसेको थियो।

जाडोको याम। घाम निकै पहारिलो थियो। जाडोका कारण स्कुलकलेज बन्द थिए। नारायणगढको क्याम्पाचौरमा कोही बदाम खाइरहेका थिए, कोही सुन्तला खाइरहेका।  

कोही भने सूर्यलाई साक्षी राखेर आलिङ्गनमा हराइरहेका थिए। सूर्यका रश्मिहरू यति मायालु थिए कि प्रेमिल जोडीहरू घन्टौँसम्म ऊष्णपीयूष पिई वार्तालापमा हराइरहन्थे।  

क्याम्पाचौरका धेरै जोडीहरूमध्ये सुमन र सुमिनाको जोडीले धेरै तारिख धाइरहन्थ्यो। उनीहरू गफैगफमा भन्ने गर्थे, ‘क्याम्पाचौरमा जस्तै गरी नियमित स्कुल गएको भए कक्षा नौ त सजिलै पास हुन्थ्यौ होला है।’

हरेक दिन उनीहरू कि त भाइबरमा, कि त मेसेन्जरमा कुरा गरिरहन्थे। दिनको एकपटक भिडियो च्याट गर्नु उनीहरूको दिनचर्या थियो। उनीहरू च्याटिङको मुखमुद्राबाटै यौनको आनन्द लिन्थे।  

किरणगञ्जदेखि साइकलको पाइडल दबाउँथ्यो सुमन। साइकलको अगाडिको डन्डीमा बसेकी हुन्थी सुमिना। सुमिनाको कपालको बासना लिँदै र गालासँग गालाको प्रीति साट्दै साइकल कुदाइरहन्थ्यो सुमन। सुमन मेरी सपनाकी रानी कब आओगी भन्दै गीत गुनगुनाइरहन्थ्यो। ऊ यसो पछाडि फर्केर सुमनको आँखा हेर्थी, गालामा चुम्बन गर्थी र उन्मादिलो रस शरीरभरि उमार्थी।

बालकुमारी कलेजतिर ढाड फर्काएर क्याम्पाचौरको पुछारमा बसेका उनीहरूका लागि त्यहीं संसार थियो। खाली आकाशको चौरमा जे जति गर्न मिल्थ्यो, जे जति एकअर्कालाई पगाल्न सकिन्थ्यो, पगाल्थे। पग्लन्थे अनि पालैपालै आफ्नो कर्म पूरा गर्थे र साँझ पर्दानपर्दे घर फर्कन्थे।

सुमन नारायणगढको किराना पसलमा काम गथ्र्याे। केही समयपछि उसले आफूले  मम खाने पसलमा सुमिनालाई जागीर पनि खोजिदियो। त्यसपछि त अझ उनीहरूको प्रेमको जरा झाङ्गिदै गयो।  

‘म तिम्रा लागि आकाशको तारा झारिदिन्छु , ‘सुमन भन्थ्यो।

तारा नझार भो, आकाशै खाली हुन्छ, ‘सुमिना भन्थी।’

‘म तिम्रा लागि बादलको आँचल ओढाइदिन्छु, ‘सुमिनाले भन्थी। ’

बादल नबोलाऊ भो, क्याप्पाचौर नै डुब्छ, सुमनले भन्थ्यो ।’

कहिलेकाहीँ बजारमा उनीहरूको भेट पुराना गुरुहरूसँग पनि हुन्थ्यो। कतिपयले उनीहरूको साइकलप्रेम देखेर कुरा काट्थे। तर ती कुरा काट्नेहरूमा नैतिकताभन्दा ईष्र्याको भाव बढी देखिन्थ्यो। उनीहरूको उत्कर्ष प्रेमको स्वरूप देखेर कतिपयले आफ्ना सिरानी भिजाउँथे।  

एक कान, दुई कान मैदान भनेजस्तै उनीहरूको मायाको सुवास पनि नारायणगढ, भरतपुर, वैदिकनगर, यज्ञपुरी, कल्याणपुर, रामपुर हुँदै किरणगञ्जसम्म पुग्यो। किरणगञ्ज भए पनि त्यस गाउँमा अझै प्रेमको किरण पुगेको थिएन।  

पढाइ पनि छोडिस्, अब कामको बहाना बनाएर मस्ती गर्दै हिँड्। सुमनेले बीच बाटामा छोडिदिन्छ अनि थाहा पाउँलिस्, कि उसैसँग विवाह गर कि सुमनसँगको हिमचिम बन्द गर’ आमाले बन्द कोठामा सुमिनालाई एकदिन सम्झाइन्।

आमालाई उनीहरूको प्रेम थाहा थियो। उनी छोरीको विवाह गरिदिन चाहन्थिन् तर उनीसँग फुटेको कौडी थिएन। बिहानबेलुकाको छाक टार्ने समस्या थियो। २०५८ सालमा मकैबारीमा घाँस काट्न जाँदा बेपत्ता भएका उनका श्रीमान्को अत्तोपत्तो थिएन। सुकुम्बासी बस्तीमा खरको छानो भएको घरबाहेक उनीहरूको पैतृक सम्पत्ति केही थिएन। यत्तिका वर्षसम्म पनि सुमनले आफ्नी छोरीलाई नभगाएकोमा भित्रभित्र उनी जलिरहेकी थिइन्।  

आमाको कुराले त्यो रात सुमिनालाई निद्रा परेन। घरि यता कोल्टो फेर्थी, घरि उता। सुमनले पक्कै पनि धोका दिँदेन भन्ने उसलाई विश्वास थियो। तर विश्वासको जग त्यतिखेर भत्कियो जब उसले आफ्नो कुमारीत्व सुम्पेको त्यो दिन सम्झिई। उसलाई छटपटी हुन थाल्यो।

सोमबारको दिन। बजार बन्द थियो। बजारमा औषधि पसल, किराना पसल र मिठाई एवम् तास पसलहरू खुलेका थिए। पानी परेको हुनाले नारायणगढ बजार रोइरहेको थियो। पसलमा पनि भीडभाड नभएकाले सुमनले आफ्नो छुट्टी मिलायो र साहूनीलाई भनेर सुमिनाको पनि समय मिलायो।

कहिलेकाहीँ बजारमा उनीहरूको भेट पुराना गुरुहरूसँग पनि हुन्थ्यो। कतिपयले उनीहरूको साइकलप्रेम देखेर कुरा काट्थे। तर ती कुरा काट्नेहरूमा नैतिकताभन्दा ईष्र्याको भाव बढी देखिन्थ्यो। उनीहरूको उत्कर्ष प्रेमको स्वरूप देखेर कतिपयले आफ्ना सिरानी भिजाउँथे।  

उनीहरू फेमिली रेस्टुरेन्टको तेस्रो तलामा पुगे। ऊ सुमिनाको काखमा टाउको अड्याएर सुतिरहेको थियो। उसकी आमा सानैमा बितेकीले ऊ स्त्रीसुखबाट वञ्चित थियो। उसले सुमिनाको टाउको आफूतिर तान्यो र चुम्बन ग¥यो। उसको चुम्बनमा उसले एक किसिमको सम्मोहन भेट्टयाई। उसलाई कताकता काउकुती लाग्न थाल्यो। सुमिनाका बलिष्ठ छातीले सुमनलाई अठ्यायो। निकैबेरसम्म उनीहरू नबोलीनबोली मुखस्पर्शमा हराइरहे।  

तिमीले मलाई धोका त दिँदैनौ? आमाले भनेका कुरा उसले दोहो¥याई। सुमनले आफ्नो प्रेम देखावटी नभएको देखाउन हरसम्भव उपाय ग¥यो। सुमनले आफू आमाको मायाबाट विमुख भएको जनाउँदै नारीहरूप्रति आफ्नो सम्मानभाव रहेको दोहो¥यायो। त्यो दिन उनीहरू घन्टौँसम्म प्रेममा लीन भए।  

एकदिन सुमन र सुमिनाले हरिहर मन्दिरमा नारायणलाईृ साक्षी राखेर सातफेरो घुमे। सुमनको आफूप्रतिको समर्पण भाव देखेर ऊ निकै भावुक भई।  

अब हामी दु्ई भयौ। केही समयपछि तीन हुनेछौँ। अब सन्ततिको लागि पनि केही त जोर्न प¥यो, सुमनले भन्यो।  

सुमन कतार उडेको पनि एक वर्ष पूरा भइसक्यो। यता उनीहरूको प्रेमको बिरुवा छोरी बनेर हुर्की।  

हरेक दिन उनीहरू कि त भाइबरमा, कि त मेसेन्जरमा कुरा गरिरहन्थे। दिनको एकपटक भिडियो च्याट गर्नु उनीहरूको दिनचर्या थियो। उनीहरू च्याटिङको मुखमुद्राबाटै यौनको आनन्द लिन्थे।  

सुमन भन्थ्यो ,‘सुमी, अब एक वर्ष त हो नि, त्यसपछि नेपालमै केही गरौला। आएँ, आएँ , अब नेपाल फर्केपछि कतार आउनेछैन, तिम्रो कसम।’

मलाई त एक वर्ष पनि एक युग लाग्न थालिसक्यो,‘ कसरी कुर्नु।’

आफ्ना संवेगलाई मायाको डोरीले बाँधेपछि उनीहरू क्लान्त हुन्थे। भोलिको सूर्याेदयपछिको रात्रिकाल उनीहरूको प्रतीक्षाको विषय बन्थ्यो र वार्तालाप समाप्त हुन्थ्यो।

...

‘अलि कस न मायाले। मलाई यसरी अङ्गालोमा बेरकी जसरी नागनागिनीहरू प्रेमाशक्त हुन्छन्’, सु्मीले भनी। त्यसपछि सुमनले आफ्नो सम्पूर्ण शक्ति सुमीमाथि खन्यायो। सुमी एकै डल्लो भई। अलि छिटोछिटो, अलि छिटोछिटो भन्दै सुमी कराई। त्यसपछि सुमनको सक्रियता अझै बढ्यो। सुमीले पनि ऊध्र्व आशनबाट निकैबेर आकाश ताकिरही। उनीहरूको तन पसीनाले निथु्रक्क भिजेको थियो। तर मन अझै अघाएको थिएन।  

‘अब मेरो पालो।’ सुमी कस्सिई।  

‘अलि कसन मायाले। मलाई यसरी अङ्गालोमा बेरकी जसरी नागनागिनीहरू प्रेमाशक्त हुन्छन्’, सु्मीले भनी। त्यसपछि सुमनले आफ्नो सम्पूर्ण शक्ति सुमीमाथि खन्यायो। सुमी एकै डल्लो भई। ‘अलि छिटोछिटो, अलि छिटोछिटो’ भन्दै सुमी कराई।  

सुमन क्लान्त भइसकेको थियो। तर सुमीको इच्छाको अगाडि ऊ निरीह बनिरहेको थियो र सकेसम्म आफ्नो उत्तेजनालाई बोलाइरहेको थियो। यसपालिको कृत्यमा भने सुमी मजाले  थाकी। लामोलामो निःश्वास निकाली। त्यसपछि सुमनको विशालकाय शरीरलाई दुई खुट्टाको बीचमा राखेर च्यापिरही। एकवर्ष अगाडिदेखि छुटेको सुमनको वासनामा हराई।  

साउनको महिना। आकाशले गड्याङगुडुङको ताल ठोक्न सुरु गरिरहेको थियो। जब आकाशले गड्याङ्ग गरी घन ठोक्यो, तब ऊ बिउँझिई।  

त्यहाँ उसको सुुमन थिएन। ऊ सिरानीमाथि सुतिरहेकी थिई। सिरानीलाई दुई हातले कसिरहेकी थिई। उसको छिटोछिटो सास चलिरहको थियो।  सिरानी च्याप्टो परेर किच्चिएको थियो।

किच्चिएको सिरानीले सुमिनालाई भनिरहेको थियो, ‘म तिम्रो पोइ सिरानी हुँ, एकवर्षदेखि हरेक रात तिम्रै सुमन भएको छु।’

प्रकाशित: २४ श्रावण २०७७ ०७:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App