८ वैशाख २०८१ शनिबार
कला

रातमै सीमित नीलवाराही नृत्य

कोरोना भाइरसको प्रभाव

भक्तपुरको बोडेमा नीलबाराही नाच। तस्बिरः उपेन्द्र लामिछाने

कोरोनाको बढ्दो संक्रमणका कारण भक्तपुरको बोडेमा नाचिने नीलबाराही नाच रातिको समयमा मात्र नाच्न थालिएको छ। विगतमा मध्यरातदेखि मध्यान्न सम्म नाचिन्थ्यो।

तान्त्रिक विधिमा आधारित नाच अहिले बेलुका १० बजेदेखि विहान ५ बजेसम्म मात्र नाचिन्छ। बुधबार रातिदेखि सुरु भएर आइतबारसम्म चल्ने नाच हरेक वर्ष गाईजात्राको भोलिपल्ट  मध्यरात्रीबाट सुरु गरिने परम्परा छ। नाचमा १९ जना देवताको स्वरुप सहभागी हुन्छन्। यस पटक भने ५ देवता विरामी भएकाले १४ जना मात्र नाच्दै छन्।

कोरोना भाइरसको संक्रमणको डर भएकाले रातको समयमा मात्र नाच चलाउनु परेको स्थानीय हरिभक्त भिन्डवाले जानकारी दिए। ‘दिनको समयमा अन्यत्रबाट पनि नाच हेर्न आउनेको भिड लाग्ने भएकाले राती मात्र नाचिएको हो’, उनले भने।  

परम्परागत पहिरनमा सजिएर धाँ, भुस्या, काँय र पाँगा बाजाको  आकर्षक तालमा नाचिने नृत्य हेर्न रातमा समेत स्थानीयको भीड लागेको छ। मुकुण्डो लगाएका देवगणका जात्रा हेर्न मास्क लगाएका सर्वसाधरणको भीडले धेरैको ध्यान खिचेको छ। आयोजकले सर्वसाधरणको जमघटलाई घटाउन नसकेपछि मास्क बाँडिएको थियो।

परम्परागत पहिरनमा सजिएर धाँ, भुस्या, काँय र पाँगा बाजाको  आकर्षक तालमा नाचिने नीलवाराही नृत्य हेर्न रातमा पनि स्थानीयको  भीड लागेको छ। मुकुण्डो लगाएका देवगणका जात्रा हेर्न मास्क लगाएका सर्वसाधरणको भीडले धेरैको ध्यान खिचेको छ।

करिब ५ सय वर्ष पुरानो यो नाच पहिलापहिला रातमा मात्र  देखाइन्थ्यो। अन्य ठाउँकाले समते हेरुन् भनेर पछिल्लो समय दिउँसो पनि नाच्ने गरिएको थियो।

‘अहिले भिड गर्नेभन्दा पनि संस्कृतीको रक्षा गर्ने तर्फमात्र केन्द्रित भयौ,’ हरिभक्तले भने, ‘रातमा पनि सोचे भन्दा बढी मानिस जम्मा भए।’ 

नीलबाराही नाच नाच्न सजिलो छैन। देवता बन्नेले नाच अवधिभर मौन रहनु पर्छ, बोल्नु हुँदैन। केही कुरा भन्नु परे इशारा गरिन्छ। ताल र धुनमा मस्त रहने उनीहरूलाई नाच अवधीभर आफन्तले सामान्य सहयोग गर्छन्।  

दैनिक १० घण्टाभन्दा बढी नाचिरहनुपर्ने अवधिभर खान, बस्न, बोल्न  तथा दिशापिसाब गर्न नुहने नियम छ। यो नाच बोडेको नारायणथान लाछीबाट सुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भागुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा छ।

प्रकाशित: २३ श्रावण २०७७ ०८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App