coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

हास्यव्यंग्य टेली सिरियल ‘खाईस् की !’ बुधबारदेखि प्रशारण

किशोर अधिकारी (अनुराग)को लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली हाँस्यव्यंग्य सिरियल ‘खाईस् की !’ भोली बुधबारबाट प्रसारणमा आउने भएको छ। सिरियल हरेक बुधबार साझ ७ः३० मा काष्ठमण्डपबाट प्रसारणमा आउन लागेको हो।

‘खाईस् की !’ को प्रसारणका लागि काष्ठमण्डप टेलिभिजन संस्थानसंग सम्झौता सम्पन्न भएको निर्माता ईश्वर वल्लभ उप्रेतीले जानकारी दिए। प्रसारणका लागि आवश्यक तयारी समेत पुरा भैइसकेको निर्देशक किशोर अनुरागले बताए ।

उक्त टेलिसिरियलले दर्शकहरूलाई भरपूर मनोरंजन दिने निर्माण पक्षको दाबी छ । निर्देशक अनुरागकाअनुसार सिरियलको कथावस्तु सामाजिक एवम् राजनितिक विषय वस्तुमा र समसामयिकतामा आधारित रहनेछ । उक्त सिरियल युट्युब च्यानल शेलिव्रेशन स्टुडियामार्फत पनि हेर्न सकिने छ।

रंगमञ्चमा स्थापित निर्देशक अनुरागले पहिलो पटक टेली सिरियल निर्माणमा प्रवेश गरेका हुन् । उनको लेखनमा तयार पारिएको उक्त सिरियलमा उनीसंगै सिरियल निर्माता ईश्वर वल्लभ उप्रेती, नविन खड्का र आनन्द प्रभाकर शर्मा कलाकारहरू श्रीहरि चापागाँई, सुमन बिष्ट, स्नेहा कार्की, याम मगर, रोजिना कोइराला र अभिना खड्का लगायतको अभिनय रहेको छ।

प्रकाशित: २० श्रावण २०७७ १८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App