७ वैशाख २०८१ शुक्रबार
कला

सरकारले साथ दिए चलचित्र रिलिज गर्छौं : आकाश अधिकारी

चलचित्र क्षेत्रलाई सुचारु गर्न सरकारले साथ दिए सिनेमा रिलिज गर्न तयार रहेको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताएका छन्।

कोभिड १९ का कारण चलचित्र क्षेत्र सबैभन्दा धेरै प्रभावित भएकाले संघले सरकारसँग विभिन्न माग राखेको र ती माग पुरा भए चलचित्र रिलिज गर्न आफुहरु तयार रहेको अधिकारीले  बताए। मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष अधिकारीले सिनेमा हल खोल्ने वातावरण भए सिनेमा रिलिज गर्न तयार रहेको बताए।  

सिनेमा निर्माताले कुनैपनि सिनेमा निर्माण गर्न बनाएको बजेटको २० प्रतिशत ग्राण्ड रकम सरकारले उपलब्ध गराउनुपर्ने, डिजिटल माध्यमबाट सिनेमा रिलिज गर्न सक्नेगरी भुक्तानी प्रणालीको विकास गर्नुपर्ने लगायतका माग संघले राखेको थियो। ग्राण्ड रकम उपलब्ध भए चलचित्र प्रवद्र्धनका लागि सहज हुने र निर्माताले सहजै चलिचित्र रिलिज गर्न सक्ने वातावरण बन्ने उहाँको भनाई छ। सुरुमा नेगेटिभबाट रिलिज भएका पुराना सिनेमाहरुलाई डिजिटल माध्यमबाट रिलिज गरी सिनेमा घर खुलेको सन्देश दिन सकिने र त्यसपछि मात्रै दशैं सम्ममा नयाँ सिनेमा रिलिज गर्ने वातावरण बन्ने अध्यक्ष अधिकारीले बताए। लकडाउनका कारण चलचित्र उद्योग बन्द हुँदा प्रतक्षरुपमा ३० देखि ३२ हजार र अप्रत्क्ष रुपमा एक लाख पचास हजारसम्मले रोजगारी गुमाएको अधिकारीले बताए। उनले चलचित्र क्षेत्रमा लगानी भएको १ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी लगानी जोखिममा परेको बताए। कोभिडका कारण ठूलो क्षति भएको क्षेत्रलाई बजेटले समेटन नसकेको तर मौद्रिक नीतिबाट अधिकांश समस्याहरु समाधान भएको उनले बताए। सरकारले पुनरकर्जा सुविधा दिएपनि त्यसको उपयोग सिमित व्यक्तिहरुले मात्रै गर्न सक्ने भएकाले आफुहरुले पुनरउत्थानको माग गरेको स्पस्ट पारे। पुनरउत्थान कोष निर्माण गरेमा सतहमा पुगेको चलचित्र क्षेत्रलाई माथि उठाउन सकिने तर त्यसलाई मौद्रिक नीतिले समेत सम्बोधन गर्न नसकेको अधिकारीको भनाई छ।  

लकडाउन भएयता चलचित्र क्षेत्र पूर्णरुपमा बन्द छ। अधिकारीका अनुसार चैतदेखि जेठसम्म प्रदर्शनका लागि मिति लिएर बसेका २३ देखि २५ वटा सिनेमा, पोस्टप्रोडक्सनमा रहेका २० वटा सिनेमा र केही दिनको छायांकन भएर रोकिएका १५ वटा सिनेमा रहेको तथ्याङ्क संघमा प्राप्त भएको बताए। यी सहित लकडाउन खुल्नासाथ छायांकनमा जान तयार रहेका सिनेमा गरी कुल ७५ वटा सिनेमाको काम रोकिएको अधिकारीले बताए।  

 

प्रकाशित: २० श्रावण २०७७ १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App