coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

खाद्यसुरक्षाका सिद्धान्तहरू तथा पद्धतिहरू विमोचन

स्वास्थ्य खवाईकालागि दिघो,यथेस्ट तथा सुरक्षित खाद्य विषय—बस्तुमा आधारित भएर लेखिएको पुस्तक ‘खाद्यसुरक्षाका सिद्धान्तहरू तथा पद्धतिहरू’ शनिबार साँझ विमोचन भएको छ । यो पुस्तक नेपाल, संयुक्त राज्य अमेरिका, क्यानाडा, अष्ट्रेलियालगाएतका देशहरूमा रहेका ४९ वैज्ञानिक र प्राज्ञ व्यक्तिहरू द्धारा लेखिएको हो । अमेरिकामा स्थापित कृषि विज्ञहरूको संस्था नापा(नेप्लिज एग्रीकल्चर प्रोफेसनल्स इन अमेरिकाज) द्धारा प्रकाशित भएको हो ।

पुस्तकको प्रधान-सम्पादक डा.द्रोणप्रकाश रसाली हुन् भने डा.प्रेम भण्डारी सह-सम्पादक हुन् । अन्य सम्पादकहरूमा डा.उमा कार्की, डा. मेघ पराजुली, डा. राम आचार्य र डा. राजु अधिकारी छन् । युएसएको मिचिगन राज्यबाट नेपालको त्रिभुवन विश्वविद्यालयका पूर्व प्रोफेसर तथा कृषी तथा वन अध्ययन संस्थानका पूर्व सहायक डीन डा नन्द जोशीले अनलाइनबाट पुस्तक विमोचन गरेका थिए । नेपाल, अमेरिका, क्यानाडालगाएत विश्वका धेरै देशका यस विषय विज्ञहरूले अनलाइन उपस्थितमा विमोचन सम्पन्न भएको थियो ।  

नेपाली डाएस्फोरा(एनआरएन)का विज्ञ तथा प्राज्ञिकहरूले नेपालको उच्च शिक्षाकालागि पाठ्यक्रम विकास गरी सो अनुसार पाठ्यपुस्तक तयार गर्ने क्रममा प्रकाशित हुने यो दोस्रो पुस्तक हो । ‘यो पुस्तक खाद्य सुरक्षा विषयका स्नातकोत्तर विद्यार्थी, नीति निर्माता, यस विषयका सरकारी तथा गैर सरकारी अधिकृतहरूलाई उपयोगी हुने गरी लेखिएको यो किताब यस विषयमा रुचि राख्ने जो कोहीलाई पनि निकै उपयोगी हुने विश्वास हामी लेखहरूले लिएका छौं,’ पुस्तकका प्रधान समपादक डा. द्रोण रसालीले भने, ‘यो पुस्तक प्रकाशन खुला विश्वविद्यालयको स्थापना गर्ने कार्यमा एनआरएनले गरेको योगदानको निरन्तरता पनि हो ।’ डा.रसाली नेपालमा खुला विश्वविद्यालय स्थापनाको आधारभुत कार्यका एक अभियानता समेत हुन् ।

कार्यक्रममा सहभागीता जनाएकी डा. उमा कार्कीले यो किताब नेपालको उच्च शिक्षामा योगदान पुग्ने विश्वास व्यक्ति गरिन् । उनले यो किताबले नेपाल लगायत विश्वका विभिन्न देशहरूमा खाद्य सुरक्षाको सवालमा निकै उपयोगी हुने दाबी गरिन् । ‘यो विषयका विद्यार्थीलाई किताबले ब्यवहारिक ज्ञान दिने छ,’ उनले भनिन्, ‘कक्षाकोठामा प्राध्यापकहरूले शिक्षण सिकाईको माध्यमबाट विद्यार्थीलाई ब्यवहारिक ज्ञान दिने छ।’

सात अध्ययायमा खाद्य सुरक्षाको आजको विश्वाको अवस्था र नेपालको समाजिक तथा आर्थिक विश्लेषणसहितको विभिन्न ज्ञानमुलक विचारहरू उल्लेख छन् ।  

५ अध्यायामा खाद्य सुरक्षाकालागी दिघो तथा एथेस्ट कृषि उत्पादन गर्ने बिधी र टेक्नीकहरूबारे वार्णन गरिएको छ । किताबमा नेपालको परिस्थितीमा सुरक्षित खाद्यका कानुन र नियमन व्यवस्था, स्वास्थ्य भोजन, खवाइको नवअवधारणा र जलवायु परिवर्तनको खाद्य सुरक्षामा पर्ने प्रभावबारे प्रस्तुत गरिएको छ । नेपालमा यो किताब मन्जरी, पैरवी, एकता, रत्नपुस्तक भण्डार, सयपत्री पुस्तक भण्डारमा उपलब्ध छ ।

प्रकाशित: १७ श्रावण २०७७ १५:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App