coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बिहानै उस्ले पूजा थाल्छ फेसबुकबाट

पाँच मुक्तक

 लीलाराज दाहाल  

     १) जसै मबाट तिम्रो दिल दूर हुनेछ

         बिर्सनलाई मन यो मजबुर हुनेछ

         तिमीले नि सधैंभरि साथ दियौ भने  

        मरुभूमिमै बस्न मन मन्जुर हुनेछ ।

 

    २) प्रेम पनि अन्धो हुन्छ ? के भनेकी यार

        आँसुले नि मुहार धुन्छ ? के भनेकी यार

       पराइकै भलाइमा लागे सबै जना

        हाँसे पनि मन रुन्छ ! के भनेकी यार !

     ३) सधैं यसरी उदास बनेर नि हुन्छ त

       सधैं अरूकै दास बनेर नि हुन्छ त

     उमार्नुपर्छ मनमा साहसको बिरुवा

       भित्रभित्रै हतास बनेर नि हुन्छ त !

 

  ४) बिहानै उस्ले पूजा थाल्छ फेसबुकबाट

      अनि पेटमा चारो हाल्छ फेसबुकबाट

      दिनभरि बरालिन्छ फेसबुककै सडकमा  

      साँझ फर्क बत्ती बाल्छ फेसबुकबाट।

 

  ५ ) छैन पानी ठ्याम्मै लौ यो कस्तो ताल बनायौ  

      ओठ उदास छ आँखामा आँसु यो के हाल बनायौ  

       सानालाई ऐन लाउने त पुरानै हो रीति ,

      ठूला माछाचाहिं फुत्किए यो कस्तो जाल बनायौ।

प्रकाशित: १७ श्रावण २०७७ ११:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App