३० श्रावण २०७७ शुक्रबार
कला

झ्याउँकिरीको संगीतमा रोमाञ्चक यात्रा

राउचुली–गोसाईंकुण्ड पदमार्ग

रसुवाको गोसाइँकुण्डमा राउचुली–गोसाईंकुण्ड पदमार्ग अध्ययन टोली।

गगनराज न्यौपाने  

पर्यटनमा लागेकाले घुमफिर म गरिराख्छु। कहिले विदेशीलाई डुलाउँछु त कहिले नेपाली साथीसँग आफैं घुम्छु। गत मंसिरमा हामीले नुवाकोटको फिकुरीडाँडामा पदयात्रा ग¥यौं। साथीहरू ऊर्जा तामाङ, दिनेश तामाङ र मेरो सक्रिय भूमिकामा करीब ४५ जनाको टोली फिकुरीमा पुगेका थियौं। हामी उताबाट फर्केसँगै फिकुरीले राम्रो चर्चा पायो।  

रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा भएको हाम्रो फिकुरी अध्ययन भ्रमण फलदायी बन्यो। फिकुरी यात्रा सफल भएकाले हाम्रा अभिभावक दिपक महतले भन्नुभयो, ‘अब अर्को यात्रा काठमाडौंदेखि गोसाइँकुण्डसम्म गर्नुपर्छ।’

लकडाउनमा यात्रा गर्नु सजिलो काम होइन। सिडिओ कार्यालयको पास बनाउनुप¥यो। त्यसमाथि जिल्लाजिल्लामा कोरोनाको आतंक छँदै छ। रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष मेरा पिताजी बलराम न्यौपानेले भन्नुभयो, ‘थलिएको पर्यटनलाई सकारात्मक सन्देश दिन तिमीहरूले यात्रा गर्नैपर्ने भयो।’  

रसुवा–नुवाकोट पर्यटन समाजले लकडाउनमा ‘राउचुली–गोसाइँकुण्ड पदमार्ग’को सम्भाव्यता अध्ययन गरेको छ। बुढानिलकण्ठ, काठमाडौंबाट सुरु हुने पदमार्ग नुवाकोटका गाउँबेसी हुँदै रसुवाको गोसाइँकुण्ड भएर धुन्चेसम्म जोडिन्छ। पदमार्ग निकै आकर्षक र साहसिक लाग्यो हामीलाई। 

हामी यात्राको तयारीमा लाग्यौं। नेपाल पर्यटन बोर्डको सिफारिसमा काठमाडौं सिडिओ कार्यालयमा पदयात्रा अनुमतिका लागि निवेदन दियौं। विडम्बना! गाडी नम्बर छैन भनेर चिठी फिर्ता आयो। पदयात्रामा पनि केको गाडी नम्बर? अचम्ममा प¥यौं।  

गगनराज न्यौपाने  

हामीले विकल्प सोच्यौं, पर्यटन विभाग र राष्ट्रिय निकुञ्जको अनुमति लियौं। अनि साथी ऊर्जा ठमेलमा किनमेलतिर लागे, साथी दिनेश र म खाना र आवश्यक सामान प्याकिङ गर्न थाल्यौं। त्यो रात दश बजे मात्र घरमा पुग्यौं।  

बर्खामासमा त्यो पनि कोरोना महामारीका बेला यात्रामा निस्कनु पर्ने। भोलिपल्ट बिहानै पिताजीले भन्नुभयो, ‘नुवाकोटका युवा नेता रमेश महतले चियापानसहित पदयात्रीको बिदाइ गर्ने कार्यक्रम छ।’  

ऊर्जाले मासुभात खाने भए चाँडो आउनुस् भन्नुभयो। मध्यान्हमा भोकले पेटमा मुसा कुदिसकेका थिए। ऊर्जाको कुरा सुन्नेबित्तिकै हाम्रा पाइला छिटो चल्न थाले। खसीको मासु रहेछ, त्यहीँ पकाएर खाने निधो ग¥यौं। कुरा बुझ्दै जाँदा त्यो खसी बाघले हानेर छाडेको रहेछ।

पिताजी र महतले नुवाकोट र रसुवाका स्थानीय निकायलाई हामी आउने जानकारी गराउँदै सहयोगका लागि आग्रह गर्नु भएको रहेछ। पिताजीले बुढानीलकण्ठको पानी मुहानसम्म पुगेर हामीलाई बिदाइ गर्नुभयो।

शिवपुरी–नार्गाजुन राष्ट्रिय निकुञ्जलाई जानकारी गराई हाम्रो यात्रा अघि बढ्यो। यात्राको नेतृत्व समाजका उपाध्यक्ष दाजु शिव लामिछानेले गर्नुभएको थियो भने हाम्रो टोलीमा सुरेन्द्र राना, ऊर्जा तामाङ, दिनेश तामाङ, अशोक सिलवाल र म थियौं।  

निकुञ्ज प्रवेश गर्नेबित्तिकै बेग्लै संसारमा पुगियो। मनसुनमा झ्याउँकिरीको आवाज, सिमसिमे पानीमा हामी हिँडिरह्यौं। ठाउँठाउँमा थकाइ मार्दै, काठमाडौं उपत्यका नियाल्दै र रमाइला गफ गर्दै उकालियौं।  

करीब एक घन्टाको उकालीमा भ्यू पोइन्ट पुगियो। हामीले भारी बिसायौं र पानी पिउँदै काठमाडौं हे¥यौं। जुकाले टोक्न भ्याइसकेछन्, हामीले त्यहाँ बसेर जीउका जुका टिप्यौं। मोजा त राताम्मे भएछ।  

यस्तै हुन्छ मनसुन यात्रा। चाउचाउ र पानी पिउँदै हिँड्दा कताकता डिस्नेल्यायण्डतिर पुगेको महसुस भयो। बाक्लो जंगल, बोटबिरुवामा लागेको लेउ देख्दा छुट्टै संसारमा पुगेको अनुभूति भयो।  

करीब ३ घन्टापछि हामी छाप भञ्ज्याङ (२,३०० मिटर) पुग्यौं। अब त्यहाँबाट सुरु भयो ओरालो यात्रा। ओरालिन सजिलो भएन, कतैकतै पहिरो थियो, त्यसमाथि चिप्लो बाटो।  

‘अल्छे पुग्न कति ट्याम लाग्ला?’ बाटामा एक स्थानीयसँग सोध्यौं। ‘दुई घन्टामा पुग्नुहुन्छ’, उनको जवाफले मनलाई राहत मिल्यो। जंगलमा रंगविरंगका फूल थिए। आर्मी ब्यारेक पुगेपछि सोध्यौं, ‘अल्छे पुग्न कति लाग्छ?’  

स्थानीय वडाध्यक्ष झमक गुरुङ हाम्रो स्वागत गर्न त्यहीँ कुरेर बसिरहनुभएको रहेछ। व्यारेकका क्याप्टेनसाप्लाई पनि त्यहाँ निम्तो गरिएको रहेछ। हामीसँगै तल झ¥यौं।  

राउचुली पुगेपछि हामीले शरीरमा टाँसिएका जुका टिप्यौं। साँझ घाम अस्ताउने बेलामा आकाश खुल्यो पारिपट्टि। अलिअलि हिमालको दर्शन मिल्यो–रोल्वालिङ हिमसशृङ्खलाका गौरीशंकर हिमाल। एकैछिनमा मनास्लु र गणेश हिमाल लुकामारी खेल्न थाले।  

हिँड्दै जाँदा पारिपट्टि उपत्यका देखियो। अलिअलि घाम लाग्यो बेलुकीपख। त्यहाँ ट्राउट फार्म रहेछ। त्यहाँको रिसोर्टमा हाम्रो बास भयो। एकछिन आराम गरेपछि हामी झरना हेर्न गयौं।  

हामीले बाटामा चरिरहेका मृग देख्यौं। त्यहाँको भीरमा मह शिकार र झरनामा क्यानोनिङको सम्भावना देख्यौं। हामीले केही तस्बिर खिच्यौं। रात आरामले ढल्यो।  

हाम्रो यात्रा जारी थियो। बिहानको खाजा खाएर ओरालो झ¥यौं। गुरुङ गाउँ सिक्रे सुन्दर रहेछ।

गाउँमुन्तिर अर्को रमणीय झरना रहेछ। त्यहाँबाट धानबारीमा पुगेसी झमकजीले बिदाई गर्नु भयो। हामी ताडी खोलामा पुग्यौ। आकाशबाट पानी दर्कियो।  साथीहरू अघि लागे, सुरेन्द्र दाइ र म पछि प¥यौं। सहयात्री ऊर्जाले खसीको मासुभात खाने भए चाँडो आउनुस् भन्नुभयो। मध्यान्ह भैसकेको थियो, भोकले पेटमा मुसा कुदिसकेका थिए।  

ऊर्जाको कुरा सुन्नेबित्तिकै हाम्रा पाइला छिटो चल्न थाले। उकाली चढेपछि खसीको मासु रहेछ, त्यहीँ पकाएर खाने निधो ग¥यौं। कुरा बुझ्दै जाँदा त्यो खसी बाघले हानेर छाडेको रहेछ। मनमा कताकता डर पनि लाग्यो।  

मासु पाक्यो, मजाले दुई थाल भात खाइयो। खानापछि पूरै उकालो यात्रा सुरु भयो। नेपाने आलडाँडा हुँदै माने भञ्ज्याङ पुगियो साँझपख। बीचमा चैत्य रहेछ, १२ वैशाखको भूकम्पमा बितेकाको सम्झनामा बनाइएको।  

त्यहाँबाट हामी मानेभञ्ज्याङतिर लाग्यौं। स्थानीय वडाध्यक्ष सन्च तामाङले हामीलाई पर्खिनुभएको रहेछ। हामी पुग्नेबित्तिकै पानी प¥यो। हामीले पारि ठूलो पहाड देख्यौं।  

त्यो कुन डाँडा हो?  

‘राउचुली’, उहाँले भन्नुभयो, ‘तपाइँहरू त्यो डाँडाको छेउबाट जाने हो गोसाइँकुण्ड।’

उहाँका कुरा सुनेर लामो श्वास फे¥यौं। त्यहाँबाट कुटुमसाङ, गोल भञ्ज्याङ देखिँदो रहेछ।  

हामीले बेलुकीको खाना खायौं। त्यहाँ छवटा खाट रहेछन्। रातभरि ठूलो पानी परिरह्यो, हामी भने मस्त निदाइरह्यौं।  

बिहान ङार भ्यूपोइन्ट जाने कुरा भयो। त्यहाँबाट नुवाकोटका ८० प्रतिशत भूभाग देखिन्छ। हामी पुग्दा बादलले लुकामारी खेल्दै थियो। डाँडामा सम्म ठाउँ रहेछ। त्यहाँ घले राजाको दरबारको भग्नावशेष छन्।  

हामी लौरीबिना पुग्यौं, कुनै होटल खुलेका छन् कि भनेर हेर्न। खुलेका थिएनन्। त्यसैले चोलाङपाटी पुग्यौं। त्यहाँ पनि होटल बन्द थिए। हामी चन्दनबारी झर्नुपर्ने भयो। साँझ ५ बजे हामी चन्दनबारीको शुभ लामा अंकलकोमा पुग्यौ। उहाँले हामीलाई घरमा राख्नुभयो।

भ्यू पोइन्ट घुमेर गाउँमा खाजा खाईवरी हामीले पाइला चाल्यौं। हामीलाई समुन्द्रटारको दुप्चेश्वर गाउँपालिकाले स्वागत ग¥यो। योविन्द्र सिंह तामाङ र मञ्जु आचार्यसँग हामीले पर्यटनको सम्भावनाबारे विमर्श ग¥यौं।  

छलफलपछि लोकल चामलको भात यति मीठो भयो कि सायदै बिर्सिएला। त्यहाँ एकछिन आफन्त सिताराम तिम्सिनासँग पारिवारिक भेटघाट पनि गरें।  

पानी ठूलो परेको थियो। साथीहरू भिजिसकेका थिए। मनसुनमै हिँडेका हामी निरन्तर अघि बढ्यौं। भँगेरीमा पुग्यौं। त्यहाँ हाम्रो बास थियो।  

नुवाकोट जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङ पनि पर्यटन व्यवसायी हुनुहुँदोरहेछ। उहाँ हामीलाई हौसला बढाउन भँगेरी आइपुग्नुभएको रहेछ।  

भँगेरीभन्दा अलिकमाथि बाघमारा छ जुन भ्यू पोइन्ट हो। साँझपख मौसम खुला जस्तो भएकाले सुरेन्द्र दाइ उकालो चढ्ने कि भन्न थाल्नुभयो। हामी दुई भाइ उकालियौं।  

माथिबाट लिखु भ्याली मजाले देखियो। लामो सर्प जस्तो खोला पनि देखियो। हामीभन्दा पछाडि हाम्रा साथीहरू र अध्यक्षज्यू पनि उकालिनु भएछ।  

डाँडाबाट सूर्योदय राम्रो देखियो। केही तस्बिर खिचेर हामी फेरि भँगेरी गाउँमा झ¥यौं। साँझ खाना र थकाइ मार्ने दबाई खाएर सुत्यौं। बिहान  सिमसिम पानी परिरहेको थियो। कोदोको रोटी र अम्लेट नास्ता खाएपछि जिल्ला समन्वय समितिका प्रमुखले हामीलाई शुभकामना दिनुभयो। उहाँले एक जना स्थानीय खोजी गरिदिनुभयो। पुरुषोत्तम सिटौला दाइको सहयोगमा छिरिङ शेर्पा र उहाँको छोरा फूर्वा यात्रामा समाबेश हुनु भयो।  

हाम्रो यात्रा झन् रमाइलो भयो। छिरिङ दाइ यो पदमार्गका अभियन्ता हुनुहुँदो रहेछ। उहाँको वर्षौंदेखिको सपना यसमा विदेशी हिँडेको हेर्न पाऊँ भन्ने रहेछ। हामीले  संगै यात्रा अघि बढायौं।  

हिँड्दाहिँड्दै मालाभञ्ज्याङ पुगियो, लाङटाङ राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा हाम्रो कागजपत्र देखाएर उकालियौं।  

छिरिङ दाइको घरमा खाना पाकेको रहेछ। जंगलको छेउमा मात्र उहाँको परिवार बस्दो रहेछ। अलिक तल उहाँका एक छिमेकी रहेछन्। दाइले भुइँस्याउ खेती गर्नुभएको रहेछ। खाइयो मजैले।  

दाइको दरबारमा आनन्दले बसियो। भाउज्यूले पकाएको खाना खाइयो। उहाँहरूको आत्मीयताले जित्यो। ‘आज यतै बसेर भोलि जाँदा हुन्न’, दाइले प्रस्ताव गर्नुभयो।  

यसो सोचें, भोलिदेखि जंगलको बाटो हिँड्नुपर्छ। आज रमाइलो गरौं, भुइँस्याउको रक्सी खाऔं। हामीले पिउन सुरु ग¥यौं। कति मीठो!  

दिउँसो पानी दर्कियो। एकछिन आराम गर्न भनेर हामी दिउँसै सुत्यौं। बेलुकीपख उठ्यौं। घाम अस्ताउने बेला पारिपट्टिका गाउँ देखिन थाले।  

त्यो रात मीठो निदायौं।  

राम्रै उकाली रहेछ। बोतलको चिसो पानी पिएँ र बादलमुनि एक्लै हिँडिरहें। बादलले लुकामारी खेलिरह्यो। हुस्सु लागेको ठाउँमा गाहे भयो। उकाली सकिएको पत्तै पाइनँ। त्यहाँ ठूलो झरनाको आवाज आयो, भैरवकुण्ड पो रहेछ। मलाई त डर पो लाग्यो।  

बिहान मसला चिया, आलु र पास्ता खाएर हामी फेरी उकालो चढ्यौं। पूरै जंगलको बाटो उकालोमा चराको आवाज सुन्दै हामी सागरकुण्डतिर लाग्यौं। पानी दर्किरहेकै थियो। बीचबीचमा गाईवस्तु भेटिए।  

निकै बेरपछि सागर कुण्ड पुगियो। छिरिङ दाइकी भाउज्यू माथि भेडीगोठबाट विशेष कामले तल झर्नु भएको रहेछ। ठ्याक्कै सागरकुण्डमा भेट भयो।  

कुण्ड अलिक उतापट्टि  रैछ। साथीहरू अलमलमा परेका रैछन्। आकाशमा बादल मडारिएकोथ्यो। म सागरकुण्ड अवलोकन गर्न अगाडि हिँडे। नभन्दै त्यहाँ पुगेर तस्बिर के खिचेको थिएँ कुण्डलाई बादलले ढपक्कै ढाक्यो।  

मैले एक फन्को लगाएर मन्दिरको दर्शन गरें। साथीहरूले पूरै ताल देख्न पाएनन्। मन्दिरमा भेटी चढाएर हामी उकालो लाग्यौ। त्यो दिन हामीलाई राउचुली पुग्नु थियो।  

बाटोमा कान्छा दाइको चौंरी गोठ रहेछ। दुईजना साना छोरी रहेछन्। मलाई स्थानीयसँग कुराकानी गर्दै हिँड्न मजा लाग्छ। साथीहरूलाई छाडेर म उनीहरूसँग अघि बढें।  

कोरोनाले गर्दा नानीहरू स्कुल जान नपाएको गुनासो गर्नु भयो दाइले। करीब अढाई घन्टाको हिँडाइ पछि लामो उकालो  चढियो।  

माथि डिलमा रहेछ उहाँको गोठ। उहाँले हाम्रो समूहलाई चिया खुवाउनुभयो। धन्यवाद उहाँलाई।  

अबको यात्रा झन् उकालोमा। शिव दाइ र म अघि बढ्यौ। हिँड्दैहिँड्दै हामी राउचुलीमा पुग्यौ। हामी थापा दाइको कटेजमा पुग्यौं। हामीले कटेज भेटेनौं। ओडारमा बस्यौं र रेडियो सेटमा साथीहरूलाई खबर ग¥यौं।  

करिब १ घन्टाको अन्तरालमा साथीहरू आइपुगे। अलिक तल रहेछ कटेज। दाइ एक्लै गाईवस्तुसँग बोल्दै बस्नुभएको रहेछ। फूर्वा भाइलाई देख्नेबित्तिकै ‘अहो कहाँबाट कता हिँडेको?’ भन्दै थापा दाइले सोध्नुभयो। हामीलाई देखेर खुसी हुनुभयो।  

‘दाइ, भोक लागेको छ। हामीसँग अलिअलि खानेकुरा छ पकाएर खाऔं’, हामीले भन्यौं। उहाँले आगो फुृक्नुभयो। मैले ग्याँसमा चिया पकाएँ। अनि सबैलाई खुवाएँ। अनि गफियौं। त्योभन्दा अगाडि

हामीले शरीरमा टाँसिएका जुका टिप्यौं। साँझ घाम अस्ताउने बेलामा आकाश खुल्यो पारिपट्टि। अलिअलि हिमालको दर्शन मिल्यो–रोल्वालिङ हिमसशृङ्खलाका गौरीशंकर हिमाल। एकैछिनमा मनास्लु र गणेश हिमाल लुकामारी खेल्न थाले।  

त्यहाँबाट छिरिङ दाइले हामीलाई भोलि जाने बाटो देखाउनुभयो। ‘अहो त्यो डाँडा चढ्ने’ भनेर सुरेन्द्र दाइले भन्नुभयो, ‘भिरालो रैछ, डर लाग्छ।’ यात्रा रमाइलो भयो। म उत्साहित थिएँ। छिरिङ दाइले भोलिको बाटो अप्ठेरो भएकाले बिस्तारै जाऔंला भन्नुभयो।  

सिमसिम पानी पर्न थाल्यो। त्यसैले ऊर्जा र म माथि डाँडासम्म गयौं। माथि पुगेर बोलायौं, करीब ४० मिनेट हिँडदा पनि चाइँचुइँ सुनिएन। अलिक तल पुग्दा बत्ती बलेको देखियो। साथीहरू आउँदै छन् भनेर हामी उनीहरूको स्वागत गर्न अघि बढ्यौं। संगै होटलमा आएर बस्यौ।  

दिनभरको थकाइले होला, त्यो साँझ पनि भुसुक्कै निदाइएछ। 

बिहानको मौसममा पानी परिरहेको थियो। खाजा खाएर हामी उकालो लाग्यौं। छिरिङ दाइले भनेको जस्तै बाटो तेर्सो उकालो रहेछ। हामीले बाटामा याक भेट्यौं। त्यहाँ गोठ पनि रहेछ। त्यहाँबाट खुकुरीधारको बाटो जानुपर्ने रहेछ। सारै अप्ठेरो बाटो। नामजस्तै खुकुरीको धार रहेछ। हामीले आपसमा हाते साङ्लो बनाएर उकाली चढ्यौ।  

झरीमा यात्रा जोखिमपूर्ण भयो। दुखसुख हामी देउराली पुग्यौं। त्यहाँ एकछिन सुस्ताएर दालमोठ  र च्यूरा खायौं। मौसम झन् बिग्रिँदै गयो।  

हाम्रो यात्रा जारी थियो। बाटोमा हामीले जमेको हिउँ भेट्यौं। छिरिङ दाइ र फुर्वा  भाइ बाटो बनाउँदै अघि बढे। त्यसपछि हामी सौर्यको उकालो चढेर झारक्युम फेदीमा पुग्यौं। त्यहाँ मानेहरू थिए। पदयात्रीको सम्मानका लागि मैले त्यहाँ एउटा ढुंगा चढाएँ।  

कुर्दाकुदै छिरिङ दाइ आइपुग्नुभयो। ‘यहाँबाट २० मिनेट उकालो चढेमा नुवाकोटको अग्लो पहाड झ्याकुमचुली (४,६०० मिटर) पुगिन्छ’, उहाँले भन्नुभयो, ‘जाऔं एकपटक।’

खराब मौसम देखेर जान मन लागेको थिएन। तर, अघि बढें। साथीहरू सबैले मलाई पच्छाए। राम्रो भ्यू देखिने भएकाले हामीले टेण्ट गाडेर कु¥यौं। चिसो बढ्दै गयो। हामीले चिया पकाएर खायौं। बिस्तारै मौसम खुल्दै गयो। ताल र हिमाल देखिए। त्यहाँ केहीबरे तस्बिर खिचेर राति हामी तल झ¥यौं।  

ऊर्जा, छिरिङ दाइ र म तल झरेर साथीहरू बसेको ठाउँमा पुग्यौं। हाम्रा दुई जना साथीलाई लेक लागेछ, तातोपानी खुवाएर सुत्यौं। सुरेन्द्र दाइ र म भेडीगोठमा सुत्यौ, साथीहरू टेन्टमा।  

रातभर पानी प¥यो। बिहान मौसम अलिअलि खुल्यो। एक्ले कुण्डका केही भाग देखियो। त्यो दिन हामी निकै उत्साहित थियौं किनकि हामीले धेरै ताल देख्दै थियौं।  छेडाकुण्ड अलिकति देखियो। टाढैबाट राजारानीकुण्ड पनि देखियो। अहा कति रमणीय। 

हामी अघि बढ्यौं, कुनामा ताल देखियो जुन नौकुण्ड रहेछ। हाम्रो जिल्लामा एउटा गाउँपालिका छ नौकुण्ड। निकै सुन्दर रहेछ कुण्ड। हिमालको फेदमा राजारानी ताल मुन्तिर लामो कुण्ड देखियो। करिब १ किमि लामो लामकुण्ड।  

जता हे¥यो, उतै ताल। छेउमा भेडीगोठ अनि चौंरीगोठ पनि छन्। हिँड्दाहिँड्दै हिँडिरहूँजस्तो बाटामा पुग्यौं हामी।  

हामी उचाइमा  थियौं। डाँडामा डाँफेहरू  देख्यौं। रंगविरंगका फूल देख्यौं। पदमार्ग छेउमा करीब ५ दर्जन भेडा चरिरहेका थिए। मैले सजिलै भञ्ज्याङ पार गरें। भञ्ज्याङ कटेपछि मोबाइल फोन बज्यो।

घरबाट जीवनसँगीको फोन आएको रहेछ। मज्जाले कुरा गरें, अनुभव सुनाएँ।  

मलाई भोक लाग्यो, बिस्कुट चपाउँदै हिँडे। अगाडि पुगे ठूलो पहाडमा अलमल्ल परें। बाटो कता हो कता पत्ता लाउनै सकिनँ। तल भेडीगोठ देखें, केही खान पाइएला भनेर छिटोछिटो पाइला चालें।  

भेडीगोठ त रित्तै रहेछ। त्यहाँभन्दा तल सरस्वतीकुण्ड रहेछ। छिरिङ दाइले कुण्डको उकालो अप्ठेरो छ भन्नुभएको थियो। साथीहरूलाई कुरौं कि जाऔं भन्ने भयो।

राम्रै उकाली रहेछ। बोतलको चिसो पानी पिएँ र बादलमुनि एक्लै हिँडिरहें। बादलले लुकामारी खेलिरह्यो। हुस्सु लागेको ठाउँमा गाहे भयो। उकाली सकिएछ पत्तै पाइनँ।  

त्यहाँ ठूलो झरनाको आवाज आयो, भैरवकुण्ड पो रहेछ। मलाई डर लाग्यो। साथीहरूलाई कुरौं कि अघि बढौं भन्ने भयो। हिम्मत जुटाएर अघि बढें। 

पर डिलमा पुगेपछि गोसाइँकुण्डको होटल तिब्बतको साइनबोर्ड देख्दा। मनमा जोश आयो। म पुग्ने वित्तिकै कुण्ड खुल्यो। मैले खिचिक्क तस्बिर खिचें। केही बेरमा अलिक उताबाट भेडी गोठाला दाइ आउनुभयो। एक्लो थिएँ, उहाँलाई भेटेर खुसी भएँ। झोलाको बिस्कुट झिकेर बाँडेर खायौं।  ती दाइ त हाम्रा छिमेकी गाउँको हुनुहुँदो रहेछ। गफगाफ भयो। दाई भेडा खोज्न माथि जानुभयो। म फेरी एक्लै परें। मैले चिसा जुत्ता र मोजा ढुंगामाथि सुकाएँ। एकछिन योग पनि गरें। मन आनन्दित भयो। वरपर हेरें, साथीहरू आइपुगेनन्।  

अलिक पर ऊर्जालाई देखें। हात हल्लाएँ। फुर्वा भाइलाई पनि देखें। सबै साथीहरू आइपुगेपछि हामीले सामूहिक तस्बिर खिच्यौं।  

त्यहाँबाट हामी लौरीबिना पुग्यौं, कुनै होटल खुलेका छन् कि भनेर हेर्न। खुलेका थिएनन्। त्यसैले चोलाङपाटी पुग्यौं। त्यहाँ पनि होटल बन्द थिए। हामी चन्दनबारी झर्नुपर्ने भयो।

साँझ करीब ५ बजे हामी चन्दनबारीको शुभ लामा अंकलको हाटेलमा पुग्यौ। उहाँले हामीलाई घरमा राख्नुभयो। हामीले फ्रेस भएर खाजा खायौं। हाम्रा साथीहरू साँझ साढे ७ बजेसम्म पनि आइपुगेनन्।  

सिमसिम पानी पर्न थाल्यो। त्यसैले ऊर्जा र म माथि डाँडासम्म गयौं। माथि पुगेर बोलायौं, करीब ४० मिनेट हिँडदा पनि चाइँचुइँ सुनिएन। अलिक तल पुग्दा बत्ती बलेको देखियो। साथीहरू आउँदै छन् भनेर हामी उनीहरूको स्वागत गर्न अघि बढ्यौं। संगै होटलमा आएर बस्यौ।  

बिहान छिरिङका बाबु छोरा यतैबाट फर्किए। हामी पनि खाजा खाएर ओरालो झ¥यौं। चन्दनबारी याक चिजका लागि प्रख्यात छ। हामी चिज कारखाना घुम्यौं। चिज किनेर ओरालियौं। ओरालोमा साथीहरू अघि लागे, सुरेन्द्र दाइ र म पछाडि बस्यौं।  

हामी भार्खु झ¥यौ। दिनेशजीका खुट्टाले गर्दा बिस्तारै हिँड्यौं। भार्खुबाट सोझै काठमाडौं पुग्ने हाम्रो योजना। पिताजीले गाडीको व्यवस्थापन गरिदिनुभएको थियो। हामी भार्खुबाट गाडी चढेर हुइँकियौ। वेत्रावतीमा खाना खाएर साँझपख काठमाडौं आइपुग्यौं।  

समग्रमा हाम्रो यात्रा यादगार बन्यो। अब सम्झनामा रह्यो बुढानिलकण्ठ गोसाईंकुण्ड पदयात्रा। 

प्रकाशित: १७ श्रावण २०७७ ०८:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App