२० श्रावण २०७७ मंगलबार
कला

फुलमाया

कोरोना कथा

बाबुराम सापकोटा

बाबुराम सापकोटा  

सरकारले लकडाउन गरेको सातौं दिन गिट्टी बोक्न खोलातिर जाँदै गर्दा  सुरक्षाकर्मीबाट ऊ समातियो। हातमा लौरो समाएको एकजनाले सोध्यो, ‘कहाँ जान लागेको? लकडाउन भनेको थाहा छैन?’  

सोध्नेहरूकै मुखमा माक्स र हातमा पन्जा थिएन। वीरबहादुर यतिका बेरसम्म बीच सडकमै चूपचाप उभिरहेको थियो। अर्कोले लठ्ठी ताक्यो, ‘तिमीहरूजस्तै अटेरीबाट हामी पनि असुरक्षित भयौं।’  

तेस्रोचाहिँ डण्ठेले पिडौंलामै सुम्लो उठ्ने गरी सुम्लायो। ऐया आमा भन्दै वीरबहादुर भुइँमा थचक्कै बस्यो। चौंथो चाहिँको प्रहारबाट भने कसोकसो उम्किएर भाग्न सफल भयो।  

नजिकैबाट कसैले त्यो दृश्य कैद गर्न भ्याएको रहेछ। त्यो दृश्य अनि उसको तस्वीर भाइरल भयो। युट्युव र फेसबुकमा कति मिडियाले समाचार बनाएर प्रसारण गर्न भ्याए। धेरैले लाइक र कमेन्ट पनि पाए। तर वीरवहादुरले पिडौंलामा सुम्लाबाहेक केही पाएन। विचराको पिडौंला सुन्निएर एमानको भयो। चर्पी जानै पनि गाह्रो हुन थाल्यो। उसलाई महामारीको भन्दा पनि भोकमरीको चिन्ता ठूलो थियो। दिनभरको कमाइले मात्र उसको चुल्हो जल्थ्यो।  

लकडाउनको सातौं दिन। अलिअलि बचेको खानेकुरा पनि सिद्धिएको हिजोबाटै हो। भोकाएको पेट मिच्दै ऊ विस्तारामा पल्ट्यो। टाढा गाउँमा भएकी फुलमायालाई सम्झ्यो। फुलमाया उसकी धर्मपत्नी। मायाले ऊ ‘फुलू’ भन्छ।

गिट्टी बोक्न खोलातिर जाँदै गर्दा सुरक्षाकर्मीबाट ऊ समातियो। हातमा लौरो समाएको एक जनाले सोध्यो, ‘कहाँ जान लागेको? लकडाउन भनेको थाहा छैन?’ सोध्नेहरूकै मुखमा माक्स र हातमा पन्जा थिएन। अर्को डण्ठेले पिडौंलामै सुम्लो उठ्ने गरी सुम्लायो। ‘ऐया आमा!’ भन्दै वीरबहादुर भुइँमा थचक्कै बस्यो।

हिजो फोनमा फुलु रुँदै थिइन्, ‘छोडी आऊ सबै कामधाम! ज्वरो आए जस्तो भएको छ। घरीघरी टाउको पनि दुख्छ, बान्ता आउला जस्तो हुन्छ। श्वास फेर्न पनि गाह्रो हुँदै गइरहेको छ। गाउँमै जेनतेन गुजारा चलाउँला बरु।’

उनले यति के भनेकी थिइन्, फोन काटियो। फेरि सम्पर्क हुन सकेन।  

आज बिहानै सम्पर्क हुँदा वीरबहादुरले सबै कुरा सोध्न पायो, लामो कुराकानीमा फुलुले भनेकी थिई, ‘छ दिन अगाडि विदेशबाट फर्किएको जिम्मवालकी कान्छी छोरीको कपडा धोइधाइ र सेवासुसारमा खटेको पर्सिपल्टबाट मलाई यस्तो असजिलो महसुस हुँदै आएको हो।’  

वीरबहादुर पहिला पनि फुलुको स्वास्थ्यको विषयमा चिन्तित हुन्थ्यो। ऊ पहिल्यै नै दुब्ली थिई र रोगी पनि। उपचारमा धेरै रकम खर्चेपछि मात्र ऊ बाँचेकी हो। सम्पत्तिका नाउँमा ऊसँग अब केही बाँकी छैन। भएको थोरै जग्गा पनि गाउँ नजिकैको सहकारीमा धितो बन्धकमा छ।  

यस्तैयस्तै कुरा मनभित्र खेलाउँदै वीरबहादुर विस्तारामा पल्टिरहेको थियो। दिउँसोको ३ जति बजेको हुँदो हो, सँगै जोडिएको पल्लो घरको टिभीको आवाज पनि घरीघरी उसको कानमा पनि बजेर जान्थ्यो। यतिखेर च्यानल परिवर्तन भएर, समाचार च्यानलमा गएको रहेछ, टिभीमा समाचार सुनिँदै थियो।  

यस्तो बेला देश विदेशका खबरहरू उसलाई पनि सुन्ने इच्छा जाग्यो। अनि ध्यान त्यतैतिर केन्द्रित ग¥यो। समाचार सुनेपछि ऊ झस्कियो। जुरुक्क उठेर ऊ फेरि थ्याच्च बस्यो। निधारबाट चिटचिट पसीना छुटे। हातगोडा फतक्क गले। मनभित्र एक किसिमको भय उत्पन्न भयो। शंकाउपशंका बढ्न थाले। सुनेको थियो, यो महामारीको उपचार छैन। विश्वका ठूल्ठूला देशका वैज्ञानिकलाई पनि चुनौती दिँदै छ यसले।  

दिनदिनै विरामी र मृत्यु हुने बढ्दै छ। संसारै कोरोनाबाट अछुतो छैन, हामी मात्रै कहाँ हो र!

भर्खरै टेलिभिजनमा प्रसारण भएको समाचारअनुसार फ्रान्सबाट कतार हुँदै नेपाल भित्रिएकी एक महिलामा रिर्पोट पोजेटिभ देखिएपछि अस्पतालको आइसुलेसन वार्डमा राखिएको छ। साथै उक्त जहाजमा उनीसँगै नेपाल भित्रिएका मध्ये एक बीरबहादुरकै गाउँकी जिम्वालकी छोरी कान्छी पनि थिइन्। उनलाई पनि गाउँपालिका अध्यक्षसहित स्वास्थ्यकर्मीको टोली गएर जिल्ला अस्पताल ल्याई सुरक्षित राखिएको छ र अरू परिवारका सदस्यलाई पनि सुरक्षित घरमै रहन आग्रह गरिएको छ।

यहि समाचारका कारण बीरबहादुरको होसहवास उड्यो। ऊ कहिले उठ्छ, कहिले बस्छ। फेरि उठ्छ। फेरी बस्छ। थाहै नपाई विनाकसुर एउटा अबोध बालकजस्तै उठबसको सजाय पाए जस्तो।  

पोखराका कलाकार पदम घलेले बनाएको चित्र। 

वीरबहादुर यता छट्टपटिँदै छ उता गाउँमा फुलमाया। लामो विद्यालय बिदाका कारण मामाको घर गएकी उसकी एक मात्र छोरी पनि घर फर्किएकी छैन। फुलमायाको  स्याहार कसले गर्ला? पानी तताएर कसले पिलाई देला, जाउलो पकाएर कसले खुवाउला’ वीरवहादुरले यस्तै सोच्दासोच्दै साँझ पर्न आँट्यो। उसले आजै बाटो लाग्ने निर्णय ग¥यो।

दिनहुँ,  पचास–साठी किलोको बालुवा अनि गिट्टी बोक्ने गरेको वीरबहादुरलाई भोक, प्यास, निन्द्रा अनि थकाइले होला आफ्नै खाली शरीर पनि सय किलो बोकेभन्दा गह्रौं लागिरह्यो। ‘हरे यो गरीबको जिन्दगी’ घरीघरी ऊ आफैंलाई धिक्काथ्र्यो।

नबिसाई हिँडे वीरबहादुरलाई यो शहरबाट उसको गाउँ पुग्न दिनभर लाग्छ। कति खोलाका जगरहरू तर्नुपर्छ। कति खोंच उकालीओराली गर्दै कति जंगल पार गर्नुपर्छ। उसलाई यसको कुनै प्रवाह छैन। न कुनै मनभित्र भय नै छ। योभन्दा ठूलो भयले त उसलाई अघि नै चिथोरिसकेको छ।

उसले एउटा मैलो झोला निकाल्यो। त्यसमा थोत्राथोत्री कपडा कोच्यो। झोला भिरेर ठिङ्ङ उभियो। लाग्थ्यो केही सम्झिँदै छ। एकपटक हत्केलाले निधारमा हान्यो र सरासर सिरानीमुनि राखेको टर्च निकालेर यात्रा तय ग¥यो।

मूल सडकबाट जाँदा कुटाइ खाने डरले ऊ भित्री बाटो हुँदै बजारबाट निस्किँदा  झमक्कै साँझ परिसकेको थियो। बस्तीका कुकुरहरूले कहीँकहीँ लखेट्थे पनि। वीरबहादुर लामोलामो पाइला गरी हिँडिरह्यो। उसलाई जतिसक्दो गाउँ पुगेर फूलुलाई भेट्ने इच्छा छ। मोवाइलमा विहानै रकम सकिएकाले फोन सम्पर्क हुन सकेको छैन। फूलुले उठाउन र राख्नबाहेक मोवाइल चलाउन जान्दिन। उसलाई भेट्न छिटोछिटो घर पुग्नुको विकल्प थिएन।

लठ्ठीले सुम्ठिएको पिंडौला र भोको पेट दुवैलाई मिच्दैमिच्दै हिँडिरह्यो ऊ। चकमन्न अँध्यारोमा। भीर र खोलाको बाटो पार गरे पनि, घना जंगलको बाटो अझै बाँकी छ। टर्चको सहायताले हातको घडी हे¥यो। रातको बल्ल १२ बजेको रहेछ। एकछिन उभिएर लामो सुस्केरापछि पयरहरू चल्न थाले। हिँड्दाहिँड्दै उसले धेरै कुरा सम्झिसकेको थियो। विवाहअघिका प्रेमलीलाका दिनहरू, विवाहपछिको सुहागरात, त्यसपछि बितेका रमाइला पलहरू सबैसबै। जंगलको बाटो उसलाई अलिकति डर थियो, कतै फुलुलाई भेट्न नपाउँदै बाघ भालुको शिकार नभइओस्। बाटो नजिकैको झ्याङतिरबाट एउटा कटुसको सुकेको लौरी भाँच्यो। त्यसैको भरोसामा टेक्दै हिँडिरह्यो।  

वीरबहादुरमाथि चुचुरोमा पुग्दा बिहानको तीन बजिसकेको थियो। अब ऊ आफ्नो गाउँको बस्ती देख्न सक्थ्यो। तल ओरालो झरेर खोंचमा पुगी अलिकति उकालो चढी तेस्रो लागेपछि ऊ घरमा पुग्न सक्थ्यो। चुचुरोमा चलेको चिसोचिसो हावाले उसको प्राण भरिरहेको थियो। नजिकैको ढुङ्गेधाराको पानी पेटभरि पिएर तिर्खा मेट्यो अनि नियाल्न थाल्यो पारि देखिने बस्तीतिर। उज्यालो भने छाउन बाँकी नै थियो।  

गाउँमा मोटरबाटो पुगेपछि भने कोही हिँड्दैनन् यो बाटोमा। झाडी बढेकाले बाटो नै ठम्याउन नसकिएला भन्ने डर थियो। सानो छँदादेखि नै धेरै पल्ट भारी बोकेर यही बाटो ओहोरदोहोर गरेको हुँदा उसलाई त्यति गाह्रो परेन एकदुई ठाउँबाहेक। उसलाई अब बाँचियो भन्ने पक्का भएर होला, झोला सिरानी हाली केहीबेर त्यहीँ सुस्तायो पनि। अब दुई घण्टाको यात्रापछि ऊ गाउँमा पुग्न सक्थ्यो।  

दिनहँु पचाससाठी किलोको बालुवा अनि गिट्टी बोक्ने गरेको वीरबहादुरलाई भोक, प्यास, निन्द्रा अनि थकाइले होला आफ्नै खाली शरीर पनि सय किलो बोकेभन्दा गह्रौं लागिरह्यो।  

‘हरे यो गरीबको जिन्दगी’ घरीघरी ऊ आफैंलाई धिक्काथ्र्यो। हिजो जसको मायाले उसलाई बिरानो शहरमा खाली हात पु¥यायो। आज उही मायाले खाली हात घर फर्किदै छ। ऊ अचम्म पर्दै एकछिन टोलाउँछ अनि जुरुक्क उठेर काँधमा झोला र हातमा लौरी बोकी यात्रा सुरु गर्छ।

हिँड्दै गर्दा सोच्छ, ‘मेरी फूलु जिम्वाल बाजेकोमा कपडा धुन नगएको भए हुन्थ्यो।’ फेरि मनमा अर्को विचार आउँथ्यो, ‘हुन त फुलु विचारीलाई के थाह कान्छीले महामारीको संक्रमण बोकेर आएकी छन् भनेर। भोकमरीको समस्या थियो गइन। नजाउन पनि त कसरी हामीलाई साह्रो गाह्रो पर्दा काम चलाइदिने उनीहरू नै हुन्।’  

शहर जानुभन्दा पहिला फुलमायालाई गाह्रो पर्दा चलाउन भनी राख्न दिएको तीन हजार रुपैयाँ जति थियो, निकाल्यो। यत्तिकै घरमा राख्न उसको मनले मानेन। शहरको अस्पताल पु-याए बाँच्छे भन्ने लाग्यो। श्रीमतीलाई डोकामा बोकर वीरबहादुर बजारतिर हानियो।  

साढे चार बज्नै लाग्दा वीरबहादुर भने सिस्नेरी गाउँ पुगिसकेको थियो। सिस्नेरी उसको छिमेकी गाउँ। बाटोमा भेटेका कोहीले चिनेझैं लागेर सोध्थे।  

‘बाबु धने तामाङका छोरा होइनउ ?’  

‘हो हजुर’ यति मात्र बोलेर हिँड्थ्यो ऊ। आफ्नो गाउँ ठूलो स्वारामा के पाइला टेक्दै थियो, कजिनी आमा बाटैमा भेट भईन र सोधिन्, ‘ए बीरे यति बिहानै कहाँ पुगेर आयौ? आऊ बस चिया पिएर जाउला।’  

‘हैन आमा म काम गर्न शहर गएको थिए। फूलु विरामी छ भनेर रातिराति हिँडेर आएको हुँ’, उसले हतरिएर जवाफ दियो।  

‘खै बाबु यस्तो महामारी फैलेको छ। त्यही पो होकि?’ कजिनी आमा शंका व्यक्त गर्दै थिइन। उनका कुराले बीरेको मनमा झनै चिसो पस्यो। त्यसपछि ऊ फटाफट घरतिर लाग्यो।  

घरमा सुनसान थियो। खरको छानो भएको झुपडीका झ्याल ढोका बन्द थिए। उसले बोकेको झोला र टेकेको लौरो पिँढीमा बिसाउँदै फुलमायालाई बोलायो, ‘फूलु, ए फूलु!’  

‘फूलू, फूलू, ऐ फूलु ढोका खोल।’ विस्तारामा लडेकी फुलु उठेर बोल्न सक्ने अवस्थामा थिइन। विस्तराबाटै सुतीसुती बोली, ‘उहु तिमी कताबाट आइ पुग्यौं, यति बिहानै बिहानै!’  

वीरवहादुरले आफैं ढोका खोल्यो, चुकुल लगाएको रहेनछ। झ्यालका फक्लेटा उघा¥यो।  झटपट फुलमायाको नजिक जान खोज्यो तर उनले नजिक नआउन इसारा गरिन्। उनका आँखा भरिए।  

वीरवहादुरले आफूलाई सम्हाल्न सकेन। घोप्टो परेर घुँक्कघुँक्क रुन लाग्यो। रुँदारुँदै के सम्झिएछ कुिन्न जुरुक्क उठेर जिम्वाल बाजेको घरतिर दौडियो।  

जिम्वाल बाजेका सबै परिवार होम क्यारेन्टिनमै थिए। उनीहरूलाई पनि बाहिर हिँड्डुल गर्न र कसैसँग नजिक जान अनुमति थिएन।  

वीरवहादुरले बाहिरैबाट बोलायो, ‘जिम्माल बा, ओ जिम्माल बा!’  

जिम्वाल बा बरण्डामा निक्ले र सोधे, ‘के भयो बीरे? तँ कहिले आइस?’

वीरवहादुरले रुँदै भन्यो, ‘भर्खरै आएको बा घरमा फूलु विरामी रहिछे! बेस्करी ज्वरो आएको रहिछ।’  

जिम्वाल बाले कुरो बुझी हाले। स्वास्थ्यकर्मीलाई फोन गरेर छिट्टै आउनु भने। उसलाई नआत्तिन ढाडस दिए।  

ऊ घर फक्र्यो।  

केहीबेर पछि स्वास्थ्यकर्मीको टोली बीरबहादुरको घरमा आइपुग्यो। सबैका हातमा सेता पन्जा, मुखमा सेतै माक्स थिए। तलदेखि माथिसम्म सबैका शरीरमा प्लास्टिकका जस्ता लाग्ने कपडाले ढाकिएका थिए। सबैको अनुहार छोपिएको थियो। शहरभन्दा गाउँमा यस्तो सर्तकता देख्दा वीरबहादुर छक्क प¥यो।  

यस्तो दुःखको घडीमा साथ दिने न आफन्त नै भए, न गाउँले नै। फूलमायाको शवलाई डोकोमै बोकेर वीरबहादुर रुँदैरुदै घाटतिर .लाग्यो। त्यसको हप्ता दिनपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘फुलमायाको कोरोना संक्रमण नेगेटिभ’ भन्ने तात्तातो रिर्पोट आयो।

स्वास्थ्यकर्मीको टोली फुलमायाको स्वाबको नमुना संकलन गरी वीरबहादुरलाई टाढै बसेर उनलाई तातोतातो झोलिलो खानेकुरा र उमालेको पानी पिलाउनु भनी सिकाएर बाटो लाग्यो।  

वीरवहादुरले हतारहतार आगो फुक्यो। पानी ततायो। जाउलो बनाएर फुलमायालाई दियो। फुलमाया बिस्तारै उठेर जाउलो खाइन्। अनि एक गिलास पानी पनि बल गरेर पिइन्।  

केही समयपछि फुलमायालाई बान्ता भयो। बान्ता गर्दागर्दै भुईमा ढली। वीरबहादुर अतालियो, केही मेसै पाएन। एक्कासि फुलमायालाई उठाउन पुग्यो। उनी बेहोस भैसकेकी थिइन्, गला ध्यारध्यार बजिरहेको थियो। मुटु ढुकढुक चल्दै थियो। वीरबहादुर हडबडाउँदै फुलमायालाई विस्तारामा सुताएर उठ्यो अनि गएर सन्दुक फुटायो।  

शहर जानुभन्दा पहिला फुलमायालाई गाह्रो पर्दा चलाउन भनी राख्न दिएको तीन हजार रुपैयाँ जति थियो, निकाल्यो। यत्तिकै घरमा राख्न उसको मनले मानेन। शहरको अस्पताल पु¥याए बाँच्छे भन्ने लाग्यो। श्रीमतीलाई डोकोमा बोकेर वीरबहादुर दुई घण्टा परको बजारतिर हानियो।  

बाटामा ठाउँठाउँमा डोको बिसाएर फुलमायालाई पानी पिलाउँथ्यो। अनि हातको नाडी छाम्थ्यो। श्रीमती बेहोसमै हुन्थी। धेरै कष्टका साथ उनलाई बजार त पु¥यायो,  बजार सबै सुनसान थियो। पसल बन्द थिए। मान्छेहरूको आवतजावत केही थिएन। जुन जुन मेडिकल ऊ पुग्यो, सबै बन्द थिए। बजारमा ठूल्ठूला सुविधा सम्पन्न दूई अस्पताल जो पहिला विरामी तान्न ठूलै होडबाजी गरी विज्ञापन गर्थे। चौवीसै घण्टा डाक्टरको सुविधा भएको बोर्ड झुन्डाउँथे। तिनमा पनि एउटामा डाक्टर नर्स कोही नभएकाले बन्द भएको सूचना टाँसिएको थियो। अर्कोमा रोगको लक्षण सोधेपछि भर्ना लिन मानेन।  

विचरा वीरवहादुरले धेरै रोइकराई ग-यो। गार्डले ढोका खोलेन। डोकोमा फुलमायालाई बोकेर, वीरबहादुर सबै बजार डुल्यो। अन्त्यमा एउटा चौतारीको पेटीमा लगेर डोको बिसायो अनि खुइय .... सुसेल्यो । बोतलको पानी निकालेर फुलमायालाई पिलाउन खोज्यो। फुलमाया इन्तु न चिन्तु थिई, जोडले दाँत बाँधेकी उनको हातको नाडी चल्न छोडिसकेको थियो मुटुको घड्कन पनि।

वीरबहादुर बलिन्द्रधारा आँसु चुहाउँदै रुन थाल्यो। उसले बितिसकेकी फुलमायालाई छातीमा च्यापिरह्यो। रुँदारुदै उसका आँसु सुके, गला अवरुद्ध भए। जे भए पनि लोग्ने मान्छे हो सम्हालिन कर लाग्दो रहेछ।  

खल्तीमा राखेको मोवाइल फोन झिकेर उसले आफन्त र गाउँलेलाई खबर ग¥यो। फुलमायालाई कोरोना लागेको हल्ला गाउँभर फैलिसकेको थियो। मलामी आउने कसैको आँट भएन। यस्तो दुःखको घडीमा साथ दिने न आफन्त नै भए, न गाउँले नै। फुलमायाको शवलाई डोकामै बोकेर विचरा वीरबहादुर रुँदैरुदै घाटतिर .लाग्यो।  

त्यसको हप्ता दिनपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट फुलमायाको कोरोना संक्रमण नेगेटिभ भन्ने तात्तातो रिर्पोट आयो।

प्रकाशित: १७ श्रावण २०७७ ०६:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App