३० श्रावण २०७७ शुक्रबार
कला

अनलाइन लुँडो

बालकथा

सुरज उपाध्याय

बिहान आठ बजेको थियो। सरिताले साथीलाई फोन गरिन्, ‘हेल्लो आभास! तिमी मेरो घरमा नआऊ है, कोरोना भाइरस आएको छ। आउनु हुन्न। आयौ भने कोरोना सर्छ रे ममीले भन्नुभ’को।’  

आभासले भन्यो, ‘आउँदिनँ सरिता आउँदिनँ। कोरोना आइसक्यो। अब हामी केही दिन घरमै बस्नुपर्छ।’

सरिताले दिनभरि बस्दा अल्छी लाग्दैन भनेर सोधी। ‘यत्तिकै घरमा बस्दा त साह्रै अल्छी लाग्ने रैछ सरिता। लागेर पनि क्यार्ने? स्कुल जान नि पाइन्न। खेल्न पनि हुँदैन भनेर बाबाले भन्नुभएको छ।’  

खितितिति हाँस्दै सरिताले भनि, ‘खुच्चिङ! बल्ल खायौ।’  

सरिताको हाँसोले अलिअलि मुस्कुराइरहेको आभासलाई सरिताकै ‘खुच्चिङ’ शब्दले कताकता रिस पो उठायो। हाँसो र रिस मिश्रित आवाजमा आभास बोल्यो, ‘मलाई मात्र किननि? तिमी पनि त साथीसँग खेल्न पाउँदिनौ, तिमीलाई पनि खुच्चिङ!’  

चिया पिएपछि टिभी कोठामा गयो। जतिबेला पनि यही दिन्छ भनेर कार्टुन आइरहेको टिभी बन्द ग¥यो। आमाको फोन हातमै लिएर युट्युबमा गीत हेर्न थाल्यो। गीत लगाए पनि उसको ध्यान जति सरिताको फोनको पर्खाइमै थियो।  

हाहाहा... हामी त खेल्छम् बा..रे। हिजो पनि मामाघर भाइसँग खेलेको। आज पनि खाना खाएपछि खेल्ने हो। कति मजासँग खेलेको। कति रमाइलो भयो।’  

आभासले पत्याएन र भन्यो–‘भो भो गफ नलाऊ। तिम्रो मामाघर बिराटनगर हैन र? हामीलाई थाहा नपाएझैँ नगर है। तिम्रो भाइ आएकै छैन अनि कसरी खेल्छौ तिमीहरू? यति सारो गफ नहान न सरिता। मिल्ने साथीलाई पनि ढाँट्ने हो? ढाँट्ने मान्छेको त घाँटीमा गाँड आउँछ रे मलाई मामाघरको हजुरआमाले भन्नुभ’को।’

‘ढाँट्न हुन्न भनेर त अस्ति मिसले पनि भन्नुभएको थियो नि। मैले ढाँटेकै हैन। तिमी त मेरो केही कुरा पनि पत्याउन्नौ के, छुच्चो! साँच्चै भनेको हो के। नपत्याए अहिले खाना खाएपछि तिमीसँग पनि खेल्छु, अनि थाहा पाउँछौ। अहिले फोन राखेँ बाइ....।’

यति भनेर सरिताले फोन राखी।  

आभासलाई ममीले चिया खान बोलाउनुभो। आभास सरासर भान्सामा चिया पिउन गयो। चिया पिउँदै सरिताले भनेका कुरा मनमा खेलाइरह्यो। यस्तो बेलामा साथी साथी भेट्न त मिल्दैन, कसरी खेल्ने? यस्तैयस्तै अनेक कुरा सोचिरह्यो। धेरै दिनदेखि खेल्न नपाएको र आज सरिताले खेल्ने कुरा गरेपछि ऊ सरिताको फोनको प्रतीक्षामा बसिरह्यो। चिया पिएपछि टिभी कोठामा गयो। जतिबेला पनि यही दिन्छ भनेर कार्टुन आइरहेको टिभी बन्द ग¥यो। आमाको फोन हातमै लिएर युट्युबमा गीत हेर्न थाल्यो। गीत लगाए पनि उसको ध्यान जति सरिताको फोनको पर्खाइमै थियो।  

खाना खाएको एकछिनमा झ्यालबाट खाली सडकमा हेरिरहेका बेला फोनको घण्टी बज्यो। फोन उठायो। ‘आभास !अब हामी खेल्ने है। तिम्रो ममीको म्यासेन्जर खोल त। वाइफाइ छ नि है तिम्रो घरमा?’ सरिताले भनेको सुन्नासाथ ममीकै मोबाइलबाट त बोल्दै छु, म्यासेन्जरबाट कसरी खेल्न सकिन्छ र भनी सरितालाई सोध्यो।

‘मिल्छनि। मैले म्यासेन्जरमा पठाइसकेँ हेर त।’  

के पठायौ हेर्छु ल भनेर म्यासेन्जर खोलेको त लुँडो पो रहेछ।  

‘सरिता, मोबाइलमा लुँडो कसरी खेल्ने र? मलाई त आउँदैन।’

सरिताले भनि, ‘तिमी, म, मामाघरको भाइ र हाम्रो साथी आरुस भएर खेल्ने। बाहिर खेलेजस्तै हो नि। म्यासेन्जरमा हेरिहाल त।’  

हस् मैले हेरिहालेँ भन्दै आभासले फोन काटेर म्यासेन्जरमा हे¥यो। नभन्दै सरिताले लुँडो पठाएकी रहिछन्। उसले प्ले बटन थिच्यो। खेल सुरु भयो। उसले अहिलेसम्म अनलाइनमा लुँडो खेलेको थिएन। मोबाइलमा साथीहरूसँग लुँडो खेल्न पाइन्छ भन्ने आभासलाई थाहा थिएन। साथीसँग भेट नभए पनि भेट भएझैँ खेल्न पाएर आभास दङ्ग पर्यो। यसरी घरमै बसीबसी अनलाइन लुँडो खेल्न पाएर चारैजना खुसी भए। उनीहरूले आज चार गेम खेले। लकडाउनभरि यसरी नै लुँडो खेल्ने है भन्दै उनीहरू छुट्टिए।

प्रकाशित: १६ श्रावण २०७७ २२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App