८ वैशाख २०८१ शनिबार
कला

चिसो हुन्छ मान्छे

गीत

आफै गल्ती गर्छन् अनि चिसो हुन्छ मान्छे,  

स्वार्थ पूरा नहुन्जेल लिसो हुन्छन् मान्छे ।

 

आफ्नै  बाटो हिँड्दा पनि लडिन्छ कि कतै,

के टुंगो र कतिबेला  टुंगिन्छ कि कतै ।

चिन्न कहाँ सकिन्छ  र पासो हुन्छ मान्छे मान्छे,  

स्वार्थ पूरा नहुन्जेल लिसो हुन्छन् मान्छे ।

 

यस्तै रैछ दुनियाँ आफ्नै धुनमा कुद्ने,

सेवा धर्म गर्छु भन्दै देखावटी जुट्ने ।

निल्नु न ओकल्नुको झिँजो हुन्छ मान्छे,  

स्वार्थ पूरा नहुन्जेल लिसो हुन्छन् मान्छे ।  

प्रकाशित: १२ श्रावण २०७७ ११:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App