८ वैशाख २०८१ शनिबार
कला

सुन्न नपाएको उत्तर

कथा

घर छिटो पुग्नु थियो। त्यस दिन बाबाले भर्खरै किन्नुभएको सेकेन्ड ह्यान्ड मारुती कार लिएर कलेज गएकी थिएँ। बाबालाई बेलुकाको काममा जानका लागि कार चाहिन्थ्यो। त्यसैले क्लास सकिएपछि एक घन्टा जति मात्र पुस्तकालयमा बिताएर निस्केँ। प्रायः अरु दिन अलि बढी समय पुस्तकालयमा बिताउँथेँ।  

आफ्नै सुरमा गाडी हाँकिरहेकी थिएँ। पछाडिबाट एउटा ठूलो सेतो रङको रेन्जरोभरले हर्न दिँदै ओभरटेक गर्दा ठक्कर दियो र मेरो गाडीको बम्पर सबै लतारियो।

मलाई एकदमै रिस उठ्यो। ऊ मभन्दा त्यस्तै तीन–चार वर्ष जेठो देखिन्थ्यो। यद्यपि पुरुषको उमेर अनुमान गर्ने मामिलामा म आफूलाई कमजोर नै ठान्छु। जहोस्, ऊ २४–२५ लाग्थ्यो। झट्ट हेर्दा गोरो, अग्लो– समग्रमा राम्रै हो।  

मेरो मुखबाट गालीका छर्रा निस्के, ‘के यो बाटो तिम्रो मात्र हो ? गाडी चलाउँदा अगाडि–पछाडि, दायाँ–बायाँ हेर्नुपर्दैन ? सम्पन्न भएँ भन्दैमा सबलाई हेप्दै, हान्दै हिँड्ने ? हो, तिमी घरको धनी हौला, यो त सार्वजनिक बाटो हो, जहाँ धनी–गरिब सबैको उस्तै अधिकार हुन्छ, मेरो गाडी बनाइदे। अहिले मसँग पुलिसलाई कम्प्लेन गर्ने समय छैन। तिमी जस्तालाई त दुई–चार दिन नथुनेसम्म चेत आउँदैन।’

म एकोहोरो मुखमा आएजति गाली गरिरहेकी थिएँ। ऊ भने चुपचाप सुनिरहेको थियो।  

‘मिस, मेरो पनि कुरा सुन्नुस् न ! म गाडी बनाइदिन्छु, तपाईंको सम्पर्क नम्बर अनि ठेगाना दिनुस्,’ उसले यति के भनेको थियो, मेरो कन्सिरी पुनः तात्यो।  

‘तिमीहरू जस्ताको कपटी धारणा म बुझ्छु। फोन नम्बर लिने, घर पत्ता लगाउने, अनि अर्को दिनबाट पछि लाग्ने, आफ्नो सम्पन्नता सो गर्ने ! त्यसपछि सोझा केटी फसाएर भोग गर्ने, बदनाम गर्ने। मिस्टर, म धनमा लोभिने केटी होइन।’

उसले भन्यो, ‘उसो भए मेरो गाडीको पछि–पछि आउनू, ग्यारेज जाऊँ।’  

मैले ‘हुन्छ’ भनेँ। मसँग यसबाहेक अर्को विकल्प थिएन।  

सधैँ टेम्पो र बसमा आउने–जाने गरेकी मैले बाबाकै गाडी ल्याएको दिन यस्तो हुनुपर्ने ! साँझ पनि वरै आइसकेको थियो। घर जान डर लागिरहेको थियो। मनभित्र डरले एकछत्र राज जमाएको थियो। आजै किन गाडी ल्याउनुपरेको होला मलाई ? अब घरमा के भन्ने हुन् ? कस्तो दशा लागेछ आज ! भुतभुताउँदै गाडीभित्र बसेँ तर गाडी स्टार्ट भएन।  

झन्डै वर्ष दिन पछि, एक दिन म त्यही कफी सपमा एक्लै कफी पिइरहेकी थिएँ। लामो दारीसहित मलिन अनुहार लिएर ऊ मतिर आइरहेको थियो, तर मलाई देख्नेबित्तिकै फर्कियो। मैले दिलमा चोट पाएको महसुस गरेँ। उसले किन नचिनेको जस्तो ग-यो ? सम्झिएँ– मैले नै उसलाई नभेट्न भनेकी थिएँ।

साँचो हालेको मिलेन कि भनेर दायाँ घुमाएँ, बायाँ घुमाएँ। अहँ, स्टार्ट भएन। परेन फसाद ! मेरो क्रियाकलाप नियालिरहेको ऊ ओर्लेर आयो र सहयोग गर्न खोज्यो। मेरो भने रिसै मरेको थिएन, त्यसैले मनको तीतो पुनः थपेँ, ‘मैले अघि नै भनिसकेँ, बाउआमाको सम्पत्तिमा मोज गर्ने केटाको मनस्थिति म बुझ्छु, त्यसैले तिमेरु जस्ताको छलकपटमा पर्दिनँ।’

‘प्लिज, मेरो मनसाय गलत छैन। मैले गर्दा तपाईंले दुःख पाउनुभयो। त्यसका लागि म माफी चाहन्छु। अब यस्तो गल्ती गर्दिनँ। तपाईं सक्नुहुन्छ भने मेरो गाडी लिएर जानुस्, मेरो सम्पर्क नम्बर यो हो, दुई–तीन दिनपछि मलाई फोन गर्नुस्, गाडी बनाएर पठाइदिन्छु।’

मैले उसको गाडी स्टार्ट गरेँ। रिस साम्य नभएकाले ऊप्रति हेर्दै नहेरी अगाडि बढेँ। आफ्नो गाडीको साँचो भने त्यहीँ छाडिदिएँ। अँध्यारो भइसकेको थियो। जीवनमा पहिलोपटक यति ठूलो, सफा अनि राम्रो र महँगो गाडी चलाइरहेकी थिएँ। कतै ठोक्किन्छ कि भन्ने डर लागिरहेको थियो। मेरो घर पुग्ने बाटो साँघुरो थियो। त्यसमाथि घरमा राख्ने ठाउँ पनि थिएन। त्यसैले यत्रो गाडी कहाँ राख्ने होला भन्ने चिन्ता पनि थपियो।

आफ्नै कारण बाबा बेलुकाको काममा जान सक्नुभएन कि भन्ने पीर पनि उत्तिकै थियो। साँघुरो बाटामा हर्न बजाउँदै अघि बढिरहेँ। टोलका बच्चाहरू बाटैमा खेलिरहेका थिए। सबैजना अचम्म मानेर हेरिरहेका थिए– ठूलो गाडी, त्यो पनि मैले चलाएको।

बल्लतल्ल घर पुगेँ, बाटोकै साइडमा गाडी राखेर। घरमा सबै मेरै बाटो हेरिरहेका थिए।

‘आज किन ढिलो ?’ मलाई देख्नेबित्तिकै सबैको एउटै प्रश्न थियो।  

त्यसपछि प्रश्नहरु बर्सिए, ‘के भयो आज ? बाबाको गाडी खै ? किन हिँडेर आएको ?’

मैले भनेँ, ‘गाडी दुर्घटना भो, ग्यारेजमा छ।’

‘तिमीलाई चोट त लागेन ?’ सबैले चिन्ता, चासो र प्रेम दर्शाउँदै मलाई नियाले।  

मैले आफू सकुशल रहेको भावमा टाउको हल्लाएँ र उनीहरूको कुतूहलता मेट्ने प्रयासस्वरूप बोलेँ, ‘एउटा धनी व्यक्तिले चलाएको गाडीले मेरो गाडीलाई ठक्कर दियो। उसले नै मेरो गाडी बनाउन लगेको छ। अनि उसैको गाडी मैले चलाएर ल्याएँ, ऊ पर बाटोमा रोकेकी छु, घरमा ठाउँ नभएर।’

मेरो कुरा सुनेपछि सबैजना मुखामुख गर्न थाले। अनि सोधे, ‘यति ठूलो गाडी त्यत्तिकै कसले दिन्छ ? कस्तो मान्छे थियो त्यो ? किन ल्यायौ ?’

अनि म भन्न बाध्य भएँ, ‘हि इज गुड, आई एम अलरेडी लेट द्याट्स ह्वाई ही ह्याज गिभन दिस कार टु।’

म र दिदी सीमा एउटै कोठामा सुत्थ्यौँ। ऊ मलाई माया गरेर सुजी भन्थी, सुजाताको सट्टा। हामी धेरै कुरा एक–अर्कासँग नलुकाई सेयर गथ्र्यौं। त्यसैले हामी दिदी–बहिनीभन्दा बढी साथी थियौँ। आज मैले त्यत्रो ठूलो गाडी घरमा ल्याएको देख्दा परिवारका सदस्यले धेरै प्रश्न गरे पनि दिदी भने चुपचाप थिई। जब कि सबैभन्दा धेरै प्रश्न दिदीसँग थिए भन्ने मैले अनुमान लगाइसकेकी थिएँ, जुन प्रश्नको पोको खोल्ने उचित समय मात्र पर्खिरहेकी थिई ऊ।  

‘निद्रा आएको हो, सुजी ?’

दिदीको मायामिश्रित प्रश्नपछि भनेँ, ‘छैन, तर त्यो केटासँग कराउँदाकराउँदा थकाइ धेरै लागेको छ, चाँडै सुत्छु।’

अनायासै म बर्बराउन पुगेँछु, ‘यो धनीका सन्तान आफूलाई के ठान्छन्, पैसा भएपछि संसारमा जे पनि गर्न मिल्छ ? अब आजबाट जीवनमा के गर्नुहुन्छ, के गर्नुहुन्न बल्ल थाहा पायो होला। अहिलेसम्म ऊ ट्र्याकमा नआएको मजस्ती केटीको फेला नपरेर होला।’

‘तँमाथि यति धेरै विश्वास ग¥यो। यसो सबै कुरा बुझ्दा ऊ ज्ञानीजस्तो पो लाग्यो मलाई त। सबैलाई एउटै बास्केटमा नराख्नु सुजी, कोही त संस्कारी पनि हुन्छन् नि ! दुर्घटना हो, भयो। उसले जानीजानी गरेको पनि होइन। त्यसमाथि तँसँग माफी पनि मागिहाल्यो। अनि, हेर्दा कस्तो थियो ? तेरो ड्रिम ब्वाईजस्तै थियो ? अब ऊ घरमा गाडी पु¥याउन आउँछ ? अनि, तेरो सम्पर्क नम्बर छ त ऊसँग ? कसरी पत्ता लगाउँछ हाम्रो घर ?’

‘हरे ! कति धेरै प्रश्न गरेको ? सुत्न दिनु मलाई, अति थकाइ लागेको छ के !’ यति भनेर मैले कोल्टे फेरेँ। तर, निद्राले साथ दिएन। स्मृतिमा साँझकै घटनाले कोल्टे फेर्न थाले– मैले लगातार गाली गरिरहेको, ऊ चुपचाप सुनिरहेको, माफी मागिरहेको, अनि मलाई समस्या परेकामा दुःखी भएको।  

महसुस हुन थाल्यो, मैले उसको कुरै नसुनी एकोहोरो गाली मात्र गरिरहनु ठीक थिएन कि ! कुरा खेल्दाखेल्दै कुनबेला निदाइएछ पत्तै भएन।

गाइँगुइँ आवाजले निद्रा खुल्यो। घडीले ९ बजाइसकेछ। तल गाइँगुइँको विषय के रहेछ भनेर यसो कान ठाडा पारेँ। वरपरकै मानिस रहेछन्। मैले ल्याएको गाडीप्रति उनीहरुको चासो र चिन्ता रहेछ। कोही ‘यत्रो ठूलो गाडीमा को पाहुना आएको’ भन्दै थिए। कोही ‘यो गाडी चिठ्ठा परेको हो’ भनेर सोध्दै रहेछन्। कोही भने ‘कतिमा किनेको’ भनेर कुतूहलता व्यक्त गरिरहेका। गाडीको वरिपरि झुम्मिनेको संख्या पनि कम्ता थिएन। कोही अभिभावकलाई सल्लाह दिइरहेका थिए, ‘चोरीको गाडी हुन सक्छ, तिमीहरूलाई कसैले फसाउलान् ! छोरीहरू ठूला भइसके, जे मन लाग्यो त्यही गर्न दिनुहुँदैन, गाडी फर्काइदेऊ।’

कलेजबाट फर्कंदा हाम्रो गाडी आइसकेको रहेछ, एकदमै नयाँ भएर। सुरुमा त चिन्नै गाह्रो भो। कोठामा गएर ड्रेस चेन्ज गरेर यसो आराम गरिरहेकी थिएँ, मोबाइल बज्यो। नचिनेको स्वरले सोध्यो, ‘कुरा गर्न मिल्छ ?’

‘को बोल्नुभएको ?’

‘हिजोको बदमास मान्छे। गाडीमै रहेको तपाईंको डायरीमा लेखिएको नम्बर हेरेर फोन गरेको। त्यसमा तपाईंको घरको नम्बर पनि रहेछ, त्यसमै फोन गरेर तपाईंको घर पत्ता लगाएँ।’

‘मैले त्यत्तिकै बदमास भनेको होइन। तपाईंलाई अर्काको डायरी पढ्नुहुन्न भन्ने पनि थाहा छैन। फिर्ता गरिदिनुस् मेरो डायरी,’ मैले भनेँ, ‘अनि, गाडी किन नयाँ बनाइदिएको, मलाई मन परेन।’

‘अरे बाबा मैले गरेकै होइन, ग्यारेजवालाले सबै बनाएपछि मैले के गर्ने ? आज कफीसपमा भेटौँ, अनि डायरी त्यहीँ फिर्ता दिन्छु।’

बेलुका कलेजबाट फर्कंदा कफी सप गएँ, जहाँ ऊ मलाई कुरिरहेको थियो।

नजिकै गएर मैले भनेँ, ‘खै मेरो डायरी दिनू, म जान्छु।’

‘किन यस्तो हतार ? हामी साथी बनेर एक कप कफी त पिउन सक्छौँ ! मैले आजसम्म यसरी कुनै केटी साथीको काम गरेको छैन, केटी साथी बनाएको पनि छैन, किन विश्वास नगरेको ? अहिलेसम्म कसैसँग यसरी बसेको पनि छैन। तर तपाईंलाई देखेदेखि, तपाईंको त्यो व्यवहार देखेपछि तपाईंसँग मित्रताको हात बढाउन मन लाग्यो। अन्यथा नलिईकन मेरो साथी बन्नुस् प्लिज, हिजोदेखि तपाईं मात्र मेरो दिमागमा आइरहनुभएको छ।’

‘मिस्टर ! माफ गर्नुस्, म तपाईंहरू जस्तालाई राम्ररी चिन्छु, मेरो डायरी दिनुस्, म जान्छु।’

‘होइन, किन भन्भनिएर उठेको ? म तपाईंलाई घर छाडिदिन्छु, साँझ परिसक्यो। म तपाईंको इच्छाबिना कहिल्यै भेट्दिनँ, यसमा विश्वास गर्नुस् तर अहिले एक्लै नजानुस्।’

म चुपचाप उसको गाडीमा बसेँ। मेरो ठेगाना उसले गुगल लोकेसनमा राख्यो। दुवैजना एकअर्कासित केही नबोली बस्यौँ। एकअर्काले फेरेको सासका आवाज मात्र सुनिन्थ्यो। घर आइपुगेपछि म ओर्लें, उसलाई बाई पनि भनिनँ। ऊ फर्कियो।

दिन बित्दै गए। न उसले फोन ग¥यो, न भेट्नै आयो। कहिलेकाहीँ उसको सम्झना हुँदा मलाई एक प्रकारको बेचैनी महसुस हुन्थ्यो। किनकि उसले मेरो मनमा मायाको बीउ रोपिसकेको थियो। मेरो यो एकोहोरो मायाजाल दिदीले भने चाल पाइसकेकी थिई।

‘सुजी, किन त्यो बदमास केटाको यादमा बसिराख्छौ ? तिमी उसलाई बिर्सिदेऊ,’ दिदीले मेरो घाउ निको पार्ने औषधि सुझाई।

‘होइन दिदी, ऊ बदमास होइन,’ पहिले मैले नै उसलाई बदमासको ट्याग भिराएकी थिएँ। आज मैलै नै ‘बदमास होइन’ भन्ने प्रस्टीकरण दिँदै थिएँ। मेरो मनले भनिरहेको थियो– उसलाई मैले नै कसम दिएको मलाई नभेट भनेर। तर ऊ एउटा राम्रो अनि विश्वासिलो मान्छे हो।  

झन्डै वर्ष दिन पछि, एक दिन म त्यही कफी सपमा एक्लै कफी पिइरहेकी थिएँ। लामो दारीसहित मलिन अनुहार लिएर ऊ मतिर आइरहेको थियो, तर मलाई देख्नेबित्तिकै फर्कियो। मैले दिलमा चोट पाएको महसुस गरेँ। उसले किन नचिनेको जस्तो ग¥यो ? सम्झिएँ– मैले नै उसलाई नभेट्न भनेकी थिएँ। त्यसो किन भने ? मलाई आफैँप्रति रिस उठ्यो र पछुतो पनि लाग्यो।  

उसको मलिन र निराश अनुहार देखेर छटपटिएँ भित्रभित्रै। दुःखी भएँ। तर, उसलाई बोलाउन भने सकिनँ। अर्को दिन फेरि त्यही कफी सपमा गएँ। ऊ अर्थात् आकाश टाढा एउटा कुनामा बसेर कफी पिइरहेको थियो।  

उसले मलाई देखेको थिएन सायद। वेटरले भने हामीलाई चिन्थ्यो। ऊ आकाशसामु गयो र सोध्यो– म्याम उता हुनुहुन्छ त्यहीँ बसेर अर्डर लिऊँ ? उसले नाइँ भन्न सकेन र आयो म बसेको टेबलमा। हामी दुवैले एक अर्कालाई हेरिरह्यौँ केहीबेर।

उसको आँखाले मलाई प्रश्न गरिरहेको थियो। उसको अवस्था देखेर मैले आफूलाई सम्हाल्न सकिनँ। न त आँखाबाट झरिरहेका आँसु नै रोक्न सकेँ। केहीबेरको यस्तै दृश्यपछि मैले उसलाई सोधेँ, ‘के म तिम्रो साथी बन्न सक्छु ? तिमीलाई आफ्नो भन्न सक्छु ?’

प्रकाशित: १० श्रावण २०७७ ०४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App