coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

मेहेनतको रंग

जुनु वैद्य

साउनको पहिलो बिहान धेरै महिलाको हातमा मेहन्दीले राताम्मे देखिन्थ्यो। टोखा बजार नजिकै भूतखेलमा वर्कसपमा बिहीबार बिहान काम गर्दै  गरेकी जुनु वैद्यको हात भने कालाम्मे थियो।

‘हामीलाई मेहन्दी लगाउने फुर्सदै हुँदैन,’ उनले भनिन्, ‘हरेक दिन काम गर्दा यसैगरी हात कालो हुन्छ। हातमा मेहन्दीको रंग नगढे पनि उनको मेहेनतले भने जीवनमा नयाँ रंग भरिएको छ।

ओखलढुंगामा जन्मेकी उनी दुई दशकअघि स्वयम्भूका रिसु वैद्यसंग वैवाहिक जीवनमा बाँधिइन्। वर्कसपमा काम गर्ने श्रीमानलाई अन्य काममा सघाउँदै आएकी उनले एक दशक अघिबाट भने बाइक मर्मतको मूल काममै सघाउन थालिन्।  

‘मैले पनि श्रीमानसंगै काम गर्न थालेपछि हाम्रो जीवनमा प्रगति भएको छ,’ उनले भनिन्, ‘अघिल्लो वर्षदेखि त हामीले दुईटा पसल संचालनमा ल्याएका छौ।’

ओखलढुंगामा जन्मेकी उनी दुई दशकअघि स्वयम्भूका रिसु वैद्यसंग वैवाहिक जीवनमा बाँधिइन्। वर्कसपमा काम गर्ने श्रीमानलाई अन्य काममा सघाउँदै आएकी उनले एक दशक अघिबाट भने बाइक मर्मतको मूल काममै सघाउन थालिन्।  

टोखास्थित पसल आफूले संचालन गर्ने गरेको र  बानिँयाटारमा रहेको पसल श्रीमानले संचालन गर्ने गरेको उनले सुनाइन्। यही आम्दानीबाट  छोरा १२  र छोरी १० कक्षामा पढ्दै छन्।

महिला भएर मोटरसाइकल मर्मत गर्दे गरेको देखेर कतिले अचम्म मान्ने गरेका छन् भने कतिपय खुसी हुन्छन्।  

उनी काम सानोठूलो नहुने बताउँछन्। समयअनुसार सही काम समाउन जाने जीवनमा परिवर्तन आउने उनको बुझाइ छ।

विगतमा टेलरिङ र व्यूटिसियनको समेत तालीम लिएकी उनले ती काम छाडेर यो काम थालनी गरेको बताइन्। सजिलो भए पनि आम्दानी कम भएको उनको बुझाइ छ।

‘जीवनमा सजिलो हैन उपयुक्त काम चुन्न सक्नुपर्छ,’ उनले भनिन्, ‘उपयुक्त कामले मात्र जीवन सहज बनाउँछ।’  

स्कुटरको इन्जिन बनाउँदै गरेकी उनी आफैं पनि स्कुटी चलाउँछिन्। पछिल्लो समय महिलाले बढी स्कुटी चलाउन थालेकोमा उनी खुसी  छिन्।

महिलाको हँकाइमा अझै केही कमजोरी हुने गरेको उनको बुझाइ छ। बढी ब्रेक समाउने, डराउने गरेका कारण उनीहरू बढी जोखिममा पर्ने गरेको उनले सुनाइन्। ‘स्पिडमा आउने अनि झट्ट ब्रेक हान्ने गरेको भेटिन्छ,’ उनले भनिन्, ‘ठिकै स्पिडमा हाँकेर ब्रेक कम प्रयोग गर्दा जीवन र इन्जिन दुवैको क्षति कम हुने उनले सुनाइन्।  

‘काठमाडौंको बाटोमा ३५ देखि ४० किलोमिटर प्रतिघन्टाको स्पिड काफी हो,’ उनले भनिन्, ‘तर धेरैले यो सीमा नाघ्ने गरेको भेटिएको छ।’ अहिले लकडाउनमा सडक केही खाली भएकाले मात्र नत्र ३५ किलोमिटर प्रतिघन्टा  पनि काफी रहेको उनको बुझाइ छ। 

प्रकाशित: २ श्रावण २०७७ ०६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App