२४ श्रावण २०७७ शनिबार
कला

‘चंगा चैट’ अब युट्युबमा

हास्यप्रधान नेपाली चलचित्र ‘चंगा चैट’ अब युट्युबमै हेर्न पाइने भएको छ । वि.सं. २०७५ को कात्तिकमा रिलिज भएको फिल्म ‘चंगा चैट’ ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

फिल्ममा आयुष्मान देशराज जोशी, रवीन्द्र झा, सन्दीप क्षेत्री, प्रियंका कार्की, अर्पण थापा, परमिता राणा, सुरक्षा पन्तलगायतका कलाकारको अभियन छ ।  

दीपेन्द्र के. खनाल निर्देशक रहेको ‘चंगा चैट’ लाई माधव वाग्ले र शर्मिला पाण्डेले संयुक्त रूपमा बनाएका हुन् । जसको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

प्रकाशित: ३१ असार २०७७ १५:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App