७ वैशाख २०८१ शुक्रबार
कला

‘महानायक’ विवाद : अन्ततः राजेश हमालले दिए दीपाश्रीलाई माफी

फाइल तस्बिर

केही दिनदेखि व्यापक बनिरहेको ‘महानायक’सम्बन्धी विवादमा अभिनेता राजेश हमालले अन्ततः अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलालाई माफी दिएका छन् ।  

एक टेलिभिजन अन्तर्वार्तामा नायिका निरौलाले नायक हमाललाई ‘उहाँ महानायक हो र !’ भन्ने शब्द प्रयोग गरेपछि सामाजिक सञ्जालमा हमाल समर्थकले उनलाई एकाेहाेराे गाली गरिरहेका छन्। 

नायिका निरौलाले यसअघि नै फेसबुकमा लामो स्पष्टीकरण लेख्दै हमालका फ्यानसँग माफी मागिसकेकी छन् भने उनकै टोलीका कलाकार दीपकराज गिरी, केदार घिमिरेले समेत सामाजिक सञ्जालमार्फत यस प्रकरणमा हमालसँग क्षमा मागिसकेका छन् ।  

कलाकार दीपकराज गिरीले त केही दिनअघि साढे २१ मिनेटको फेसबुक लाभइ गर्दै धेरैचोटी हातै जोडेर हमालसँग माफी मागेका छन् ।  

यो पनि पढ्नुहोस्

दीपा र मलाई ‘लखेट्ने’ काम भइरहेको छ : दीपकराज गिरी

त्यस लगत्तैजसो अभिनेता हमालले मंगलबार राति फेसबुकमै भिडियो सन्देश जारी गर्दै यस विषयमा मुख खोलेका हुन् । तर भिडियोमा उनले दीपाश्री निरौलाको नाम लिएका छैनन् । ‘हालै मेरा सहकर्मीले दिएका केही अभिव्यक्तिले अहिले निकै आक्रोश देखिएको छ’ भन्दै नायक हमालले त्यसमा ‘सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला’ भनेका छन् ।  

कोरोना महामारीले संसारलाई दुःख दिइरहेको प्रसंगबाट भनाइ सुरु गरेका हमालले कला क्षेत्र जोड्दै यो विषयमा बोलेका छन् । आफूमा सहिष्णुता रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘यो (कला) क्षेत्रका लागि, मानवताका लागि सकारात्मक भएर कृपया सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला ।’   

तलकाे फेसबुक लिंक खोलेर राजेश हमालको भिडियो सन्देश सुन्न सकिनेछ :

https://www.facebook.com/Rajesh-Hamal

प्रकाशित: ३१ असार २०७७ ०७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App