१६ चैत्र २०८० शुक्रबार
कला

सुशान्तकी प्रेमिकाले लेखिन् : म तपाईंलाई जीवन रहुन्जेल प्रेम गरिरहनेछु

बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको मंगलबार एक महिना भएको छ । गत जुन १४ तारिख उनी बान्द्रास्थित आफ्नै घरमा मृत फेला परेका थिए । उनले आत्महत्या गरेको प्रहरीले बताएको थियो ।  

सुशान्तको निधन भएको ठीक १ महिना पुगेका दिन उनकी गर्लफ्रेन्ड (प्रेमिका) रिया चक्रवर्तीले इन्स्टाग्राममा एउटा त्यस्तो तस्बिर सार्वजनिक गरेकी छन्, जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । साथमा उनले एउटा भावुक स्टाटस पनि लेखेकी छन् ।  

आफ्ना प्रेमी सुशान्तका साथ रिया चक्रवर्ती । तस्बिर : रियाको इन्स्टाग्रामबाट

रियाले लेखेकी छन्, ‘अहिलेसम्म म आफ्ना भावना नियन्त्रण गर्ने संघर्ष गरिरहेकी छु । आफैंसँग लडिरहेकी छु । मेरो मनमा सन्नाटा छाएको छ । तपाईं त्यो व्यक्ति हो, जसले मलाई प्रेम र प्रेमको शक्तिमा भरोसा गर्न सिकाउनुभयो । तपाईंले मलाई सिकाउनुभयो कि गणितको एउटा सानो सूत्रले कसरी जिन्दगी बुझ्न मद्दत गर्छ । मैले तपाईंबाट हरेक दिन सिकें । म विश्वासै गर्न सक्दिनँ कि तपाईं अब यहाँ हुनुहुन्न ।’  

उनले अगाडि लेखेकी छन्, ‘अब तपाईं ती चम्किने तारामध्ये एक हो । मेरो सुटिङ स्टार म तपाईंलाई पर्खिरहनेछु र म प्रार्थना गर्छु कि तपाईं मसँग आउनुहोस् । कुनै  व्यक्ति सुन्दर हुन्छ भने त्यो तपाईं हुनुहुन्थ्यो, जुन सबैभन्दा आश्चर्यको विषय थियो ।’  

‘मेरा शब्द तपाईंप्रति प्रेम प्रकट गर्न असमर्थ छन् र मेरो विचारमा तपाईंको उद्देश्य पनि यही थियो कि हाम्रो प्रेम हामी दुई जनामा छ । मलाई लाग्छ, तपाईंको भनाइको अर्थ पनि यही थियो कि हाम्रो प्रेम हामीभन्दा धेरै टाढा छ । तपाईंले हरेक चिजलाई खुला दिलले प्रेम गर्नुभयो र अहिले तपाईंले देखाइदिनुभयो कि हाम्रो प्रेम वास्तवमा कति धेरै छ । आराम गर्नुहोस् सुशी ! तपाईंलाई गुमाएको ३० दिन भयो तर म तपाईंलाई जीवनभर माया गरिरहेनछु...सधैं तपाईंसँग रहेर, अनन्त, त्यसभन्दा पनि परसम्म ।’

यो पनि पढ्नुहोस्

सुशान्त सिंह राजपुतले गरे आत्महत्या

उनको यो लेखाइप्रति सामाजिक सञ्जालमा मानिसले किसिम किसिमका प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।  बिबिसी हिन्दीबाट

प्रकाशित: ३० असार २०७७ १०:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App