८ वैशाख २०८१ शनिबार
कला

‘सपनाको देश’ पुस्तक लोकार्पण

अभिनव साहित्य समाजले साेमबार २९ गते २०७ औं भानु जयन्ती विशेष कार्यक्रम सम्पन्न गरेको छ । प्रजातान्तित्रक जन गणतन्त्र कोरियाका नेपालका लागि महामहिम राजदूत श्री चो यो मानको प्रमुख आतिथ्य र प्रतिनिथि सभाका माननीय सांसद श्री कृष्ण राई, वागमती प्रदेशका सांसद श्री छिरिंग दोर्जे लामाको विशेष आतथ्यिमा वेदमणि घिमिरेद्वारा उत्तर कोरिया भ्रमणमा आधारित भएर लेखिएको ‘सपनाको देश’ नामक पुस्तकको लोकार्पण भयो ।  

भानुभक्त आचार्य र किम इल सुङको तस्विरमा माल्यार्पण र डा.विदुर चालिसेद्वारा भानुभक्तको कृतित्व र व्यक्तित्व बारे प्रकाश पार्दै सुरु भएको सो कार्यक्रममा भानुभक्त रामायणको केही श्लोक र उनकै विषयमा लिखित कविता वाचनबाट अगाडि बढेको कार्यक्रममा कोरियाका सहयात्री ढुण्डिराज पोखरेलले आफ्नो अनुभवबारे संक्षिप्त मन्तव्य र कविता वाचन गरेका थिए । यस्तै कृष्ण चापागाईँ, नविना गौतम, अस्मिता आदिले कविता वाचन गरेका थिए । पुस्तकको समग्रपक्षको विषयमा साहित्यकार शङ्कर भारतीले प्रकाश पारेका थिए ।  

मन्तव्य राख्नेहरुमा नगरपालिकाले जहिले पनि समुदायमा आधारित साहित्यिक संस्थाको विकासको लागि सहयोग गर्न तयार रहने छ भन्दै गोकर्णेश्वर–५ वडाका वडाध्यक्ष श्री नारायण सुवेदी, उत्तर कोरियाको संक्षिप्त चिनारी दिँदै बसन्त श्रेष्ठ, भानुभक्तको योगदान र यस क्षेत्रमा भएको साहित्यिक गतिविधिको सह्राहना गर्दै माननीय छिरिंग दोर्जे, भानुभक्तदेखि वर्तमानसम्मको साहित्यिक र राजनैतिक गतिविधिबारे प्रकाश पार्दै माननीय कृष्ण राई, पुस्तक लेखनबारेमा संक्षिप्त प्रकाश पार्दै लेखक गोविन्द प्रसाद घिमिरे ‘वेदमणि’ र उत्तर कोरियाको विषयलाई लिएर लेख लेख्ने लेखकको प्रशंसा गर्दै महामहिम राजदूत चो यो मानले मन्तव्य राख्नु भएको थियो अन्त्यमा कार्यक्रमका सभापति वरिष्ठ पत्रकार तथा साहित्यकार श्री विजय चालिसेजीले समग्र कार्यक्रम र नियात्रा साहित्यबारे प्रकाश पार्दै सभा समापन गरिएको थियो ।

प्रकाशित: २९ असार २०७७ १६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App