coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘कट्टु’ निबन्ध सङ्ग्रह सार्वजनिक

२०७ औं भानु जयन्तीका अवसरमा सोमबार मोरङको बेलबारीमा साहित्यकार ईरान राईद्वारा लिखित ‘कट्टु’ निबन्ध सङ्ग्रह सार्वजनिक गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले निबन्ध सङ्ग्रहको बिमोचान गरे । उनले निबन्ध बिमोचन गर्दै बेलबारी क्षेत्रमा कला, साहित्यको विकासका निम्ती बेलबारी प्रज्ञा प्रतिष्ठान गठन गर्ने बताए ।

लामो समयदेखि साहित्य क्षेत्रमा लागेका राईले करिब १० वटा विभिन्न कवितालगायतका सङ्ग्रह प्रकाशित गरेका छन् । कट्टुमाथि साहित्यकार तथा पूर्व सांसद एच.एम. तामाङले टिप्पणी गरेका थिए । टिप्पणी गर्दै तामाङले भने, ‘यस व्यङ्ग्य निबन्ध सङ्ग्रहमा धेरै नयाँ शब्दको प्रयोग भए र ती शब्दहरू लक्ष्मीप्रसाद देवकोटा, भैरव अर्याल जस्ता मूर्धन्य साहित्यकारले प्रयोग गर्ने खालका गहकिला शब्दको प्रयोग भएको छ ।’  

सो अवसरमा बोल्दै लेखक राईले व्यङ्ग्य अरुप्रतिको आक्रामक बाण नभएर आफैंभित्रको विकारहरूविरुद्धको शुद्धीकरणको अबिरल शाब्दिक अभियान हो । व्यङ्ग्यलाई सकारात्मक रूपमा लिने हो भने आत्मालोचना गर्ने बानीको विकास हुन्छ ।

राईको हालसम्म नयाँ युगको खोजीमा (संयुक्त कविता सङ्ग्रह), सप्तकोसीको किनारबाट (संयुक्त गजल सङ्ग्रह), जिउँदो लास (हाइकु सङ्ग्रह), झण्डा कविता (कविता सङ्ग्रह), संकटकाल (हाइकु सङ्ग्रह) सुस्केरा (संयुक्त सहित्य सङ्ग्रह), दहीचिउरे (हाइकु सङ्ग्रह), छायाँको चित्र (बेलबारीबारे प्रश्नोत्तरी पुस्तक), पुरानो काग (हाइकु सङ्ग्रह) लिम्पियाधुरा (हाइकु सङ्ग्रह) गरी १० वटा कृति प्रकाशित छन् । उनीद्वारा लिखित रगत, हत्या, षडयन्त्रको हुरी, नाता, नाटक, गरिबको आँसु, गरिबको पनि पालो आउँछ जस्ता नाटकहरू मञ्चमा मञ्चित भइसकेका छन् ।

प्रकाशित: २९ असार २०७७ १४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App