coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

राष्ट्रको एकीकरणमा भानुभक्तको योगदान महत्वपूर्णः मन्त्री भट्टराई

२०७ औं भानु जयन्ती

प्रतिकात्मक तस्बीर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल राष्ट्रको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको बताएका छन्। पृथ्वी नारायण शाहले अनेक राज्यलाई एक बनाएर गरेको नेपाल एकीकरणमा लागि आदिकवि आचार्यले भाषा साहित्यको माध्यमबाट महत्वपूर्ण योगदान गरेको उनले बताए।

भानु जयन्तीका अवशरमा प्रज्ञा प्रतिष्ठानले गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले नेपाल भाषा, साहित्यको माध्यमबाट राष्ट्रको एकीकरण गर्ने एक अभियन्ता भानुभक्त आचार्य रहेको बताए। उनले भने, ‘पृथ्वी नारायण शाहले अनेक समूहमा रहेका राज्यर्लाइ एक बनाएका थिए। भूगोलको एकीकरणमात्रै राष्ट्रको एकीकरण हुँदैन भाषा साहित्य पनि त्यसको महत्वपूर्ण पक्ष हो। नेपाली भाषा र साहित्यको माध्यमबाट राष्ट्रको एकीकरण गर्नेक अभियन्ता भानुभक्त आचार्य हुन।’’ भाषा र साहित्य कुनै एक समुदाय, जात र धर्मको मात्रै हुने नभई समग्र मानज सभ्यताको प्रतिनिधित्व गर्ने उनले बताए।  

प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले साहित्य पर्यटनलाई मुलुकको समृद्धिसँग जोडेर अगाडी बढ्नुपर्ने बताए। आदिकवि आचार्यसँग जोडिएका विभिन्न ठाउँहरुलाई जोडेर साहित्य पर्यटनको माध्यमबाट अगाडि बढ्न सके मुलुकको समृद्धिमा त्यसले सहयोग पु¥याउने उनले बताए।

जन्म जयन्तीका अवशरमा रानीपोखरी नजिकको भानुको शालिकमा माल्र्यापण गरेर भानुको सम्मान गरिएको छ। देश तथा नेपाली भाषीहरको बाहुल्यता रहेका देशबाहिरका क्षेत्रमा समेत आदिकवि आचार्यको २०७ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ। वि.स. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा मनाइन्छ। सोमबार नै नेपाली बृहत शब्दकोषको मोबाइल एप समेत सार्वजनिक गरिएको छ। 

प्रकाशित: २९ असार २०७७ ०७:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App