१६ चैत्र २०८० शुक्रबार
कला

दीपाश्रीका तर्फबाट ‘माग्ने बूढा’ ले पनि मागे राजेश हमालसँग माफी

फाइल तस्बिर

कलाकार दीपाश्री निरौलाका तर्फबाट केदार घिमिरे अर्थात् माग्ने बूढाले पनि अभिनेता राजेश हमालसँग माफी मागेका छन् ।  

एक टेलिभिजन अन्तर्वार्तामा नायिकासमेत रहेकी निरौलाले प्रसंगवश नायक हमाललाई ‘उहाँ महानायक हो र’ भनेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ ।  

यस विषयमा दीपाश्रीले केही दिनअघि नै फेसबुकमा लामो स्टाटस लेखेर क्षमा मागिसकेको भए पनि उनीविरुद्ध अशिष्ट गाली बर्सिन छाडेको छैन । यसबारे केकी अधिकारी, प्रियंका कार्कीलगायतले आफ्ना प्रतिक्रिया सार्वजनिक गरिसकेका छन् ।  

 

यो पनि पढ्नुहोस्

दीपाश्री निरौला छोरी भएर जन्मिनु नै गल्ती : केकी अधिकारी

 

यसै क्रममा कलाकार केदार घिमिरे उर्फ माग्ने बूढाले पनि फेसबुकमा स्टाटस लेख्दै दीपाश्रीको बचाउ गरेका हुन् ।  

‘आदरणीय दर्शकलाई मेरो अनुरोध स् विगत केही दिनदेखि निरन्तर रूपमा निर्देशक/कलाकार दीपा दिदीमाथि तल्लो स्तरका गाली गलौज भइरहेका छन्,’ फेसबुकमा घिमिरेले लेखेका छन्, ‘हो, दिदीको गल्ती थियो, माफी पनि मागिसक्नुभयो । म पनि महानायक राजेश दादासँग व्यक्तिगत रूपमा माफी माग्छु।’  

प्रकाशित: २८ असार २०७७ ०९:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App