coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

तटस्थ

लघुकथा

लता केसी     

विवेक पढेलेखेको थियो । भर्खरै मात्र उच्च शिक्षा हासिल  गरयो ।  घरानिया परिवारमा जन्मेको थियो । जल्दोबल्दो युवाशक्ति समाजमा ऊ प्रतिष्ठित  पनि थियो ।

एकजना पत्रकार विवेकसमक्ष पुगे र एउटै प्रश्न सोधे,  ‘ तपाईं  कुन दलको ?’ 

‘दलमा विश्वास गर्दिन । म तटस्थ हुँ ।’  पक्ष र विपक्षको खेलले म दिक्क भएँ । दल  र समूहको भावनाले  जनमानसमा विभेद  भएको  महसुस गरेँ ।

उसको विचारबाट प्रभावित भएर पत्रकारले भन्यो,  ‘ तपाईं जस्ता युवा देशलाई खाँचो छ । देश अग्रगमन खोजिरहेछ ।’

सिङ्गो देश उसको विचारबाट प्रभावित भयो । जनताले  कुशल नेतृत्वको  भागीदार बनाए । समयको कालखण्डमा ऊ दौडिदै थियो । एकपटक ऊ भाषणको मैदानमा उत्रियो । उसले दमदार भाषण  गरयो । सबैले तालीको गडगडाहटले स्वागत गरे। ऊ भन्दै  थियो,  ‘ तटस्थ समूह , जिन्दावाद !’ 

प्रकाशित: २७ असार २०७७ ०६:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App