coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

विकल्प

कविता

स्याहार गर्दै
गाई दुहेजस्तै दुहेको भए
सायद ठीकै  हुन्थ्यो  
आफूलाई सर्वशक्तिमान प्रमाणित गर्न
मान्छे !
तिमीले नदीहरु सुकायौ
मास्यौ भएको  जंगल
र, कंक्रिटको पिलर ठड्यायौ
ढुंगा र माटो मिलेर बसेका थिए– पहाड  भएर
तिमीले पहाड  सम्यायौ|
र, सबैलाई  एक–अर्काबाट अलग्यायौ
कार्बनले कुहायौ हावाको शुद्धता
र, सँगसँगै सूर्यका किरणहरु धमिल्यायौ
चाल्नु बिर्साउने गरी प्वाल पा-यौ
आफैंले ओढेको आकाश पनि
र, जताततै आफ्नो हैकम कायम ग-यौ

टेक्ने र कुल्चनेबाहेक
समाउने बारेमा
कहिल्यै केही सोच्दै सोचेनौ तिमीले
थला परेपछि प्रकृति  
अहिले तिमी पनि डङ्रङ्ग लडेका छौ
के गर्न सक्छौ अब ?
समाऊ आफ्नै घाँटी !
समाउनका लागि
तिमीले यही एउटा विकल्प त बाँकी राखेका छौ !

प्रकाशित: २७ असार २०७७ ०२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App