६ चैत्र २०८० मंगलबार
कला

एक दर्जन स्रष्टा सम्मान गर्दै प्रदेश सरकार

प्रदेशका एक दर्जन बढी स्रष्टालाई प्रदेश १ सरकारले सम्मान गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशमा रहेर भाषा, साहित्य, कला, रङकलालगायतको क्षेत्रमा विशेष योगदान पुर्याउने स्राष्टा सम्मान गर्न लगेको जनाएको छ ।  

प्राज्ञ खेम नेपालीको संयोजकत्वमा रहेको स्रष्टा मूल्यांकन समितिले शुक्रबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सम्मान हुने स्रष्टाको नाम सिफारिस गरेको छ ।  

बालकृष्ण पोखरेल भाषा, साहित्य कलाबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना स्रष्टा सम्मानित हुने भएका छन् । समितिकोे सिफारिस अनुसार मन्त्रालयले एक लाख राशीको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मान २०७७ बाट इलामका स्रष्टा डा. नवलकिशोर राईलाई प्रदान गर्ने भएको छ । यसअघि सो सम्मान प्रा.डा. टंक न्यौपानेलाई प्रदान गरिएको थियो ।  

ललितकलातर्फ मोरङकी अनुराधा थापा, साहित्यतर्फ धनकुटाका उमानाथ घिमिरे ‘सागर’, मोरङका कविराज पोखरेल, झापाका मुनाराज शेर्मा, खोटाङकी पञ्चकुमारी परियार, पाँचथरका प्रेम ओझा, सुनसरीका शिवनारायण पण्डित ‘सिंगल’ सम्माति हुने भएका छन् ।  

त्यसैगरी, साहित्य र कलातर्फ सोलखुम्बुका डिबी किराँती, रङकलातर्फ झापाकी कविता नेपाल, चलचित्रकर्मीतर्फ मोरङका केशव रायमाझी, नृत्यकलातर्फ मोरङकी माया पौडेल, गीत÷संगीततर्फ मोरङका वीरध्वज शिवा सम्मानित हुने भएका छन् । उनीहरूले जनही नगद ५०–५० हजार रुपैयाँसहित सम्मानित हुने छन् ।  

गत वर्षदेखि मन्त्रालयले स्रष्टा सम्मान गर्न थालेको हो । स्रष्टालाई असार २९ गते विराटनगरमा सम्मान गर्ने मन्त्रालयले जनाएको छ । 

प्रकाशित: २६ असार २०७७ १२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App