८ वैशाख २०८१ शनिबार
कला

दुस्साहस

लघुकथा

सीताराम नेपाल  

पुसको ठन्डी, चिसोको पराकाष्ठा । एक दिन घाम लागिरहेको देखेर घाम भएतिर जादै थिएँ । चिसोले कक्रिएर नाङ्गिएको रूखले आदेश दियो, ‘आऊ, मेरो सियाँलमा बस ।’  

मलाई रूखको कुरा सुनेर अचम्म लाग्यो ।  जो पुसको चिसोले कठ्याङ्ग्रिएर जीवनमरणको दोसाँधमा छ उसैको कत्रो फूर्ति ।’

मैले उसले भनेको टेरिन । घाम भएतिर लम्केँ ।

रूख फेरि करायो, ‘घामतिर नजाऊ। घामले पोल्छ ।’ 

म रूखको दुस्साहस देखेर छक्क पर्दै भनेँ, ‘पुसको घामले कहिल्यै पोल्दैन । बरु पुसमा रूखको सियाँँलमा बस्नु भनेको जाडोले थप कठ्याङ्ग्री माग्नु हो । यस्तो मूर्खता कसैले पनि गर्दैनन् ।’

प्रकाशित: २४ असार २०७७ १०:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App