४ वैशाख २०८१ मंगलबार
कला

श्रेष्ठलाई ‘रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता’ पुरस्कार

स्वतन्त्र प्रजातन्त्र सेनानी रमाप्रसाद रिजालले आफू र श्रीमतीका नाममा स्थापना गरेको ‘रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता’ पुरस्कार विराटनगरका पत्रकार तथा साहित्यकार मीनकुमार श्रेष्ठ ‘नवोदित’लाई प्रदान गरिएको छ ।  

नेपाल प्रेस युनियनले विराटनगरमा सोमबार आयोजित कार्यक्रममा पत्रकारिता र साहित्य क्षेत्रमा कलम चलाउँदै आएका श्रेष्ठलाई सम्मानसहित पुरस्कृत गरिएको हो । प्रतिष्ठानका संरक्षक सुवास रिजालले पुरस्कृत श्रेष्ठकै प्रेरणाबाट बुबा रमाप्रसाद रिजालले पुरस्कारको स्थापना गरेको बताए ।

यस पुरस्कारलाई निरन्तरता दिइने बताएका संरक्षक रिजालले आगामी वर्ष अक्षय कोषमा १ लाख रुपैयाँ थप गरी पुरस्कृत रकमसमेत बढाउने घोषणा गरे । पुरस्कृत भएका श्रेष्ठले कोभिड १९ को महामारीसँगै लकडाउनकाबीच पुरस्कृत भएकोमा धन्यवाद दिए ।

१९८५ सालमा धनकुटामा जन्मिएका स्वतन्त्र प्रजातन्त्र सेनानी रमाप्रसाद रिजाल साहित्य क्षेत्रमा समेत दखल राख्दै आएका छन् ।  रिजालको ‘ए चस्को दुखेको मुटु’  र ‘दुखेको वर्तमान’ नामक दुई वटा कविता संग्रह प्रकाशित छ । विराटनगर स्थायी बसोबास गर्दै आएका रिजाललाई २०७१ मा नेपाल प्रजातान्त्रिक सेनानी संघले ‘महासेनानी’ र  २०७३ मा मनमोहन स्मृति प्रतिष्ठानले ‘ज्येष्ठ नागरिक’ सम्मान गरेको थियो ।  

यसै पुरस्कारबाट पत्रकार अजित तिवारी, अभयकुमार राई, शंकर खरेल पुरस्कृत भइसकेका छन् ।

सो कार्यक्रममा प्रदेश १ नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेल, प्रेस युनियनका अध्यक्ष कुमार लुइँटेललगायतले शुभकामना दिएका थिए । 

प्रकाशित: २२ असार २०७७ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App