२८ श्रावण २०७७ बुधबार
कला

कोरियोग्राफर सरोज खानको निधन

बलिउडकी प्रख्यात कोरियोग्राफर सरोज खानको निधन भएको छ। केही समयदेखि अस्वस्थ खानको ७१ वर्षको उमेरमा निधन भएको हो। स्वासप्रस्वासमा समस्या देखिएपछि २० जुनमा उनलाई बान्द्र स्थित गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो। समाचार एजेन्सी एएनआईका अनुसार अस्पतालमा उनलाई हृदयघात भएको थियो।

उनको मुम्बईको मलाडमा रहेको मालवाणीमा अन्त्येष्टि हुने छ। उनको कोरोनाको जाँच समेत गरिएको थियो। उक्त रिपोर्ट नेगेटिभ आएको थियो।

उनले आफ्नो करियर असिस्टेन्ट कोरियोग्राफरको रुपमा सुरु गरेकी थिइन्। उनले सन् १९७४ मा फिल्म 'गीता मेरा नाम' को गीतमा पहिलोपटक एकल निर्देशन गरेकी थिइन्।

सरोज खानले २ हजार भन्दा बढी गीतमा गोरियोग्राफ गरेकी छन्। उनले कोरियोग्री गरेका देवदासको डोला रे डोला, जब वी मेटको इश्क हाय, तेजाब फिल्मको एक-दो-तीन जस्ता छन्।

सरोज खानको अन्तिम फिल्म कलंक रहेको थियो। उक्त फिल्ममा अभिनेत्री माधुरी दीक्षितको गीत तबाह हो गईलाई निर्देशन गरेकी थिइन्।

उनले तीन पटक बेष्ट कोरियोग्रीको राष्ट्रिय पुरस्कार जितेकी थिइन्।  

 

 

प्रकाशित: १९ असार २०७७ ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App