२२ असार २०७७ सोमबार
कला

तारेको खाना

दीपक लोहनी

छुनु र मुनु दुई दिदीबहिनी हुन् । उनीहरू काठमाण्डौको मनमैजुमा बस्छन् । मनमैजुमा मनमैजु अजिमाको प्राचीन मन्दिर पनि छ ।

छुनुमुनुको बाबा वातावरण र प्राकृतिक खानपानमा रुचि राख्नु हुन्छ । छुनुमुनुलाई सधै बाबाले तारेको खानेकुरा खानु हुदैन भनि   सिकाइरहनु हुन्छ ।

एकदिन छुनुले सोधी -  ‘बाबा, तारेको कुरा किन खानु हुन्न ? ’

बाबाले भन्नु भयो -   ‘छोरी, तारेको खानामा तेलको मात्रा बढी हुन्छ । नुन, चिनी, मैदा अनि तेलले पनि हाम्रो शरीरलाई बेफाइदा पुरयाउँछ । तेलको मात्रा बढी  भयो भने हाम्रो मुटुलाई असर गर्छ । ’

"बाबा, खान त सधै तारेको नै मीठो हुन्छ नि त, किन ? ’ मुनुले सोधी ।

 ‘हो, तारेकै खानेकुरा मीठो लाग्छ मलाई पनि बाबा । ’ - छुनुले पनि मुनुको कुरोमा होमा हो मिलाई ।

 ‘तारेको खाना जिब्रोलाई मात्र मीठो हुन्छ छोरी । हामीले आफ्नो शरीरको फाइदाको लागि पो खाना खानुपर्छ । खानाले नै हाम्रो सौन्दर्य, तौल र दिमाग बढ्छ । त्यसैले सधै हामीले स्वस्थ र  सन्तुलित खाना खानुपर्छ । ’ - बाबाले भन्नुभयो ।

छुनुमुनुलाई बाबाको कुरो गन्गन लाग्यो । त्यसैले दुवै  दिदीबहिनी खेल्न भनी बाबाबाट फुत्किए ।

एकपटक कामको लागि बाबा केही दिन घरबाट बाहिरिनुभयो । घरमा मामु र दुई दिदीबहिनी छुनु र मुनु मात्र थिए ।

मुनुले भनी -  ‘मामु आज चिकेन रोस्ट  बनाएर खाम् न । ’

छुनुले थपी - ‘ फिङ्गर चिप्स र प्राउन पनि बनाउने मामु । ’

 ‘लल, बाबालाई थाह नदेओ । म बनाइदिउँला । मामुले भन्नुभयो ।

छुनुमुनु खुसी भए ।

मामुले पसलबाट कुखुराको मासु ल्याउनुभयो । छुनुले पाँचवटा आलु झिकी र पखाल्न थाली । मुनुले प्राउन निकाली ।

मामुले कराई बसाल्नुभयो । कराईमा तेल राखियो । तेलमा प्राउन फुल्न थाल्यो ।

मुनु खुसी भई ।

तेलमा आलुका लामा लामा टुक्राहरू पौडिन थाले । छुनु दङ्ग भई । त्यही तातो तेलमा मासु तारियो । मामु पनि रमाउनुभयो ।

दिउँसोको खाजामा मामु र दुई छोरी छुनुमुनु मिलेर तारेको मासु, आलु र प्राउन खाए । आमा र छोरीको जिब्रोहरू पनि खुसी भए । तर जिब्रो मात्र खुसी भयो । एकछिनपछि मुनुको मुटु दुख्यो । छुनु र मामुको पनि मुटु दुखेको जस्तो भयो ।

छुनुले बाबालाई भिडियो कल  गरी -  ‘बाबा, तारेको खानेकुरा खाएको हामी सबैको मुटु दुख्यो । अब के गर्ने ? ’

बाबाले झटपट आइडिया निकाल्नु भयो - ‘तातो पानी पिइहाल छोरी । अनि मन्दिर एकफन्को घुमी आउ । वातावरणसंग  घुलमिल भएपछि धेरै समस्याहरू आफै  ठीक हुन्छन् । ’

छुनुमुनु र मामुले एकएक गिलास तातोपानी पिए र मनमैजु मन्दिर  घुमी आए ।

साँच्चै मुटु दुख्न त कम पो भयो । छुनुमुनुले आजैदेखि तारेको खाना नखाने प्रण पनि मन्दिरमै गरे । घुलमिल रोस्ट गरी 

प्रकाशित: १४ असार २०७७ १६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App