२२ असार २०७७ सोमबार
कला

नेपालयका नयाँ पुस्तक अब बजारमा

बन्दाबन्दी (लकडाउन)पछिको जनजीवन र बजार केही खुकुलो भएसँगै नेपालयले छापिएर तयार भएका नयाँ पुस्तकलाई सिधै बिक्रीका लागि पठाउने निर्णय गरेको छ । गत अप्रिलमा नेपालयले एक प्रेस विज्ञप्तिमार्फत महामारीका कारण आफ्ना प्रकाशित पुस्तक सार्वजनिक गर्ने कार्यक्रम प्रभावित भएको जानकारी गराएको थियो ।  

नेपालयले भुवन ढुंगानाद्वारा लिखित आख्यान ‘परित्यक्ता’लाई सिधै बजारमा उपलब्ध गराएर आफ्नो कामको थालनी गर्ने भएको छ । ‘बजार केही खुकुलो भएसँगै, केही चहलपहल हुनु स्वाभाविक हो त्यसैले हाम्रा प्रकाशित पुस्तकका बारेमा  पाठकका प्रशस्त जिज्ञासा छन् । अहिले व्याप्त एक्लो बसाइले पाठकमा पढ्ने भोक पनि अवस्यै बढेको हुनुपर्छ,’ पब्लिकेसन नेपालयकी सैजन मास्केले भनिन्, ‘त्यसैले लकडाउनपछिको पहिलो चरणमा हामीले ‘परित्यक्ता’ पुस्तकलाई भौतिक रुपमै बजारमा वितरण गर्ने निर्णय गरेका छौं । यो किताब गतवर्ष नै प्रकाशित भएको हो तर माहामारीका कारणले सार्वजनिक हुन पाएको थिएन ।’ 

परित्यक्ता एकालाप शैलीमा लेखिएको कृति हो । यस पुस्तकमा एउटी महिलाको अन्तर चेतनाको परिदृश्यलाई उजागर गरिएको छ, जसले एउटी छोरी, प्रिया, पत्नी अनि आमाको बहुआयामिक भूमिकामा अभिनय गर्दै बाँचेकी हुन्छे र पनि निरन्तर एकाकीपनको भावमा ठोक्किँदै बगेको झरना जस्तै हुन्छे । पुस्तकले एउटी महिला जो वास्तवमा समाजद्वारा तोकिएको भूमिकामा मात्र समाहित हुन बाध्य छे । समाजमा उसको निजत्वको पनि कुनै भूमिका छ कि छैन भन्ने प्रश्न गर्दछ । यो कृतिले महिलाले आफ्ना उद्देश्यलाई आफैंले पूरा गर्ने यत्न गर्नुपर्छ भन्नेतर्फ संकेत गर्छ ।

मधुपर्कबाट कथा लेखनमा प्रवेश गरेकी भुवन ढुंगानाको यो पहिलो उपन्यास हो । ढुंगानाले विश्वभारती महाविद्यालय ९जसलाई अहिले शान्ति निकेतनको नामले पनि चिनिन्छ० बाट शास्त्रीय नृत्यमा स्तानक गर्नुका साथै त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी छन् । उनका ‘धर्म बिम्ब’ र ‘युद्धको घोषणा अघि’ शीर्षकका कथा संग्रह प्रकाशित छन् । ढुंगाना विपि कोइराला साहित्यिक सम्मानलगायत विभिन्न पुरस्कारबाट पुरस्कृत भइसकेकी छन् । 

‘केही समय विलम्ब भए पनि अब पुस्तक पाठकका हातमा जाने कुराले औधी खुसी भएकी छु,’ लेखक ढुंगानाले भनिन्, ‘जब तपाईं कुनै कृतिलाई सृजना गर्नुहुन्छ, त्यो कृति पाठकको हातमा पुगेपछि मात्र जीवन्त बन्छ भन्ने अनुभूति लेखकलाई भएको हुन्छ त्यसैले पुस्तक निर्माणको सम्पूर्ण प्रक्रियामा संलग्न लेखकलाई पुस्तकको पूर्ण रुप पाठकको हातमा पुगेको देख्दा उच्चतम आनन्द प्राप्त हुन्छ,’ ढुंगानाले खुसी व्यक्त गरिन् । 

नेपालयले केही दिन पहिले ‘ई(बुक’मार्फत् आफ्नो पहिलो प्रकाशन सार्वजनिक गर्ने घोषणा गरेको थियो । यसै सिलसिलालाई आकर्षक रुपमा अगाडि बढाउनका निम्ति सुजीव शाक्यद्वारा लिखित ‘अर्थात् परिवर्तन’ पुस्तकका दुईवटा अध्याय सार्वजनिक भइसकेका छन् । 

‘एकल अध्याय अथवा ‘सिङ्गल च्याप्टर’ सार्वजनिक गर्ने यो नयाँ प्रयोगलाई प्राप्त भएका सकारात्मक प्रतिक्रियाले हामीलाई निकै खुसी बनाएको छ,’ नेपालयकी सैजन मास्केले जानकारी गराइन् । 

भुवन ढुंगानाको परित्यक्ता नेपाली बजारका निम्ति  दुई ७५ रुपैयाँमा उपलब्ध छ । पुस्तक देशका सबै पुस्तक पसलहरूमा उपलब्ध गराइएको छ र ‘थुप्रै’मार्फत् ‘ई(बुक’का रुपमा पनि प्राप्त गर्न सकिन्छ । साथै अनलाइन बिक्रेता ‘अमेजन’मार्फत् संसारभरका पाठकले यो पुस्तक प्राप्त गर्न सक्छन् ।

प्रकाशित: १४ असार २०७७ ११:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App