६ वैशाख २०८१ बिहीबार
कला

संघर्षले खारिएको सुशान्तको फिल्म यात्रा

बलिउड उद्योगले एकपछि अर्को क्षतिको सामना गर्नु परेको छ।  अभिनेता सुशान्त सिंह राजपूतले आइतबार बान्द्रास्थित आफ्नै निवासमा झुन्डिएर आत्महत्या गरेपछि बलिउडले अर्को क्षति को सामना गर्नु परेको हो।  केहि महिना अघिमात्रै अभिनेता इरफान खान र ऋषि कपूरको मृत्युको चोट नहराउँदै अर्को चोट थपिएको छ।  

टेलिभिजनबाट करिअर सुरु गरेका उनले पछिल्लो समय ठूलोपर्दामा आफ्नो अब्बल अभिनयका कारण चर्चा कमाइरहेका थिए।  

‘डिटेक्टिभ ब्योमकेश बक्शी, एमएस धोनीः द अनटोल्ड स्टोरी, र्का पो चे र छिछोरे उनी मुख्य भूमिका देखिए।  दुर्भाग्य उनको अन्तिम चलचित्र ‘केदारनाथ’ बन्न पुग्यो।  

३४ वर्षीय सुशान्त सानो पर्दा र ठूलो पर्दामा अब्बल अभिनेता हुन्।  उनी अभिनयका कारण दर्शकको मनमा बस्न सफल भएका थिए।  

संघर्षले खारिएका सुशान्त

दशदिन अघि मात्रै उनले आफ्नो फोटो इन्स्टाग्रामा सेयर गरेका थिए।  उनको सन् १९८६ जन्म २१ जनवारीमा बिहारको पटनामा भएको हो।  

उनी मध्यमवर्गीय परिवारमा जन्मिएका हुन्।  उनले जीवनमा धेरै संघर्षपछि वलिउडमा स्थापित भएका हुन्।  उनको परिवार विहारको पूर्णियामा खेती किसानी गर्छन।  उनीकी बहिनी मितु सिंह क्रिकेटको राष्ट्रिय खेलाडी हुन्।    

सुशान्तले आफ्नो ईन्जिनियर अध्ययन पुरा गरि अभिनय क्षेत्रमा प्रवेश गरेका थिए। उनले ब्याकअप डान्सरको रुपमा काम गर्दै कलाकारिताको सुरुवातमा गरे। उनले ‘किस देश मे है मेरा दिल नामक टेलिभिजन श्रृङ्खलाबाट अभिनयमा पाइला टेके।  त्यसपछि उनले अर्को टेलिभिजन श्रृङ्खला ‘पवित्र रिशता’मा अभिनय गर्ने मौका पाए।  उक्त शृङ्खलाले उनको परिचय थपिदियो।  त्यसपछि आम दर्शकको मनमा बस्न सफल भए।  

नृत्यमा रुचि भएका सुशान्तले चर्चित नृत्य रियलिटी सो ‘जरा नाच र झलक दिखला जा’ मा प्रतियोगीको रुपमा भाग लिए।  अभिनय र नृत्यमा पोख्त भएकै कारण निर्देशक र निर्माताको रोजाईमा पर्न सफल भए।  त्यसपछि ठूलो पर्दाको फिल्मी संसारमा प्रवेश गरे।  ‘काय पो चे’ चलचित्रमा अभियन गर्ने मौका मिल्यो।  चलचित्रमा  उनको महत्वपूर्ण भूमिका थियो।  उनको मुख्य भूमिका रहेको चलचित्र ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ उनलाई फिल्म फेयर अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड पनि दिलाई दियो।  त्यसपछि उनको जीवनले युटर्न लियो।  उनले पछाडि फर्केर हेर्नु परेन।  एक एकपछि अर्को हिट चलचित्र दिदै गए उनले।  सुशान्तको ‘रोमान्स’, पीके, एमएस धोनी, केदारनाथ उनका हिट चलचित्र मध्येका हुन्।  

प्रेम जीवन असफल  

अभिनयसंगै सुशान्त प्रेम जीवनको पनि उतिकै चर्चा चल्थ्यो बलिउडमा।  टेलिभिजन शृङ्खला ‘पवित्र रिश्ता’ मा अभिनय गर्ने क्रममा प्रेम जीवनको चर्चा चुलिएको थियो।  सोहि पवित्रा रिश्तामा को–स्टार लोखन्डेसंग प्रेम सम्बन्ध रहेको सञ्चारमध्यममा समाचार बाहिरियो।  उनको अभिनय र प्रेमको कुरालाई धेरैले चर्चा गर्न थाले।  तर सुशान्त चलचित्रमा प्रवेश गरेसंगै उनीहरु प्रेमको दुरी बढेको सामचारहरु आयो।  अन्तत : उनीहरु बीच ब्रेक अफ भयो।  

यतिबेला बलिउडमा सुशान्तको निकै दुखद् खबर भएको भन्दै उनको परिवार र साथीहरुप्रति गहिरो समवेदना प्रकट गरेका  छन्।  

 

प्रकाशित: ३२ जेष्ठ २०७७ १४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App