coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

धोकाको खेल

कथा

दिला शाह

दिला शाह

‘बाबु तिम्रो बिहेको सम्पूर्ण तयारी सकियो । कतिबेला यो समय सकिएला जस्तो भएको छ । राम्रोसँग आउनु । तिमी आउँदा भोलि हामी एयरपोर्टमै लिन आउँनेछौं’,  

अनुपकी मम्मीले छोरालाई फोनमा भन्नुभयो ।  

अनुप उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलिया गएको तीन वर्ष भएको थियो । आमाबुवाले सधैं विवाहको कुरा गरेर हैरान पार्नुहुन्थ्यो । अनुपले भने सँगै स्कुल पढ्दाकी साथी अनामिकालाई धेरै मन पराएको थियो । उसको यादमा धेरै समय आफूलाई डुबाइरह्यो । राम्री अनामिकालाई जीवनसाथी बनाउने उसको चाहना कोपिलामै झरेको थियो । अनामिकालाई उसले हृदयदेखि नै माया गरेकोे थियो । तर, अनामिकाले भनिदिई, ‘म तिमीलाई होइन, अनमोललाई माया गर्छु ।’  

फोटोमा भन्दा पनि राम्री निसु । लजालु आँखाले अनुपलाई हेरिरहेकी थिई । प्रकृतिको अनुपम छटामा फुलेको सुगन्धित फूल जस्ती निसुलाई देख्दा आफुलाई भाग्यमानी ठान्यो । उसलाई आफ्नो बाहुभरि पाउँदा अनुपले आफूलाई संसारकै भाग्यमानी व्यक्ति ठान्यो ।

अनुपले उसलाई मनैदेखि माया गरेको थियो । आफूले मन पराएकी प्रियसीले आफ्नै साथीलाई माया गर्छु भनेर गएपछि उसलाई जीवनको मीठो धून र संगीत हराएको जस्तो लागेको थियो ।

मनमा लागेको चोटलाई भुल्न बिस्तारै ऊ सफल भयो । अस्ट्रेलियाको व्यस्त जीवनशैली र वातावरणमा रमाउँदै गयो ।  

आमाको अनुरोधमा एक दिन फोन गरेर अनुपले सोधेको थियो, ‘तिमी निसु हौ ?’ पहिलो बोलचाल अत्यन्तै लजालु आवाज, मीठो शैली । सुन्दर फूलमा भँवराको आकर्षण भएझैं एक्दमै आकर्षित भएको थियो अनुप ।

मन नहुँदानहुँदै पनि अनुप निसुको मीठो बोलीसँगै दिनप्रतिदिन तानिँदै गयो । अनुपलाई एकछिन पनि निसुसँग फोनमा कुरा गर्न नपाउँदा छटपटी हुन्थ्यो । तर पनि निसुको इज्जतका लागि पनि मनलाई धैर्य राख्थ्यो ।

आमाले निसुको खूब तारीफ गर्दा अनुप हर्षविभोर हुन्थ्यो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा आमासँगै निसु पनि आएकी थिई । निसुलाई आफ्नैसामु देख्दा ऊ छक्क प¥यो । फोटोमा भन्दा पनि राम्री निसु । लजालु आँखाले अनुपलाई हेरिरहेकी थिई । प्रकृतिको अनुपम छटामा फुलेको सुगन्धित फूल जस्ती निसुलाई देख्दा आफुलाई भाग्यमानी ठान्यो ।  

नेपाल फर्किएको तीन दिनपछि अनुपको विवाह भयो । सुन्दर निसुलाई आफ्नो बाहुभरि पाउँदा अनुपले आफूलाई संसारकै भाग्यमानी व्यक्ति ठान्यो ।

प्रणय मिलनमा धेरै समय रमाउन नपाउदै अनुप अस्ट्रेलिया फर्किने भयो । पन्ध्र दिनको बसाइपछि ऊ उड्यो । विवाह दर्ताको प्रमाणपत्र पनि बन्यो । अस्ट्रेलियामा निसु पनि जाने भइन् । अनुपले त्यसका लागि छिट्टै भिसा पठाइदिने भयो ।  

निसुलाई छाडेर जानु परेकामा ऊ दुःखी भयो । यौवनका रागमय ज्वारभाटाहरूलाई मनमै दबाएर बस्न बाध्य थियो । समय बित्दै गयो । पर्खाइमा तीन वर्ष बित्न सयौं वर्ष बितेझै अनुभव भयो उसलाई ।

निसुलाई स्वागत गर्न भनेर ल्याएका गुलाबका फूलहरू त्यहीँ भुइँभरि छरिए । अनुपका खुट्टा थाके । सम्बन्ध र बाटो तब समाप्त हुन्छ जब खुट्टा होइन दिल थाक्छ । हो उसको दिल थाक्यो । चक्कर आयो संसार घुम्यो । र, त्यही जमीनमा पल्टियो, आँधीहुन्डरीको वेगमा ठूलो रूख ढलेझैं ।  

निसुलाई अस्ट्रेलिया जाने सबै बन्दोबस्त मिलाएपछि एक दिन त्यो समय आयो । झ्याल ढोकामा निसुलाई मनपर्ने नीलो रंगको पर्दा सजायो । किङ साइज पलङमा नीलो रंगकै तन्ना र सिरानी मिलायो । बेडभरि बासनादार फूलका कोमल पत्रले प्रेमको संकेत चिन्ह यु आकारमा सजायो । पलङको माथिल्लो भित्तामा निसुलाई अंकमाल गरेको ठूलो फोटो फ्रेममा झुन्ड्यायो । दराजभरि निसुलाई मनपर्ने परफ्युम र विभिन्न उपहार सजायो ।  

एयरपोर्टमा केही अप्ठ्यारो नपरोस् भनेर विमान अवतरण हुनु अगाडि नै पुग्यो अनुप । लामो पर्खाइपछि आकाशमा सेतो विमान देखियो । अनुपलाई निसुको मायाले झनै आतुर बनायो । त्यो चन्द्रमाजस्तो मुहार कतिबेला देखुँला ? कोमल वदनमा मगमगाउँदो जवानीको सुगन्धको मधुमासमा लुप्त हुनलाई आतुर भएर प्रतीक्षारत थियो हातमा गुलाबी बुकी बोकेर ।  

विवाहपछिको पहिलो सुहागरातमा आफ्नो छातीमा प्रेमले टाँसिएकी निसुको सम्झना उसले कहिल्यै भुल्न सकेन । तीन वर्ष निसुलाई पर्खेर बस्दा सायदै कुनै रात थिएन होला उसले उनलाई नसम्झेको ।  

एयरपोर्टमा विमानबाट धमाधम मान्छे ओर्लिए । निसु आइनन्, अनुप आत्तियो । चैतमासको आँधीहुरी चलेझै अनुपको मनमा हलचल मच्चियो । अनेक रंगका गुलाबले सजिएको उपहार हातबाट खस्लाजस्तो भयो । खुट्टाहरूले टेकेको जमीन भासिएला जस्ते हुँदै गयो । अनुप अधैर्य हुँदै थियो ।  

एकैछिनमा भएभरको उज्यालो बोकेकी निसु देखापरी । बल्ल अनपुको जीवनको पृथ्वीमा झलमल्ल भयो ।  

अनुपले टाढैबाट आफ्ना हात हल्लाउँदै बोलायो । ऊ हतारहतार निसुको छेउमा पुग्यो । अंगालो मा¥यो । निधारमा चुम्बन ग¥यो । निसु निशब्द थिई । अनुपले धेरै समयसम्म निसुलाई कसिलो अँगालोमा बे¥यो ।  

निसु अलि असहज मानेझ खुम्चिएकी थिई । उसले सुहागरातमा कसेझैं अँगालो कसिलो बनाइनन् । सायद अनुपले त्यो महसुस गरेन । ऊ त निसुको मायामा अन्धो भैसकेको थियो ।  

केही समयपछि निसुले अनुपलाई झक्झक्याउँदै भनि, ‘के हेरेको यसरी ? जाऔं अब । बल्ल आँखा खुलेझैं भयो अनुपका ।  

अनुपले निसुको हातमै समाएर अगाडि बढ्न खोज्यो । खै कुन्नि किन निसु परपर हुन खोजी । हातको ब्याग समाउन खोज्यो ‘नो थ्याङ्स’ भनेर आफैं समाती । निसुलाई सामुन्नेमा पाएर अनुप दंग थियो तर असहज व्यवहार देखेर अनौठो पनि मानिरहेको थियो ।  

हावाको वेगसरि निसु दौडी र त्यो युवकलाई अँगालो हालेर आफ्नो टाउको उसको छातीमा राखेर उसैमा विलीन भई । अनुप र त्यहाँको वातावरण सबैलाई भुलेर कसिलो अँगालोमा बेरिरही ।

अनुपले निसुको हात समात्यो । केही पाइला अगाडि सँगै बढेपछि अचानक अनुपको हातमा झट्का लाग्यो । निसुले अनुपको हात झट्कारेर छुट्याई र पल्लो छेउमा हात हल्लाउँदै उभिएको एउटा युवकतिर आफ्ना पाइला मोडी ।  

अनुप अवाक भएर हेरी मात्र रह्यो ।

हावाको वेगसरि निसु दौडी र त्यो युवकलाई अँगालो हालेर आफ्नो टाउको उसको छातीमा राखेर उसैमा विलीन भई । अनुप र त्यहाँको वातावरण सबैलाई भुलेर कसिलो अँगालोमा बेरिरही ।

अनुपलाई औडाहा भएको थियो । फेरि एकपल्ट उसको संसार हल्लियो । निरीह जस्तो उसले निसुलाई हेरिरह्यो । अकल्पनीय कौतुहलका साथमा ।  

केही समयको आलिंगनपछि निसु युवकको अँगालोबाट निक्ली र अनुपको अगाडि क्षमाभावका साथ खडा भई । ‘अनुप हजुरलाई धन्यवाद । म र निशान एक अर्कालाई धेरै माया गथ्र्यों । मेरो परिवारले निशानलाई स्वीकार गर्न सम्भव थिएन । किनकि उसको र मेरो जात मिल्दैन । हामी एकअर्का बिना बाँच्न सक्दैनौं । हजुरको आमाले मलाई देख्नुभयो र मन पराउनुभयो । हजुर अस्ट्रेलियामा हुनुहुन्छ भन्ने थाहा पाएपछि म निशानलाई भेट्ने आशाले व्याकुल भएर निशानसँग सल्ला गरेर यो सब गरें । हजुरको भावनासँग खेलवाड गरेकामा माफी चाहन्छु ।’  

अनुप केही बोलेन । अनौठो धोकाको भावमा छट्पटाइरह्यो । निसु बोलिरहँदा उसले आफूलाई बेहोसीमा पायो । खोई कहाँ कता जीवन अनकन्टार घना जंगलको बीचमा हराए जस्तो भयो ।  

निशान नजिकै आयो र भन्यो, ‘धन्यवाद मित्र तपाईंले मेरो प्रेमलाई मसम्म ल्याइदिनु भएकोमा आभारी छु ।’  

यति भनेर निसुको हात समातेर ऊ अगाडि बढ्यो । निशब्द त्यो स्वप्निल धोकाको खेल हेरेर टोलाइरह्यो र मुटु दुखेको आभाषमा छाती छामिरह्यो । निसुका मोडिएका पाइलालाई नियालिरह्यो ।  

निसुलाई स्वागत गर्न भनेर ल्याएका गुलाबका फूलहरू त्यहीँ भुइँभरि छरिए । अनुपका खुट्टा थाके । सम्बन्ध र बाटो तब समाप्त हुन्छ जब खुट्टा होइन दिल थाक्छ । हो उसको दिल थाक्यो । चक्कर आयो संसार घुम्यो  र त्यही जमीनमा पल्टियो, आँधीहुन्डरीको वेगमा ठूलो रूख ढलेझैं । 

प्रकाशित: २३ जेष्ठ २०७७ १४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App