coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

चित्रबाटै वातावरण संरक्षणको सन्देश

शुक्रबार संसारभर विश्व वातावरण दिवस मनाइँदैछ । कोरोना भाइरसको महामारीका कारण यसपाला लकडाउन भएकाले धेरैले घरमै रचनात्मक काम गरेर तथा सामाजिक सञ्जालमा शुभकामना बाँडेर दिवस मनाइरहेका छन् ।

यहि सिलसिलामा काष्ठमण्डप विद्यालय, काठमाडौंका विद्यार्थीले चेतनामुलक चित्र बनाएका छन् । उक्त विद्यालयको कक्षा ५ मा पढ्ने विद्यार्थीहरु समृद्ध गौतम, अवानी जोशी, दीप्तकराज सापकोटा र प्रणय श्रेष्ठ लगायतले वातावरण संरक्षणको सन्देश दिने खालका चित्र बनाएका हुन् ।

“स्वच्छ वायु स्वस्थ जीवन” भन्ने नाराका साथ आज विश्व वातावरण दिवस मनाइँदैछ।  वातावरण संरक्षणका लागि  सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।

विश्वको वातावरणीय संरक्षणका लागी १९७३ देखि बर्सेनि जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो ।

 

 

प्रकाशित: २३ जेष्ठ २०७७ १०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App