७ वैशाख २०८१ शुक्रबार
कला

संगीतकार वाजिद खानको निधन

बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ। बलिउडनमा साजिद-वाजिदको संगीत जोडि चर्चित छ।   ४२ वर्षिया वाजिदको मुम्बईको एक अस्पतालमा सोमबार निधन भएको हो। उनलाई कोरोना भएको आशंका गरिएको छ। खान परिवारका अनुसार उनी मिर्गौलाका विरामी थिए। उनको दुई वर्ष पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो।  

साजिद-वाजिदको जोडीले सन् १९९८ मा 'प्यार किया तो डरना क्या' बाट आफ्नो बलिउड यात्रा सुरु गरेको थियो। यस पछि सलमान खानका फिल्ममा यो जोडिले लगातार संगीत गर्यो। 'दबंग', 'वान्टेड', 'एक था टाइगर' जस्ता फिल्ममा यही जोडिले संगीत गरेको थियो। 'गर्व', 'तेरे नाम', 'तुमको ना भूल पाएंगे', 'पार्टनर' मा समेत यो जोडिको संगीत गर्यो। बाजिद खान आफ्ना भाइ साजिद खानसँग मिलेर संगीत गर्ने गर्थे।  

बाजिदले गीत पनि गाएका छन्। उनले 'मेरा है जलवा', 'फेविकोल से', 'चिंता ता चिता' जस्ता चर्चित गीत उनले गाएका हुन्। पछिल्लो पटक उनले 'प्यार करो ना' र 'भाइ-भाइ' गीतको लागि संगीत गरेका थिए। यो गीत सलमान खानले आफ्नो यूट्युवमा राखेका छन्।

 

 

प्रकाशित: १९ जेष्ठ २०७७ ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App