८ वैशाख २०८१ शनिबार
कला

‘पाताल लोक’बन्द गर्न माग

अनलाइन स्ट्रिमिङ प्लेटफर्म अमेजन प्राइम भिडियोमा प्रसारण भइरहेको निर्माता अनुष्का शर्माको ‘पाताल लोक’ वेब सिरिज फेरि विवादित भएको छ।  सो सिरिजविरुद्ध सनातन धर्म र भारतीय जनता पार्टी (भाजपा) का नेताहरूको फोटोलाई गलत प्रयोग र राष्ट्रद्रोहको आरोप लगाउँदै एक विधायकले उजुरी दर्ता गराएका छन्। विधायक नन्दकिशोर गुर्जरले गाजियाबादको लोनी पुलिस चौकीमा सो सिरिजकी निर्माता शर्माविरुद्ध उजुरी दर्ता गराएका थिए। विधायक गुर्जरको उजुरीमा ‘पाताल लोक’ सिरिजले सनातन धर्मको समुदायलाई लक्षित गरेर आपत्तिजनक कुरा गरेकामा विरोध गरेका थिए। उनले सो सिरिजलाई ‘राष्ट्र विरोधी’ भन्दै उजुरीमा उल्लेख गरेका थिए, ‘यो सिरिजमा सनातन धर्मका समुदायदेखि लिएर अनुसन्धान एजेन्सीलाई समेत गलत देखाइएको छ।’

सिरिजमा उनीसहित भाजपाका केही नेताहरूको फोटो बिनाअनुमति प्रयोग गरेको र पार्टीको छवि बिगारेको आरोप लगाइएको थियो। उजुरीलगत्तै उनले ‘पाताल लोक’ सिरिज तत्काल बन्द गरिनुपर्ने बताएका थिए।  

 

 

प्रकाशित: १५ जेष्ठ २०७७ ०४:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App