१९ जेष्ठ २०७७ सोमबार
कला

कथा : सपनाको उडान–२

पोल्यान्डबाट क्यानडा गएको थिएँ । त्यसपछि बल्ल मेरो सपना पूरा हुने आशा बढ्यो । समय बितिरहेको थियो । मनको घाउ पनि पुरिन लागिसकेको थियो । तर आफ्नो उद्देश्य ठूलो भएकाले सबै छोडेर लक्ष्यमा अघि बढें ।  

क्यानडामा नै आठ वर्ष बिताएँ, सम्पर्कविहीन नै भएर । परिवारसँग मात्र मेरो सम्पर्क थियो । न त फेसबुक न त कुनै सामाजिक सञ्जाल नै प्रयोग गरें । दिनरात मिहिनेत गरेको थिएँ । आफ्नो समाजसेवा गर्ने सपना पूरा गर्न र उनको अघि आफ्नो सामथ्र्य देखाउनका निम्ति । मेरो पैसा कमाउने सपना पूरा भयो । अब कमाएको पैसा नेपालमा गएर व्यापार गर्ने र समाज सेवामा लाग्ने इच्छा पूरा गर्नु थियो । अनि नेपाल फर्किएँ । मेरो उद्देश्य त मैले केही पूरा गर्दै थिएँ केही बाँकी थियो ।  

नेपाल आएको एक हप्तापछि चाहनासँग भेट भयो । अकस्मात त नभनौं । भेट्ने मेरो पनि चाहना थियो । म एक हप्तासम्म उनीहरूका बारेमा पत्ता लगाउन थालें । फेसबुक खोलें । त्यहाँ खोजें । सबै उनीहरूको बारेमा पत्ता लगाएर भेट्नका लागि उनको अघि गएको थिएँ ।  

दस वर्षपछि पहिलो भेट थियो हाम्रो । किनकि मलाई बुझ्ने र सधैं सपोर्ट गर्ने नै चाहना थिइन् । उनकै माध्यमबाट अरू साथीहरूलाई भेट्ने निधो गरेको थिएँ ।  

उनको नजिक गएर बोले ।

‘ओहो चाहना के छ खबर, आरमै छौ,’ मैले सोधें ।  

शरद अधिकारी

चाहनाको अनुहार खुसीले चम्कियो, ‘ओ माइ गड साकार !’ केही भन्न नपाउँदै उनको अनुहारमा चमक हराइहाल्यो । चाहनाले रिसाउँदै भनिन् ‘किन चाहियो तिमीलाई हालखबर, दस वर्षसम्म त सोधेनौ मरें कि बाँचेकै छु ।’  

‘सरी मेरो हालत नै त्यस्तै थियो । म सम्पर्कमा आउन सकिनँ । तर पनि तिमीहरूलाई हरेक पल सम्झिएको थिएँ । सधैं मेरो मनबाट टाढा थिएनौ तिमीहरू । आज फेरि मलाई तिमीहरूको साथ चाहिएको छ, हाम्रा ती कलेज बेलाको अधुरो सपना पूरा गर्नु छ ।’ मैले केही आशावादी हुँदै भने ।  

‘तिमीलाई साथ दिन म सधैं तयार नै छु हिँड जाउँ,’ उनले भनिन् ।  

चाहना र हरि अनि संगम र सम्झनाले चाहिँ बिहे गरेका रै’छन् । सबै भेट्यौं । मबाहेक सबै साथीहरू उस्तै रहेछन् । म पनि भेट नभएर हो, बदलिएको छैन । अझै पनि त्यही पुरानो साकार हो कलेजकै । सबैलाई सहयोग चाहिएको छ भनेर भन्दै थिएँ । रमिला उठिन् र अनि ब्यागबाट झिकेर दश लाखको चेक दिइन् मेरो तर्फबाट भन्दै । म अचम्भित भएँ ।  

 

यो पनि पढ्नुहोस्

सपनाको उडान

 

अझै पैसाको धाक गएको रै’नछ । मेरो पूरा कुरा नसुनेर नै पैसा दिँदा घमण्डपन झल्कियो । म केही बोलिनँ । आफ्नो कुरालाई निरन्तरता दिइराखें । मैले उनीहरूलाई हाम्रो जस्तै चाहना भएको संस्था छ त्यसमा काम गर्न चाहेको र त्यसैको सहयोगमा काम गर्ने सोचेको बताए । उनीहरूले मेरो कुरामा पनि सहमति जनाए । सहयोग गर्छौं भनेर छुट्टियौं हामी ।  

सबै प्रदेशको राजधानीमा सुविद्या सम्पन्न आश्रम र सुविद्या सम्पन्न विद्यालय र अस्पताल निर्माणको काम ९० प्रतिशत पूरा भएको हुन्छ । गरिबका लागि निःशुल्क उपचार गर्ने अस्पताल, अनाथ तथा वृद्धका लागि बस्ने खाने सुविधा सम्पन्न आश्रम र गरिबका बच्चाले निःशुल्क पढ्न पाउने विद्यालय बी कम्पनीले निर्माण गरेको समाचार आउँछ । हामी सबै बसेर कफी पिइरहेका हुन्छौं । समाचार सुन्छौं । मैले यही कम्पनीमा आबद्ध हुन खोजेको बताएँ । उनीहरूले पनि यस्तो कम्पनीमा काम गर्ने जनाए ।  

कम्पनीको सिइओले हामीहरूको अन्तवार्ता लिनुभयो । धेरै मानिस जागिरका लागि आएका थिए । हामी ६ जना नै छानियौं । सबै एकदम खुसी भयौं । तलब पनि राम्रो थियो । कम्पनीको खाद्य, कपडा, गल्ला, चिनी उद्योगलगायतका सबैको कारोबार गर्थ्र्याे, उसैको मुनाफाको केही प्रतिशत सामाजिक सेवामा लगाउने गरेको कम्पनीको सिइओले बताउनुभयो 

‘यदि हामीसँग पनि यति धेरै पैसा हुन्थ्यो भने हामी पनि यस्तै गर्थ्यौं,’ चाहनाले भनिन् । समाचार पछि अनाथ र वृद्धाश्रम, विद्यालय तथा अस्पतालका लागि कर्मचारी चाहिएको सूचना पनि आयो रेडियोमा ।  

चाहनाले म यसमा काम गर्न चाहन्छु भनिन् । मैले पनि काम गर्ने जनाएँ । सबैले गरिरहेको जागिर छाडेर त्यसमा काम गर्ने निर्णय ग¥यौं । तर पहिला उता पक्का गरेर जागिर छोड्ने कुरा भयो । भोलि नै सबै साथीहरू बी कम्पनीमा अन्तर्वार्ताका लागि जाने निर्णय गर्यौं ।  

कम्पनीको सिइओले हामीहरूको अन्तवार्ता लिनुभयो । धेरै मानिस जागिरका लागि आएका थिए । हामी ६ जना नै छानियौं । सबै एकदम खुसी भयौं । तलब पनि राम्रो थियो । कम्पनीको खाद्य, कपडा, गल्ला, चिनी उद्योगलगायतका सबैको कारोबार गर्थ्र्याे, उसैको मुनाफाको केही प्रतिशत सामाजिक सेवामा लगाउने गरेको कम्पनीको सिइओले बताउनुभयो । त्यो सबै छुट्टयाउने जिम्मा हाम्रो थियो । अन्य सहयोग पनि जम्मा गर्ने र आश्रम र विद्यालयमा सेवा सुविधा निरन्तर दिनुपर्ने बताउनुभयो ।  

तीन दिनपछि सबै अस्पताल, विद्यालय र आश्रम सञ्चालनमा हाकिमहरूको मिटिङ बस्यो ।  

‘धेरै मिहिनेतपछि आज यो स्तरमा पुग्नुभएको छ,’ सिइओ सरले भन्नुभयो,  ‘जिन्दगीमा पैसाका लागि आफ्नो माया गुमाउनुपरेको रिस र इखले आज यहाँ पुग्नुभएको छ ।’

‘पैसा कमाएर समाज सेवा गर्नुभएको छ, प्रबन्ध निर्देशकज्युलाई स्वागत छ,’ उहाँले भन्नुभयो, ‘अब बाँकी कुराबारे कम्पनीका प्रबन्ध निर्देशक साकारजीले बताउनुहुन्छ ।’ सबै साथीहरु मतर्फ मुखाभित भए । मैले पनि पहिला यो कुरालाई रहस्यमै रहन दिएको थिएँ । किनकि त्यो कम्पनीको प्रबन्ध निर्देशक म नै हुँ भन्ने कुरा साथीहरुले थाहा पाएको भए मेरो प्रस्ताव उनीहरुले अस्वीकार गर्ने सम्भावना थियो ।  

म उठेर गएँ । साथीहरू अचम्म परेर मलाई हेरिरहे । ‘सानैदेखिको उद्देश्य थियो धेरै मिहिनेतपछि आज ३४ वर्षको उमेरमा आफ्ना सपना पूरा गर्न पाउँदा एकदमै खुसी छु ।’  

‘नेपालमा आउनासाथ आफ्ना मिल्ने पाँच साथीहरूको सहयोगका लागि उनीहरूलाई यहाँ ल्याएको हुँ, सधैं सहयोगको अपेक्षा गरेको छु,’ भन्दै आजबाट उनीहरूलाई कम्पनीको बोर्ड मेम्बरसमेत भएको घोषणा गरें ।  

दस वर्षमा दस अर्बको मालिक भएर आफ्नो इच्छा पूरा गर्दाको आनन्द बेग्लै पाएको थिएँ । तर त्योभन्दा बढी खुसी मेरा पुराना मित्र र मेरो हरेक पाइलामा साथ दिने मेरो श्रीमती निर्देशक रमालाई पनि धन्यवाद दिँदै सधैं साथ चाहिने बताएँ । मेरी श्रीमती र मेरो सफलता देखेर रमिला पनि आफूले गल्ती गरेको महसुस गरिन् ।  

‘मैले पुराना कुरा सबै भुलिसकें आफ्नो जिम्मेवारी राम्रोसँग निभाउँछ्यौ भन्ने आशा छ’ भनेर निक्लिएँ । आफ्नो अपमानलाई बिर्सिएर आफ्नो सपना पूरा भएकोमा एकदम खुसी छु । र रमिला भन्दा पनि धेरै माया गर्ने र साथ दिन रमा जस्ती श्रीमती पाउँदा आनन्द पनि बेग्लै छ । सबै साथीहरू मिलेर समाज सेवामा निरन्तर लागि रहेका छौं । अहिले हाम्रो सात जनाको समूह भएको छ । मेरी श्रीमती रमा पनि हामीसँग मिसिएकी छन् । 

प्रकाशित: १० जेष्ठ २०७७ ०१:४७ शनिबार

खुशी 80%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 20%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App