७ वैशाख २०८१ शुक्रबार
कला

पोखरेली कलाकारद्वारा ‘ललितकला थेरापी’को माग

काठमाडौं–कोरोना भाइरसबाट थलिएको कला क्षेत्रलाई राहत पु¥याउन आगामी बजेटमा ‘ललितकला थेरापी’ प्याकेज ल्याउन कलाकारहरूले सरकारसँग माग गरेका छन् । पोखरामा बसेर साधना गर्दै आएका कलाकारहरू नगेन सिंह, प्रताप  बानियाँ, सुवास भण्डारी र प्रकाश पुनले सोमबार जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । 

आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक बजेट मार्फत यस्तो प्याकेज ल्याउन माग गरिएको ज्ञापनपत्र कार्यालयका प्रमुख चित्राङगत बरालले बुझेका थिए । ज्ञापनपत्रमा ३ शूत्रीय माग पेश गरिएको छ ।  उनीहरूको पहिलो मागमा हरेक सरकारी विद्यालयमा अनिवार्य ललितकला गुरु राख्नु पर्ने आवाज उठाइएको छ ।

त्यस्तै दोस्रोमा ललितकला संग्रहालय तथा विभागका लागि विभिन्न श्रोत मार्फत उठेको करबाट निश्चित प्रतिशत ललितकलामा खर्च गर्नु पर्ने र हरेक सरकारी कार्यालयमा एउटा कलाकृति अनिवार्य राख्नु पर्ने उल्लेख छ ।  

त्यसैगरी तेस्रोमा नेपाली कलाकारका कृति बैंकमा धितो राखेर ऋण सुविधा लिने वातावरण बनाउन माग गरिएको छ ।  

‘कला थेरापीले आम नागरिक, सरकार र स्वयं कलाकारलाई फाइदा पुग्नेछ’, विश्वकला यात्री सिंह भन्छन्, ‘त्यसैले सरकारले आफ्नो नीति तथा कार्यक्रममा हाम्रो माग थपोस् भनेर ज्ञापनपत्र बुझाएका हौं ।’  

प्रकाशित: ६ जेष्ठ २०७७ ०१:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App