७ वैशाख २०८१ शुक्रबार
कला

नेपाली युवा दिवेश अमेरिकन आइडलको टप ७ मा

 काठमाडौं- अमेरिकन गायन रियालिटी सो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेलले अर्को सफलता हात पारेका छन्। उनी आफ्ना प्रतिस्पर्धीलाई उछिन्दै आइडलको टप ७ मा उक्लिएका छन्। यो सँगै उनी अमेरिकन आइडलको फाइनलको लागि प्रतिस्पर्धा गरिरहेका छन्। आइडलमा अहिले फाइनलका लागि भोटिङ भइरेको छ। आजको एपिसोडमा उनले सामुयल इ राइटको ‘किस द गर्ल’  गीत  गाएका थिए।

 दिवेशलाई टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट भोट गर्न सकिनेछ। एकजनाले ३० पटकसम्म भोट गर्न सक्नेछन्। अमेरिकामा आर्थर गनलाई मतदान गर्न सबै समुदायले सूचना जारी गरेका थिए। हालसम्म अमेरिकन आईडलमा सहभागी हुने दिवेश पहिलो नेपाली हुन। 

शोका निर्णायकहरू लियोनेल रिची, क्याटी पेरी र  लुक ब्रायन तीनै सदस्यले दिवेशको प्रसंशा गर्ने गरेका छन्। ५ वर्ष अघि अमेरिका गएका दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आएका छन्।

 

 

प्रकाशित: २९ वैशाख २०७७ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App