coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

आमिर खानले आँटाको प्याकेटमा पैसा बाँडेको भिडियोको सत्यता के हो ?

काठमाडौं- विश्व अहिले कोरोना महामारीसँग जुधिरहेको छ। विभिन्न ठाउँमा राहतका कार्यक्रम आएका छ। कतै सरकारी तवरबाट त कतै व्यक्तिगतरुपमा राहत बाँडिएको छ।

भारतमा कलाकारहरुले आफ्नो ठाउँबाट सहयोग गरिरहेका छन्। यहीबीचमा एउट भिडियो सामाजिक संजालमा भाइरल भयो। बलिउड अभिनेता आमिर खानले आँटा बाडेको र त्यसमा १५ हजार रुपैयाँ भएको समाचारले सामाजिक संजाल भरियो। तर यो समाचार अफवाहमा परिणत भएको छ।

स्वय आमिर खानले एक ट्वीट गर्दं त्यसो गर्ने मानिस आफु नभएको बताएका छन्। उनले भनेका छन्, 'साथीहरु आँटाको व्यागमा पैसा राख्ने मानिस म होइन। कि त यो पुरै गलत कहानी हो। रविन हुड यसरी यसरी आउन चाहँदैन। सुरक्षित रहनुहोस्।'

भाइरल भिडियोमा २५ अप्रिलमा आँटा सहितको ट्रक दिल्ली पुगेको दावी गरिएको थियो। १ किलो आँटा लिन आउन भनिएकोले मानिसहरुले त्यसलाई अस्विकार गरेका थिए। तर जसले प्याकेट लगे उनीहरु घर पुगेर खोल्दा १५ हजार पाएको भिडियोमा दावी गरिएको थियो। आमिरले सहयोगको फरक तरिका अपनाएको भन्दै भिडियो भाइरल भए पनि त्यसलाई उनले अस्वीकार गरेक छन्।

प्रकाशित: २३ वैशाख २०७७ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App