coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

साकिराको कम्पनीले स्यानिटाइजर बनाउँदै

म्याड्रिड – संसारभर फैलिरहेको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि रकम जुटाउन गायिका साकिराको परफ्युम उत्पादन गर्ने कम्पनीले स्यानिटाइजर तयार गरिरहेको छ। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत कोरोना संक्रमण नियन्त्रणका लागि रकम कम्पनीबाट स्यानिटाइजर उत्पादन गरिरहेको जानकारी गराएकी थिइन्।

बार्सिलोनास्थित पुइग कम्पनीले आफ्नो स्रोत र सुविधाको प्रयोग गरेर संक्रमण नियन्त्रणका लागि स्यानिटाइजर उत्पादन गरिरहेको फोटोहरू उनले इन्स्टाग्राममा पोस्ट गरेकी छन्। पुइगले कोलम्बियन कलाकारसँग सहकार्य गरेर विभिन्न परफ्युमहरू उत्पादन गर्दछ। जसमा गायिका साकिराको ‘ड्रिम एन्ड स्वीट ड्रिम’ समावेश छ।

‘यस्तो अफ्ठ्यारो अवस्थामा पनि कम्पनीले सकारात्मक प्रयास गरिरहेको छ। मैले सहकार्य गरिरहेको परफ्युमहरू उत्पादन गर्ने पुइग कम्पनीले उनीहरूको स्रोत र सुविधाको प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरिरहेको छ। सो स्यानिटाइजरको बिक्रीबाट उठेको रकम

स्पेनको सरकारलाई प्रदान गर्नेछौं,’उनले लेखेकी छन्, ‘समाज सेवाको लागि यो उदाहरणीय योगदान हो जस्तो लाग्छ। यसले अन्य कम्पनीहरूलाई प्रेरणा दिन्छ भन्नेमा आशावादी छु।’

अघिल्लो भिडियो सन्देशमा उनले कोरोना भाइरस संक्रमणलाई गम्भीरताका साथमा लिएर लड्न मानिसहरूलाई प्रोत्साहन गरेकी थिइन्। ‘धेरै देशहरूले विश्व स्वास्थ्य संगठनको सिफारिसहरूको अनुसरण गरिरहेका छैनन् वा सवाधानी अपनाउनमा सुस्त गति चालिरहेका छन् वा उनीहरूले स्वास्थ्यलाईभन्दा अर्थ व्यवस्थालाई प्राथमिकता दिइरहेका छन्,’उनले भनेकी थिइन, ‘युरोपमा बसिरहेको केही हप्ताहरूमा मैले भाइरस एकदम छिटो र नेताहरू ढिलो भएको महसुस गरिरहेको छु।’

सन् २०१९ को अन्तिममा चीनमा देखिएको कोरोना भाइरस एक सय ५० भन्दा बढी देशमा फैलिसकेको छ। यसको संक्रमणका कारण संसारभर हजारौं मानिसहरूको मृत्यु भइसकेको छ।। विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट बच्न आधारभूत सुरक्षात्मक उपायहरू जस्तै साबुन र पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गने, आफू र खोकी वा रुघा लागेको कुनै व्यक्तिबीच सामाजिक दूरी राख्ने र आँखा, नाक र मुख नछुने लगायतलाई पछ्याउन आग्रह गरिरहेको छ।

 

प्रकाशित: १४ चैत्र २०७६ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App