६ चैत्र २०८० मंगलबार
कला

चीनमा फिल्म हल खुलाउन ‘एभेन्जर’ र ‘अवतार’ पुनःरिजिल हुने

बेइजिङ – संसारभर कोरोना भाइरस संक्रमण फैलिरहेको अवस्थामा चीन बन्द रहेका फिल्म हल खुल्ने भएका छन्। कोरोना भाइरसका कारण चीनमा बन्द भएका ७० हजारभन्दा बढी फिल्म हल खुलाउन हलिउडका सफल फिल्महरू पुनः प्रदर्शनमा आउने भएका छन्।

मार्वलको ‘एभेन्जर’ सिरिजका चार फिल्महरू आउँदो हप्ताबाट चीनका अधिकांश फिल्म हलमा पुनः प्रदर्शनगरिने भएको छ। त्यसबाहेक हलिउडका ‘अवतार’, ‘इन्सेप्सन’ र ‘इन्टरस्टेलर’ लगायत फिल्महरू पुनः प्रदर्शन हुने भएकाछन्। यी फिल्महरूको पुन रिलिज मिति भने तोकिएको छैन्। तर चीनभरको फिल्म हल सञ्चालकमध्ये एक स्रोतका अनुसार डिजिटल फिल्म प्याकेज फिल्म हलमा पुगेमात्र फिल्मको लागि हल उपलब्ध हुन्छ।

लाखौं मानिसहरूलाई कडा प्रतिबन्ध लगाएपछि बल्ल चीनले कोरोना भाइरसविरूद्ध सफलता पाउँदैछ। गत सातादेखि स्थानीयहरूलाई पुनः यात्रा सुरु गर्न अनुमति दिइएको थियो। त्यस्तै देशभरका फिल्महरूसहित सपिंग मल र सार्वजनिक स्थल पुनः सञ्चालनमा आएका छन्।

बुधबारसम्म सात सय हाराहारीका फिल्म हलहरू व्यापारका लागि खुला भएका थिए। यसमध्ये देशको दुर्गम क्षेत्रहरूमा अवस्थित अधिकांश हलहरू खुला भएका हुन्। देभभर शाखा भएको ठूला फिल्म हलले अझै व्यवसाय पुनः सञ्चालन गर्ने घोषणा गरेको छैन।

दर्शकहरू सुरक्षित रुपमा मल्टिप्लेक्समा फर्किन सकेका छैन भने ठूला बजेटका फिल्म रिलिज हुन सकेका छैनन्। यसले हल सञ्चालकहरूलाई समस्या सिर्जना गरिदिएको छ। गत हप्ता चीनको फिल्म ब्युरोले सम्बोधन गर्दै अवरोध पुगेका फिल्मलाई सहयोग गर्न उपायहरू सुरु गरेको बताएको थियो। भाइरसको संक्रमण संख्या न्यून हुँदै गएपछि चिनियाँ मनोरञ्जन बजार सुध्रिने अनुमान गरिएको छ।

यस वषको सुरुआतमा ठूला बजेटका फिल्मसहित चीनको मनोरञ्जन बजार ठप्प भएको थियो। अन्तर्राष्ट्रिय फिल्मको दोस्रो ठूलो बक्स–अफिस बजार मानिने चीन कोरोना भाइरसका कारण प्रभावित भएको छ। यसअघि कोरोना भाइरसका कारण चीन सरकारले ७० हजारभन्दा बढी फिल्म हल बन्द गराएको थियो। राष्ट्रिय बक्स–अफिसको मुख्य दिन मानिने चिनियाँ नयाँ वर्षसँग हजारौं फिल्म हल बन्द गरिएका थिए।

हाल चीनमा वान्डा, दादी, बोना र सिजिभीलगायत लोकप्रिय फिल्म हलहरूका शाखा बन्द छन्। वितरकहरूले चिनियाँ नयाँ वर्षलाई केन्द्रित गरेर सात वटा ब्लकबस्टरको रिलिज रोकेका थिए। फिल्म हलहरू बन्दका कारण ठूलो बजेटका फिल्महरू प्रभावित भएका छन्। चीनको अर्थतन्त्रमा यहाँको फिल्म उद्योगले महत्वपूर्ण भूमिका निवार्ह गर्दछ।

संक्रमणसँगै फिल्म क्षेत्र संकटमा पारेको छ। आगामी जुलाईसम्म फिल्म रिलिज हुन नसके फिल्म उद्योगमा कम्तीमा १२ अर्ब डलरको क्षति हुन सक्ने अनुमान गरेका छ। डिज्नी, नेटफ्लिक्स, युनिभर्सल स्टुडियो र थुप्रै स्टुडियोले कोरोना भाइरसका कारण आफ्नो उत्पादनलाई बन्द गरेका छन्। हलिउडका लागि संसारको दोस्रो सबैभन्दा ठूलो बक्स–अफिस बजार भनिने चीनमा ७० हजारभन्दा बढी हल बन्द हुँदा व्यापारमा असर परेको हो।

प्रकाशित: १३ चैत्र २०७६ ०४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App