७ वैशाख २०८१ शुक्रबार
कला

चौलागाईंले ल्याए नयाँ गीत ‘देवतालाई भाकी’

काठमाडौं– गायक युवराज चौलागाईंले नयाँ गीत सार्वजनिक गरेका छन्। चौलागाईंले  ‘देवतालाई भाकी’ बोलको गीत आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्। 

भुषण दाहालले निर्देशन गीतको भिडियोमा गायक चौलागाईंसँगै अभिनेत्री मेनुका प्रधानले अभिनय गरेकी छन्। 

कौशिला खनालले शब्द रचना गरेको गीतमा संगीत गायक स्वयम्को छ । उदयराज पौडेलले एरेन्ज गरेको गीत स्यामस्वेत रसाइलिले मिक्सिङ गरेका हुन्। 

चितवनको मेघौलीमा खिचिएको गीतको  भिडियोमा  अभिनयसमेत गरेका गायका चौलागाईं हात्ति र प्रकृतिप्रेमी देख्न सकिन्छ।  

जीवन रिजालको सिनेमेटोग्राफी रहेको भिडियोलाई  भरत रेग्मीले सम्पादन गरेका हुन्। 

प्रकाशित: ९ चैत्र २०७६ १४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App