८ वैशाख २०८१ शनिबार
कला

मनीषासहित १० जनालाई नइ पुरस्कार

काठमाडौं – अभिनेत्री मनीषा कोइराला र मह जोडीसहित १० व्यक्तिहरूलाई यस वर्षको नइ पुरस्कार प्रदान गरिने भएको छ। बिहीबार नइ प्रकाशनले प्रेस विज्ञप्तिमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सक्रिय १० जना व्यक्तिहरूलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको जानकारी गराएको थियो।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले अभिनेत्री मनीषा कोइरालालाई ‘नइ भूपाल–दुर्गा पुरस्कार’ र हांस्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘नइ देरुनिख सुकीर्ति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको थियो। त्यस्तै गायक दीपक जंगमलाई ‘नइ कोइलीदेवी पुरस्कार’, गीता खत्रीलाई ‘नइ गणेश–दुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’, गौरीशंकरलाल दासलाई ‘नइ भावी पुरस्कार’, शंकरनाथ रिमाललाई ‘नइ कीर्तिनिधि पुरस्कार’, वासुदेव त्रिपाठीलाई ‘नइ ईश्वर बराल पुरस्कार’, चुँडामणि रेग्मीलाई ‘नइ भाजप पुरस्कार’ र सोमप्रसाद खतिवडालाई ‘नइ चन्द्रधन पुरस्कार’बाट पुरस्कृत गरिने जानकारी नइ प्रकाशनले गराएको छ। सबै पुरस्कारहरूको राशि जनही एक लाख रुपैयाँ रहेका छन्।

‘राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सक्रिय भएर काम गरिरहेका १० व्यक्तिहरूलाई नइ पुरस्कारबाट पुरस्कृत गर्ने भएका हौं। सबै पुरस्कारहरूको राशि जनही एक लाख रुपैयाँ रहेका छन्,’ नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईले भनिन्। शताब्दी पुरुष सत्यमोहन जोशीको १०१औं जन्मोत्सवको अवसर पारेर आगामी वैशाख ३० मा कार्यक्रमको आयोजना गरेर पुरस्कारहरू वितरण गरिने जानकारी उनले गराइन्।

प्रकाशित: ९ फाल्गुन २०७६ ०४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App