८ वैशाख २०८१ शनिबार
कला

फिल्म सुटिङमा तीनको मृत्यु

चेन्नई (एजेन्सी)– अभिनेता कमल हसनको ‘इन्डियन २’ फिल्म सुटिङको दौरान क्रेन दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार त्यस क्रममा नौ जना घाइते भएका थिए।

‘फिल्म सुटिङको दौरान क्रेन दुर्घटना हुँदा तीन जना सहायक निर्देशकहरूको मृत्यु भएपछि क्रेन सञ्चालक विरुद्ध उजुरी दर्ता भएको छ,’ प्रहरी स्रोतले भने। दुर्घटनामा परेर सहायक निर्देशक कृष्ण, चन्द्रन र मधुको मृत्यु भएको जानकारी फिल्म निर्माण गरिरहेको लेका प्रोडक्सनले दिएको थियो।

सो फिल्ममा आवद्ध अभिनेता हसन र अभिनेत्री काजोल अग्रवालसहित फिल्म युनिटले शोक व्यक्त गरेका छन्। अभिनेता हसन अस्पताल पुगेर घाइतेहरूलाई भेटेका थिए।

शोक व्यक्त गर्दै उनले सामाजिक सञ्जाल ट्वीटरमा ‘मैले धेरै दुर्घटनाहरूको सामना गर्दै पार गरें। फिल्म सुटिङको दौरान भएको डरलाग्दो दुर्घटनामा मैले तीन जना सहकर्मीलाई गुमाएको छु। मेरो पीडाभन्दा मृत्यु हुनेको परिवारको शोक कयौं गुणा ठूलो हो। ती मध्ये एकको रूपमा उनीहरूको शोकमा सहभागी हुन्छु,’ ट्वीट गरेका छन्।

अभिनेत्री काजोल अग्रवाल ट्वीट गरेकी छन्, ‘मैले असामयिक घटनामा गुमाएको सहकर्मीहरूको पीडा शब्दले बयान गर्न सक्दैन्। क्रेन दुर्घटनाले मलाई आघात पु-याएको छ।’

प्रकाशित: ९ फाल्गुन २०७६ ०४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App